प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g13 अक्टोबर पृ. १२-१३
  • मृगौला विशेषज्ञ आफ्नो विश्‍वासबारे बताउँछिन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मृगौला विशेषज्ञ आफ्नो विश्‍वासबारे बताउँछिन्‌
  • ब्यूँझनुहोस्‌!—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • अक्सिजनको यात्रा
    सृष्टि या संयोग
  • गुनिलो रातो रक्‍तकोष
    ब्यूँझनुहोस्‌!—२००६
  • तपाईंको शरीरका सूक्ष्म “ट्रकहरू”
    ब्यूँझनुहोस्‌!—२००१
  • मैले रगतसम्बन्धी परमेश्‍वरको दृष्टिकोणलाई स्वीकारें
    ब्यूँझनुहोस्‌!—२००४
ब्यूँझनुहोस्‌!—२०१३
g13 अक्टोबर पृ. १२-१३

अन्तरवार्ता | सेलिन ग्रानोलेरास

मृगौला विशेषज्ञ आफ्नो विश्‍वासबारे बताउँछिन्‌

फ्रान्सका सेलिन ग्रानोलेरास मृगौला रोगका डाक्टर हुन्‌। डाक्टर भएको २० वर्षभन्दा धेरै पछि मानिसहरूको ख्याल राख्नुहुने सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने निष्कर्षमा तिनी पुगिन्‌। ब्यूँझनुहोस्‌! पत्रिकाले तिनको काम र विश्‍वासबारे केही प्रश्‍न सोधेको थियो।

तपाईंको बाल्यकालबारे केही बताइदिनुहुन्छ कि?

म नौ वर्षको छँदा हामी स्पेनबाट फ्रान्समा बसाइँ सऱ्‍यौं। मेरो बुबाआमा क्याथोलिक हुनुहुन्थ्यो। तर १६ वर्षको हुँदा मैले भगवान्‌माथि विश्‍वास गर्न छोडें। धर्मको जीवनसित कुनै सरोकार छैन जस्तो लाग्थ्यो। भगवान्‌ छैन भने जीवन कसरी सुरु भयो त भनेर मलाई कसैले सोध्दा यसो भन्थें, “अहिले वैज्ञानिकहरूसित यसको जवाफ छैन तर एक दिन तिनीहरूसित पक्कै जवाफ हुनेछ।”

तपाईंले किन मृगौला रोगबारे पढ्‌नुभयो?

मैले फ्रान्सको मोंपेलियाको एउटा मेडिकल स्कूलमा पढें। त्यहाँको एक जना प्राध्यापकले मलाई मृगौला रोगको उपचारसित सम्बन्धित एउटा क्षेत्रबारे बताए। यसमा मैले अनुसन्धान र बिरामी जाँच्ने दुवै गर्न पाउँथे। मैले चाहेको पनि यस्तै थियो। सन्‌ १९९० मा उपचारमा इरिथ्रोपोइटिनको प्रयोग गर्ने विषयमा मैले अनुसन्धान गर्न थालें। इरिथ्रोपोइटिनले हाम्रो हाडमासीमा राता रक्‍तकोष उत्पादन गर्ने कामलाई सन्तुलनमा राख्छ। त्यतिबेला यस क्षेत्रमा खोज अनुसन्धान भर्खर-भर्खर सुरु भएको थियो।

तपाईंले किन भगवान्‌बारे सोच्न थाल्नुभयो?

सन्‌ १९७९ मा मेरो श्रीमान्‌ फ्लोरालले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाल्नुभयो। तर मलाई भने चासो थिएन। सानो छँदा नै मलाई धर्मदेखि वाक्क लागिसकेको थियो। जेहोस्‌ मेरो श्रीमान्‌ र छोराछोरीहरू यहोवाको साक्षी बने अनि चाँडै यहोवाका साक्षीहरू नै हाम्रा साथीहरू भए। तीमध्ये एक जना प्याट्रिसियाले मलाई प्रार्थना गर्न सल्लाह दिइन्‌। तिनले यसो भनिन्‌, “स्वर्गमा कोही छैन भने तिमीले प्रार्थना गरे पनि केही फरक पर्दैन तर छ भनेचाहिं तिमीले फरक महसुस गर्नेछ्यौ।” वर्षौंपछि मैले जीवनको अर्थबारे सोच्न थालें र प्याट्रिसियाले भनेको कुरा सम्झिएँ। त्यसपछि मैले समझको लागि प्रार्थना गरें।

तपाईंले किन जीवनको अर्थबारे सोच्न थाल्नुभयो?

न्यु योर्कको विश्‍व व्यापार केन्द्रमा भएको आतङ्‌ककारी हमलापछि संसारमा किन यतिबिघ्न दुष्टता छ भनेर सोच्न बाध्य भएँ। मैले सोचें: ‘धार्मिक अतिवादले हाम्रो भविष्यलाई खतरामा पारेको छ। तर मेरो वरिपरि भएका यहोवाका साक्षीहरू भने शान्ति प्रेमी छन्‌। तिनीहरू अतिवादी होइनन्‌। तिनीहरू बाइबलअनुसार जीवन बिताउँछन्‌। सायद मैले पनि बाइबलको कुरा बुझेर हेर्नुपर्छ।’ अनि मैले बाइबल पढ्‌न थालें।

तपाईं एक जना डाक्टर भएकोले सृष्टिकर्तामा विश्‍वास गर्न गाह्रो भयो?

अहँ! भएन। हाम्रो शरीरको जटिल संरचना देखेर म सधैं तीन छक पर्थें। जस्तै मृगौलाले रगतमा भएका राता रक्‍तकोषहरूको सङ्‌ख्यालाई कसरी सन्तुलनमा राख्छ, त्यो मात्र विचार गरेर हेर्नुहोस्‌ न।

यसलाई अझै बुझाइदिन सक्नुहुन्छ कि?

भगवान्‌ले बाहेक यस्तो जटिल प्रक्रिया अरूले डिजाइन गर्न सक्दैन भन्‍ने मलाई लाग्न थाल्यो

तपाईंलाई थाहै छ, राता रक्‍तकोषहरूले अक्सिजन ओसारपसार गर्ने काम गर्छ। तपाईंको शरीरबाट धेरै रगत बग्यो भने वा तपाईं धेरै उचाइमा जानुभयो भने शरीरमा अक्सिजनको कमी हुन्छ। अनि मृगौलाले अक्सिजन कमी भएको चाल पाइहाल्छ। त्यसपछि मृगौलाले इरिथ्रोपोइटिन उत्पादन गर्न थाल्छ र रगतमा इरिथ्रोपोइटिनको मात्रा हजार गुणासम्म पनि बढ्‌न सक्छ। इरिथ्रोपोइटिनले हाडमासीमा राता रक्‍तकोष उत्पादन गर्न सघाउ पुऱ्‍याउँछ। यसपछि राता रक्‍तकोषले थप अक्सिजन ओसार्छ। यो प्रक्रिया साँच्चै अचम्मको छ! यस प्रक्रियाबारे अध्ययन गरेको दस वर्षपछि मात्र भगवान्‌ले बाहेक यस्तो जटिल प्रक्रिया अरूले डिजाइन गर्न सक्दैन भन्‍ने मलाई लाग्न थाल्यो।

बाइबलप्रति तपाईंको सोचाइ कस्तो छ?

मैले इतिहासका किताब अनि नाम चलेका उपन्यासहरू धेरै पढेको छु। तर बाइबल पढ्‌दाचाहिं मैले फरक पाएँ। यसमा पाइने सुझावहरू यत्ति व्यावहारिक छन्‌ कि यो मानिसभन्दा उच्च स्रोतबाट आएको हुनुपर्छ जस्तो मलाई लाग्यो। येशूका गुणहरू देखेर म चकित भएँ। उहाँ वास्तविक व्यक्‍ति हुनुहुन्छ भनेर बुझें। उहाँ भावनाहरू भएको व्यक्‍ति हुनुहुन्छ। अनि उहाँका साथीहरू पनि थिए। तर बाइबलका कुराहरू बुझ्न म यहोवाका साक्षीहरूको प्रकाशन चलाउन चाहन्‍नँ थिएँ। त्यसैले मेरो मनमा कुनै प्रश्‍न उठ्‌दा विश्‍वकोश र अन्य किताबहरूमा खोज अनुसन्धान गर्थें।

तपाईंले कुन-कुन विषयमा अनुसन्धान गर्नुभयो?

मैले . . . इतिहासका किताबहरू खोतल्न थालें। अन्ततः बाइबलले बताएकै समयमा यो भविष्यवाणी पूरा भएको निष्कर्षमा पुगें

मलाई रोचक लागेको थुप्रै विषयमध्ये एउटाचाहिं येशूले बप्तिस्मा गर्नुहुने वर्षबारे बाइबलमा गरिएको भविष्यवाणी हो। बाइबलमा फारसी राजा आर्टजारसेजको शासनको बीसौं वर्ष र येशूले आफूलाई मसीहको रूपमा प्रस्तुत गर्नुहुने समयबीच ठ्याक्कै कति समय बित्नेछ भनेर बताइएको थियो।a कामको सिलसिलामा धेरै अनुसन्धान गर्नुपर्ने भएकोले अनुसन्धान गर्ने मेरो बानी नै भइसक्यो। त्यसैले मैले आर्टजारसेजले शासन गरेको मिति र येशूले प्रचार गर्न थाल्नुभएको मिति पत्ता लगाउन इतिहासका किताबहरू खोतल्न थालें। अन्ततः बाइबलले बताएकै समयमा यो भविष्यवाणी पूरा भएको निष्कर्षमा पुगें। साथै बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको किताब हो भनेर विश्‍वस्त हुन सकें। (g13-E 09)

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको पृष्ठ १९७-१९९ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने