प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 अप्रिल pp. १४-१५
  • जुवातास खेल्नु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुवातास खेल्नु
  • ब्यूँझनुहोस्‌!—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के जुवातास खेल्नु गलत हो?
  • जुवातास खेल्दा कस्ता हानिकारक नतिजाहरू भोग्नुपर्छ?
  • जूवाको पासोबाट जोगिनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००२
  • जूवा खेल्नुमा के खराबी छ?
    ब्यूँझनुहोस्‌!—२००२
  • के बाइबलले जूवा खेल्नुलाई समर्थन गर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • जूवाका नयाँ सिकारुहरू जवानहरू!
    ब्यूँझनुहोस्‌!—१९९५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१५
g15 अप्रिल pp. १४-१५
पोकरको ढ्‌याकसँगै एक व्यक्‍तिले तासको पत्ताहरू समातिरहेको

बाइबलको दृष्टिकोण

जुवातास खेल्नु

कोही-कोही जुवातास खेल्नुलाई खासै हानिकारक सम्झँदैनन्‌। तर कसै-कसैलाई भने यो एउटा डरलाग्दो बानी हो जस्तो लाग्छ।

के जुवातास खेल्नु गलत हो?

मानिसहरू के भन्छन्‌?

कानुनले अनुमति दिएसम्म जुवातास खेल्दा खासै हानि हुँदैन भनेर थुप्रै मानिस सोच्ने गर्छन्‌। कुनै-कुनै जुवातासले कानुनी मान्यता पाएको हुन सक्छ। जस्तै: सरकारले सञ्चालन गर्ने चिठ्ठा, जनहित कार्यक्रमका लागि भनेर कुनै कम्पनीले पैसा सङ्‌कलन गर्ने।

बाइबल के भन्छ?

बाइबलमा जुवातासको विषयमा तोकेरै त बताइएको छैन। तैपनि यसबारे परमेश्‍वरले कस्तो महसुस गर्नुहुन्छ भनेर प्रस्ट पार्ने थुप्रै सिद्धान्तहरू दिइएका छन्‌।

जुवातास भनेको अरूलाई हानिनोक्सानी हुनेगरि पैसा जित्नु हो। यस्तो कुरा बाइबलको यो चेतावनीसित पटक्कै मेल खाँदैन: “हर प्रकारको लालचबाट आफूलाई जोगाओ।” (लूका १२:१५) वास्तवमा जुवातास खेल्नुको पछाडि लोभ लुकेको हुन्छ। जुवातास खेलेर थुप्रै पैसा जित्न सकिन्छ भनेर जुवातास खेलाउने संस्थाहरूले विज्ञापन गर्छन्‌। तर जित्ने सम्भावना कम हुन्छ भन्‍ने कुरा चाहिं मानिसहरूबाट लुकाउँछन्‌। किनभने धनी बन्‍ने सपनाले मानिसलाई ठूलठूला रकम क्यासिनोमा दाउ लगाउन उक्साउँछ भनेर तिनीहरूलाई थाह छ। मानिसलाई लोभबाट जोगाउनुको साटो जुवातासले थोरै समयमा धेरै पैसा कमाउने लालच पैदा गराउँछ।

जुवातास खेल्नुको मुख्य उद्देश्‍य भनेकै अरूको पैसा जित्नु हो। तर बाइबलमा हामीलाई यस्तो प्रोत्साहन दिइएको छ: “हरेकले आफ्नो होइन तर अर्को मानिसको फाइदा खोज्ने गरोस्‌।” (१ कोरिन्थी १०:२४) परमेश्‍वरले दिनुभएका आज्ञाहरूमध्ये एउटामा यस्तो लेखिएको छ: “तैंले आफ्नो छिमेकीको घरको लालच नगर्नू।” (प्रस्थान २०:१७) जब जुवाडेले पैसा जित्ने कुरा मनमा राख्छ, त्यसले वास्तवमा आफ्नो फाइदाको लागि अरूले हारोस्‌ भन्‍ने आशा गर्छ।

कसै-कसैले जुवातास खेल्नुअघि आफ्नो भाग्यमा जित लेखेको छ कि छैन भनेर पत्ता लगाउने कोसिस गर्छन्‌। तर भाग्य हेर्नु खतरनाक हुन सक्छ भनी बाइबलमा लेखिएको छ। विश्‍वासको कमीले गर्दा पुरातन इस्राएलमा परमेश्‍वरका केही जनहरूले “भाग्यदेवको निम्ति टेबुल तयार” पारे। के त्यस्तो “भाग्यदेव”-प्रतिको आस्था परमेश्‍वरलाई स्वीकार्य थियो? पक्कै थिएन। परमेश्‍वरले तिनीहरूलाई यस्तो भन्‍नुभयो: “तिमीहरूले त्यो काम गऱ्‍यौ, जो मेरो नजरमा दुष्ट थियो, र जस कुरामा म प्रसन्‍न हुन्‍नँ, त्यही तिमीहरूले गऱ्‍यौ।”—यशैया ६५:११, १२.

कुनै-कुनै देशमा सरकारबाट स्वीकृति पाएका जुवाघरबाट उठाइने पैसा शिक्षा, आर्थिक सुधार र जनहित कार्यक्रमहरूका लागि प्रयोग गरिन्छ। तर यस्तो पैसा राम्रो कामको लागि प्रयोग गरिन्छ भन्दैमा जुवातास खेल्नु सही हो भन्‍न मिल्दैन। हो, यस्तो रकम लोभ र स्वार्थ जस्ता कुराबाट प्राप्त हुन्छ। साथै जुवातासले कुनै काम नगरी पैसा कमाउने सोच राख्न मानिसलाई उक्साउँछ।

“तैंले आफ्नो छिमेकीको . . .  कुनै पनि थोकको लालच नगर्नू।”—प्रस्थान २०:१७.

जुवातास खेल्दा कस्ता हानिकारक नतिजाहरू भोग्नुपर्छ?

बाइबल के भन्छ?

बाइबलमा यस्तो चेतावनी दिइएको छ: “जो हरहालतमा धनी बन्‍न चाहन्छन्‌, तिनीहरू प्रलोभन र पासोमा पर्छन्‌ अनि अनेकौं मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्‌, जसले मानिसहरूलाई विनाश र पतनतर्फ धकेल्छ।” (१ तिमोथी ६:९) जुवाको मुख्य जरा नै लोभ हो अनि यसले निम्त्याउने नतिजा विनाशकारी भएकोले बाइबलले “लोभ”-लाई तिरस्कार गर्नै पर्ने कुराहरूको सूचीमा राखेको छ।—एफिसी ५:३.

सजिलै पैसा कमाउने कुरामा ध्यान खिचेर जुवातासले पैसाप्रतिको प्रेमलाई बढाउँछ। बाइबलमा पैसाप्रतिको प्रेमलाई “सबै किसिमका हानिकारक कुराहरूको जड हो” भनिएको छ। पैसाको लोभ यत्ति बलियो हुन सक्छ कि यसले मानिसलाई धेरै चिन्तित बनाएर परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास गुमाउने अवस्थामा समेत पुऱ्‍याउन सक्छ। पैसालाई प्रेम गर्ने पासोमा परेकाहरूले “थुप्रै पीडाले आफूलाई चोटै-चोट पुऱ्‍याएका” हुन्छन्‌ भनेर बाइबलमा बताइएको छ।—१ तिमोथी ६:१०

पैसाको लोभले मानिसलाई असन्तुष्ट बनाउँछ र तिनीहरूको आनन्द पनि गुम्छ। “जुन मानिसले रुपियाँ-पैसाको लोभ गर्छ त्यसलाई कहिल्यै प्रशस्त हुँदैन। धेरै धन-सम्पत्तिको लोभ गर्ने मानिसले त्यसबाट केही सुखभोग पाउनेछैन।”—उपदेशक ५:१०.

जुवातासको प्रलोभनमा फसेका लाखौं मानिसहरूले आफू डरलाग्दो लतको शिकार भएको पाएका छन्‌। यो समस्या यत्ति व्यापक छ कि एउटा तथ्याङ्‌कअनुसार अमेरिकामा मात्रै यसको लतमा फसेका लाखौं जुवाडेहरू छन्‌।

बाइबलमा यस्तो लेखिएको छ: “यदि तैंले हतार गरी धन जम्मा गरिस्‌ भने अन्तमा त्यसले तँलाई चैन दिनेछैन।” (हितोपदेश २०:२१) जुवातास खेल्ने लतले गर्दा जुवाडेहरू ऋणमा डुबेका छन्‌ वा टाट पल्टेका छन्‌ र तिनीहरूले आफ्नो काम गुमाउनु परेको छ। साथीभाइसितको सम्बन्ध बिग्रनुका साथै वैवाहिक जीवन पनि भताभुङ्‌ग भएको छ। त्यसैले बाइबलमा पाइने सिद्धान्तहरू लागू गऱ्‍यौं भने जुवातासले जीवनमा ल्याउने हानिकारक नतिजाबाट हामी जोगिन सक्छौं। (g15-E 03)

“जो हरहालतमा धनी बन्‍न चाहन्छन्‌, तिनीहरू प्रलोभन र पासोमा पर्छन्‌ अनि अनेकौं मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्‌, जसले मानिसहरूलाई विनाश र पतनतर्फ धकेल्छ।”—१ तिमोथी ६:९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने