प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g13 अक्टोबर pp. ४-५
  • विवाहपूर्व यौनसम्बन्ध

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विवाहपूर्व यौनसम्बन्ध
  • ब्यूँझनुहोस्‌!—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विवाहपूर्व यौनसम्बन्ध राख्नु गलत हो?
  • अविवाहित व्यक्‍ति कुनै प्रकारको यौन क्रियाकलापमा संलग्न हुन्छ भने के त्यसलाई अनैतिक भन्‍न मिल्छ?
  • यौन अनैतिकताबाट तपाईं कसरी अलग रहन सक्नुहुन्छ?
  • के विवाहपूर्व यौनसम्बन्ध राख्नु गलत हो?
    ब्यूँझनुहोस्‌!—२००४
  • मायाप्रीती बसिसक्यो भन्दैमा विवाहअघि नै यौन सम्बन्ध राख्नु जायज हो?
    ब्यूँझनुहोस्‌!—२००७
  • बाइबलले यौनबारे के भन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • विवाहपूर्व यौनसम्बन्ध राखे के बिग्रन्छ र?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१३
g13 अक्टोबर pp. ४-५

बाइबलको दृष्टिकोण

विवाहपूर्व यौनसम्बन्ध

विवाहपूर्व यौनसम्बन्ध राख्नु गलत हो?

“परमेश्‍वरको इच्छा यही छ, कि तिमीहरू . . . अवैध यौनसम्बन्धबाट अलग रहो।”—१ थिस्सलोनिकी ४:३.

मानिसहरू के भन्छन्‌?

कुनै-कुनै संस्कृतिमा अविवाहित वयस्कहरू सहमतिमा यौनसम्बन्ध राख्छन्‌ भने ठीकै छ भन्‍ने सोचाइ राखिन्छ। कुनै-कुनै ठाउँमा चाहिं दुई किशोरकिशोरीले सहमतिमा कुनै प्रकारको यौन क्रियाकलापमा भाग लिन्छन्‌ भने त्यसमा पनि कुनै आपत्ति छैन भन्‍ने सोचाइ राखिन्छ।

बाइबल के भन्छ?

बाइबलमा “अवैध यौनसम्बन्ध” भन्‍ने पदावलीले आफ्नो पति वा पत्नीबाहेक अरूसित कुनै प्रकारको यौन क्रियाकलापमा भाग लिनुलाई बुझाउँछ। परमेश्‍वरले आफ्ना उपासकहरूलाई ‘अवैध यौनसम्बन्धबाट अलग रहन’ भन्‍नुभएको छ। (१ थिस्सलोनिकी ४:३) अवैध यौनसम्बन्ध राख्नु पनि आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नु, तन्त्रमन्त्र गर्नु, पियक्कड हुनु, मूर्तिपूजामा भाग लिनु, हत्या गर्नु, चोरी गर्नु जस्तै गम्भीर पापको सूचीमा पर्छ।—१ कोरिन्थी ६:९, १०; प्रकाश २१:८.

यस विषयमा किन चासो राख्नुपर्छ?

एउटा त “अवैध यौनसम्बन्ध राख्ने . . . मानिसहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ” भनी बाइबल चेतावनी दिन्छ। (हिब्रू १३:४) अझै महत्त्वपूर्ण, यौन नैतिकताबारे परमेश्‍वरको आज्ञा पालन गर्दा हामीले यहोवा परमेश्‍वरलाई प्रेम गर्छौं भनेर देखाइरहेका हुन्छौं। (१ यूहन्‍ना ५:३) अनि यहोवाले पनि उहाँको आज्ञा पालन गर्नेहरूलाई आशिष्‌ दिनुहुन्छ।—यशैया ४८:१८.

अविवाहित व्यक्‍ति कुनै प्रकारको यौन क्रियाकलापमा संलग्न हुन्छ भने के त्यसलाई अनैतिक भन्‍न मिल्छ?

“तिमीहरूमाझ अवैध यौनसम्बन्ध अनि हरकिसिमका अशुद्धपन वा लोभको नामसमेत नलिइओस्‌।”—एफिसी ५:३.

मानिसहरू के भन्छन्‌?

अविवाहित जोडीले यौनसम्बन्ध राखेको छैन तर अन्य यौन क्रियाकलापमा संलग्न हुन्छ भने त्यसमा कुनै आपत्ति छैन भनी मानिसहरू भन्छन्‌।

बाइबल के भन्छ?

अनैतिक यौन कार्यहरूबारे बाइबलमा चर्चा गरिंदा अवैध यौनसम्बन्धका साथै “अशुद्धपन” र “छाडा आचरण”-बारे पनि उल्लेख गरिएको छ। (२ कोरिन्थी १२:२१) कुरा प्रस्ट छ, वैवाहिक सम्बन्धबाहिर अवैध यौनसम्बन्ध राखेको छैन होला तर विभिन्‍न यौन क्रियाकलापमा भाग लिएको छ भने त्यो पनि परमेश्‍वरको नजरमा घृणित छ।

यौनबारे बाइबलको सन्देश प्रस्ट छ। त्यो हो: यौन क्रियाकलाप विवाहित पुरुष र स्त्रीबीच मात्र सीमित हुनुपर्छ। बाइबलमा “कामवासनाको लालच” गर्नुलाई पनि निन्दा गरिएको छ। (१ थिस्सलोनिकी ४:५) यसको अर्थ के हो? अविवाहित पुरुष र स्त्री दुवैलाई उत्तिकै लागू हुने एउटा उदाहरण विचार गर्नुहोस्‌: एउटी महिला आफ्नो प्रेमीसित यौनसम्बन्ध नराख्न कटिबद्ध छिन्‌। तर तिनी आफ्नो प्रेमीसित अन्य यौन क्रियाकलापमा भाग लिन्छिन्‌। यसो गर्नु भनेको तिनीहरूले जुन कुरा आफ्नो होइन त्यसको लालच गर्नु हो। तिनीहरूले “कामवासनाको लालच” गरेको ठहरिन्छ। त्यस्तो यौन लालचको बाइबलले निन्दा गर्छ।—एफिसी ५:३-५.

यौन अनैतिकताबाट तपाईं कसरी अलग रहन सक्नुहुन्छ?

“अवैध यौनसम्बन्धदेखि भाग।”—१ कोरिन्थी ६:१८.

यस विषयमा किन चासो राख्नुपर्छ?

विवाहपूर्व यौनसम्बन्ध राख्नेहरूले परमेश्‍वरसितको सम्बन्धलाई खतरामा पारिरहेका हुन्छन्‌ भनेर बाइबल बताउँछ।—कलस्सी ३:५, ६.

बाइबल के भन्छ?

“अवैध यौनसम्बन्धदेखि भाग” भनी बाइबल भन्छ। (१ कोरिन्थी ६:१८) यसको मतलब यौन अनैतिकतामा फसाउन सक्ने जुनसुकै कुरादेखि हामी कोसौं टाढा रहनुपर्छ। (हितोपदेश २२:३) जस्तै, नैतिक तवरमा स्वच्छ रहनको लागि यौनसम्बन्धी परमेश्‍वरका सिद्धान्तहरूलाई बेवास्ता गर्ने मानिसहरूबाट हामी टाढा रहनुपर्छ। बाइबल यस्तो चेतावनी दिन्छ: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान्‌ होइन्छ, मूर्खहरूसित लागे बरालिन्छ।”—हितोपदेश १३:२०.

अनैतिक कुराहरूमा आफ्नो मन लगाउँदा पनि यौन अनैतिकतामा फस्ने खतरा धेरै हुन्छ। (रोमी ८:५, ६) त्यसैले, अनुचित तरिकामा देखाइने र परमेश्‍वरलाई मन नपर्ने यौन क्रियाकलापको गुणगान गर्ने सङ्‌गीत, पत्रपत्रिका वा अरू कुनै कुरादेखि अलग रहनु बुद्धिमानी हो।—भजन १०१:३. (g13-E 09)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने