प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 जनवरी पृ. १४-१५
  • पृथ्वी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पृथ्वी
  • ब्यूँझनुहोस्‌!—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले कुन उद्देश्‍यले पृथ्वी सृष्टि गर्नुभयो?
  • के पृथ्वीको विनाश हुन्छ त?
  • के मानिसहरूको गन्तव्य स्वर्ग हो?
  • के यो पृथ्वी विनाश हुनेछ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • “स्वर्गमाझैं यस पृथ्वीमा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • अनन्त जीवन एउटा सपना मात्र होइन
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१५
g15 जनवरी पृ. १४-१५
पृथ्वी

बाइबलको दृष्टिकोण

पृथ्वी

परमेश्‍वरले कुन उद्देश्‍यले पृथ्वी सृष्टि गर्नुभयो?

“स्वर्ग सृजने परमप्रभु यसो भन्‍नुहुन्छ, . . . जसले पृथ्वी रच्नुभयो, . . . उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो।”—यशैया ४५:१८.

मानिसहरू के भन्छन्‌?

पृथ्वीलाई ईश्‍वरले सृष्टि गर्नुभएको होइन भनेर थुप्रै मानिस दाबी गर्छन्‌। केही धर्मले पृथ्वी ईश्‍वरले मानिसहरूको परीक्षा लिने ठाउँ हो भनेर सिकाउँछन्‌। तिनीहरूका अनुसार त्यसपछि ईश्‍वरले मानिसहरूलाई या त स्वर्गको इनाम या नर्कको दण्ड दिनुहुन्छ।

बाइबल के भन्छ?

बाइबलमा यस्तो बताइएको छ: “परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” (उत्पत्ति १:१) अनि उहाँले पहिलो मानव दम्पतीलाई यसो भन्‍नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। . . . पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” (उत्पत्ति १:२८) मानिसले मृत्यु भोग्नुपर्ने उद्देश्‍य राखेर ईश्‍वरले सृष्टि गर्नुभएको थिएन। तर ईश्‍वरको आज्ञा उल्लङ्‌घन गरेकाले मात्र मानिसले मृत्यु भोग्नुपरेको कुरा बाइबलमा बताइएको छ। (उत्पत्ति २:१७) पृथ्वी सधैंभरिको लागि मानिसहरूको घर हुने थियो। साथै पृथ्वी आज्ञाकारी मानिसहरूले भरिएको र तिनीहरूले यसको हेरचाह गरेको अनि मानिस सधैंभरि बाँचेको परमेश्‍वर चाहनुहुन्थ्यो।

के पृथ्वीको विनाश हुन्छ त?

“पृथ्वी कहिल्यै नडग्मगाओस्‌ भनेर त्यसलाई उहाँले जगमाथि स्थिर पार्नुभयो।”—भजन १०४:५, NRV.

मानिसहरू के भन्छन्‌?

वैज्ञानिकहरू विभिन्‍न तरिकामा पृथ्वीको विनाश हुन्छ वा बस्नै नसक्ने अवस्थामा पुग्छ भनेर अनुमान लगाउँछन्‌। उदाहरणका लागि, उनीहरू कुनै ग्रह वा लामपुच्छ्रे तारा पृथ्वीमा ठोक्किएर, ठूलठूला ज्वालामूखी विष्फोटन भएर, सूर्यले प्रकाश दिन छोडेर वा जलवायु परिवर्तन भएर पृथ्वीको विनाश हुन सक्छ भन्छन्‌। साथै आणविक युद्ध वा जैविक आतङ्‌क जस्ता मानिसले ल्याउने विपत्तिले गर्दा पनि पृथ्वी नाश हुने कुरा बताउँछन्‌।

बाइबल के भन्छ?

ईश्‍वरले सुरुमा राख्नुभएको उद्देश्‍य परिवर्तन भएको छैन। उहाँको वचनमा यसरी बताइएको छ: “पृथ्वीचाहिं सदासर्वदै रहिरहन्छ।” (उपदेशक १:४) साथै पृथ्वीमा मानिसहरू सधैं बसोबास गर्नेछन्‌ भन्‍ने विषयमा यसो लेखिएको छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:२९.

यो किन चासोको विषय हो?

पृथ्वी विनाश हुन्छ भन्‍ने कुरामा विश्‍वास गरेकोले थुप्रैले यसमा भएको बहुमूल्य स्रोत साधनको दुरुपयोग गरेका छन्‌। अरूले भने भविष्यको लागि कुनै आशा नदेखेकाले आजको लागि मात्र बाँच्ने प्रवृत्ति अपनाएका छन्‌। यसले गर्दा मानिसहरूको जीवन अर्थहीन बनेको छ। तर हामी पृथ्वीमा सधैंभरि बाँच्न सक्छौं भनेर विश्‍वास गर्दा आफू र आफ्नो परिवारको हित हुने तरिकामा भविष्यको लागि समेत निर्णयहरू गर्न सक्नेछौं।

के मानिसहरूको गन्तव्य स्वर्ग हो?

“स्वर्ग ता परमप्रभुकै हो। तर पृथ्वीचाहिं उहाँले मानिस जातिलाई दिनुभएको छ।”—भजन ११५:१६.

मानिसहरू के भन्छन्‌?

असल मानिसहरू स्वर्ग जान्छन्‌ भनेर धेरै जना विश्‍वास गर्छन्‌।

बाइबल के भन्छ?

स्वर्ग ईश्‍वरको हो तर पृथ्वी भने मानिसहरूको लागि हो। बाइबलमा मानिसहरूले भरिने पृथ्वीबारे बताइएको छ। स्वर्ग जाने पहिलो व्यक्‍ति येशू ख्रीष्ट हुनुहुन्छ। साथै एउटा विशेष उद्देश्‍यको लागि छानिएका केही व्यक्‍तिहरू मात्र स्वर्ग जानेछन्‌ भनेर पनि बाइबलमा बताइएको छ। तिनीहरूले येशूसितै “राजाको रूपमा पृथ्वीमाथि शासन गर्नेछन्‌।”—प्रकाश ५:९, १०; लूका १२:३२; यूहन्‍ना ३:१३.

यो किन चासोको विषय हो?

सबै असल व्यक्‍तिहरू स्वर्ग जान्छन्‌ भन्‍ने विश्‍वास बाइबलको शिक्षासित मेल खाँदैन। यदि ईश्‍वरले सबै असल मानिसलाई स्वर्गमा लैजाने हो भने उहाँले पृथ्वीको लागि सुरुमा राख्नुभएको उद्देश्‍य विफल भएको जस्तो देखिंदैन र? साथै पृथ्वीमा मानिसहरू सधैंभरि बाँच्न पाउनेछन्‌ भनेर गर्नुभएको उहाँको प्रतिज्ञा पनि झूटो हुँदैन र? तर ईश्‍वरको वचनमा यस्तो प्रतिज्ञा गरिएको छ: “परमप्रभुको बाटो हेर, उहाँकै मार्गमा हिंड्‌, र उहाँले तँलाई देश अधिकार गर्न बढाउनुहुनेछ।”—भजन ३७:३४. (g14-E 12)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने