प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g13 अक्टोबर pp. १४-१५
  • रक्सी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रक्सी
  • ब्यूँझनुहोस्‌!—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • रक्सी पिउनु हुन्छ?
  • के बाइबलमा रक्सीको मात्रा तोकिएको छ?
  • कहिले रक्सी पिउनु हुँदैन?
  • रक्सीको प्रयोगबारे सन्तुलित दृष्टिकोण कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • रक्सीप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • ख्रिष्टियनहरूले रक्सीप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • बढ्‌ता पिउनु के साँच्चै खराब हो?
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१३
g13 अक्टोबर pp. १४-१५

बाइबलको दृष्टिकोण

रक्सी

रक्सी पिउनु हुन्छ?

“मानिसको मन खुश गराउनलाई दाखमद्य, र त्यसको मुख चहकिलो पार्नलाई तेल र मानिसको हृदय बलियो तुल्याउनलाई अन्‍न।”—भजन १०४:१५.

मानिसहरू के भन्छन्‌?

थुप्रै परिवारमा रक्सी पिउनु सामान्य कुरा हो। अरू परिवारमा भने रक्सी पिउनुलाई पापै ठानिन्छ। किन यस्तो भिन्‍ना-भिन्‍नै धारणा? किनभने मानिसहरूलाई आफ्नो संस्कृति, धर्म र स्वास्थ्यस्थिति जस्ता कुराहरूले प्रभाव पार्छ।

बाइबल के भन्छ?

बाइबलले ठिक्क मात्रामा रक्सी पिउनुको निन्दा गर्दैन। तर पियक्कड हुनु र धेरै पिउनुको निन्दा गर्छ। (१ कोरिन्थी ६:९, १०) भन्‍ने हो भने प्राचीन समयका परमेश्‍वरका जनहरूले पनि दाखमद्य पिउने गर्थे। यसप्रकारको मद्यबारे बाइबलमा दुई सय पटकभन्दा धेरै उल्लेख गरिएको छ। (उत्पत्ति २७:२५) उपदेशक ९:७ यसो भन्छ, “आफ्नो खानेकुरो खा र . . . खुशी मनले आफ्नो दाखमद्य पी।” दखमद्यले मनलाई खुसी बनाउने भएकोले यो विवाह भोजजस्ता रमाइला अवसरमा टक्य्राइन्थ्यो। यस्तै एउटा भोजमा पानीलाई “असल दाखमद्य”-मा परिणत गरेर येशूले पहिलो चमत्कार गर्नुभयो। (यूहन्‍ना २:१-११) दाखमद्य उपचारको लागि पनि प्रयोग गरिन्थ्यो।—लूका १०:३४; १ तिमोथी ५:२३.

के बाइबलमा रक्सीको मात्रा तोकिएको छ?

‘धेरै मद्यपान गर्ने नहोऊ।’—तीतस २:३.

तपाईंले यस विषयमा किन चासो राख्नुपर्छ?

आमा वा बुबा अथवा दुवै जनाले रक्सीको दुरुपयोग गरेकोले हरेक वर्ष असङ्‌ख्य परिवारले दुःख भोग्छन्‌। अत्यधिक रक्सी पिउँदा सवारी दुर्घटनालगायत अन्य थुप्रै दुर्घटना हुने गर्छन्‌। अत्यधिक रक्सी सेवनको कारण पछि गएर दिमाग, मुटु, कलेजो र पेटको समस्या हुन सक्छ।

बाइबल के भन्छ?

खाने र पिउने सन्दर्भमा संयमित हुनु परमेश्‍वरले हामीबाट चाहनुहुने आधारभूत कुराहरूमै पर्छ। (हितोपदेश २३:२०; १ तिमोथी ३:२, ३, ८) आत्मसंयमी भएनौं भने उहाँको अनुमोदन गुमाउनेछौं। बाइबल यसो भन्छ: “मद्य घृणित वस्तु हो, औ कडा मद्यले होहल्ला मचाउँछ, त्यसमा लत बस्ने कोही पनि बुद्धिमानी हुँदैन।”—हितोपदेश २०:१.

त्यसमा लत बस्यो भने नैतिक तवरमा सही कुरा गर्ने हाम्रो सङ्‌कल्प ढलपल हुन्छ। होशे ४:११ यसो भन्छ, “दाखमद्य र नयाँ दाखमद्यले बुद्धि नाश पार्छ।” प्रताप नाम गरेका पुरुषले एउटा नमीठो अनुभवपछि मात्र यो पाठ सिके।a श्रीमतीसित झगडा भएपछि तिनले होटलमा गएर बेस्सरी रक्सी पिए अनि अवैध यौनसम्बन्ध राखे। पछि तिनी धेरै पछुताए र यस्तो गल्ती नदोहोऱ्‍याउने वाचा बाँधे। रक्सीको दुरुपयोगले शारीरिक, नैतिक र आध्यात्मिक तवरमा हानि पुऱ्‍याउँछ अनि बाइबलमा पियक्कडहरूले अनन्त जीवन पाउने छैनन्‌ भनेर बताइएको छ।—१ कोरिन्थी ६:९, १०.

कहिले रक्सी पिउनु हुँदैन?

“एउटा बुद्धिमान्‌ मानिसले कष्टलाई पहिले नै देखेर यसबाट अघि नै तर्किन्छ, तर अनुभव नभएका मानिसहरू सिधै ती कष्टहरूमा पर्छन्‌ अनि दुःख पाउँछन्‌।”—हितोपदेश २२:३, पढ्‌न सजिलो संस्करण।

तपाईंले यस विषयमा किन चासो राख्नुपर्छ?

वर्ल्ड बूक इन्साइक्लोपीडिया यसो भन्छ, “रक्सी शक्‍तिशाली लागूपदार्थ हो।” त्यसैले कुनै-कुनै परिस्थितिमा ठिक्क मात्रामा रक्सी पिउनु पनि हुँदैन।

बाइबल के भन्छ?

गलत समयमा रक्सी पिएकोले गर्दा मानिसहरू अक्सर ‘सिधै कष्टहरूमा पर्छन्‌।’ “सबै कुराको लागि समय छ” भनेर बाइबल भन्छ। यसमा रक्सीबाट टाढै रहने समय पनि समावेश छ। (उपदेशक ३:१) उदाहरणको लागि, कानुनअनुसार कसै-कसैको रक्सी पिउने उमेर पुगेको छैन होला अथवा कोही मद्यव्यसनीले कुलत छोड्‌ने प्रयास गरिरहेका छन्‌ होला; साथै कुनै-कुनै औषधी खाँदा रक्सी पिउनु हुँदैन। धेरै जनाको लागि रक्सी पिउन नहुने “समय” भनेको काममा जानुअघि वा काममा भएको बेला विशेषगरि खतरनाक मेसिन चलाउनुपर्दा हो। वास्तवमा बुद्धिमान्‌ मानिसहरूले जीवन र स्वास्थ्यलाई परमेश्‍वरबाटको अनमोल वरदान ठान्छन्‌। (भजन ३६:९) रक्सीको सन्दर्भमा बाइबलका सिद्धान्तहरू लागू गऱ्‍यौं भने हामीले ती वरदानप्रति आदर देखाइरहेका हुन्छौं। (g13-E 08)

a नाम परिवर्तन गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने