प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g15 जुलाई pp. ८-११
  • एक्लोपन कसरी हटाउन सकिन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एक्लोपन कसरी हटाउन सकिन्छ?
  • ब्यूँझनुहोस्‌!—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • मेरो किन कोही साथी छैन?
    युवाहरू सोध्छन्‌
  • एकाकीपन कसरी हटाउने?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • एकाकीपन महसुस गर्ने मानिसहरू किन यति थुप्रो?
    ब्यूँझनुहोस्‌!—२००४
  • मलाई किन सधैं एक्लो पार्छन्‌?
    ब्यूँझनुहोस्‌!—२००७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१५
g15 जुलाई pp. ८-११
एउटी केटी एक्लै बसेर अरू केटीहरू गफ गर्दै र हाँस्दै गरेका हेर्दै

परिवारका लागि | युवाहरू

एक्लोपन कसरी हटाउन सकिन्छ?

चुनौती

“मेरा दुई जना साथीहरू मलाई एक्लो पारेर रमाइलो गर्थे। तिनीहरूले बिताएको रमाइलो क्षणबारे सुनिरहन्थें। एक पटक तिनीहरूमध्ये एक जनालाई फोन गर्दा अर्की साथी पनि त्यहीं रहिछे। फोन अर्कै मान्छेले उठायो। तिनीहरू गफ गरिरहेको र हाँसिरहेको मैले सुनें। तिनीहरू कत्ति रमाइलो गरिरहेका छन्‌ जस्तो मलाई लाग्यो। यसले मलाई झनै एक्लो महसुस गरायो।”—माया।a

के तपाईंले पनि कहिल्यै एक्लो र बेवास्ता गरिएको महसुस गर्नुभएको छ? गर्नुभएको छ भने बाइबलको सल्लाहबाट मदत पाउन सक्नुहुन्छ। तर पहिला एक्लोपनबारे तपाईंले थाह पाउनुपर्ने केही कुरा विचार गरौं।

तपाईंले के थाह पाउनुपर्छ?

प्रायः सबैले कहिलेकाहीं एक्लो महसुस गर्छन्‌। चर्चित व्यक्‍तिले समेत यस्तो महसुस गर्छन्‌। मानिसहरू किन एक्लो महसुस गर्छन्‌? एक्लो महसुस गर्ने/नगर्ने कुरा तपाईंसित कति साथी छन्‌, त्यसमा होइन बरु तपाईंका साथीहरू कस्ता छन्‌, त्यसमा निर्भर हुन्छ। चर्चित व्यक्‍तिहरूको वरिपरि थुप्रै मानिसहरू होलान्‌, तैपनि तिनीहरूको असल साथीहरू हुँदैनन्‌ जसले गर्दा तिनीहरू एक्लो महसुस गर्छन्‌।

एक्लोपनले तपाईंको स्वास्थ्यलाई हानि गर्छ। यस विषयमा गरिएका १४८ वटा अध्ययन-अनुसन्धानबाट अनुसन्धानकर्ताहरूले एउटा निष्कर्ष निकालेका छन्‌। त्यो हो, समाजमा त्यति घुलमिल हुन नसक्ने व्यक्‍तिको अल्प आयुमै मृत्यु हुन्छ। एक्लोपन “अत्यधिक मोटोपनभन्दा दुई गुणा खतरनाक” छ र “हरेक दिन १५ वटा चुरोट तान्‍नुजत्तिकै हानिकारक छ।”

एक्लोपनले गलत निर्णय गर्ने खतरामा पुऱ्‍याउन सक्छ। तपाईं एक्लो महसुस गर्नुहुन्छ भने तपाईंलाई साथी बनाउन चाहने जोसुकैसित सङ्‌गत गर्न पुग्नुहुन्छ। अनिल नाम गरेका युवा यसो भन्छन्‌, “एक्लो हुँदा कसैले आफ्नो वास्ता गरोस्‌ भन्‍ने चाहना असाध्यै तीव्र हुन्छ। कसैले वास्ता नगर्नुभन्दा त जोसुकैले वास्ता गरे पनि ठीक छ जस्तो लाग्न सक्छ। यस्तो सोचाइले समस्या निम्त्याउँछ।”

प्रविधिले सधैं एक्लोपन हटाउँछ भन्‍ने छैन। सबिना नाम गरेकी युवती यसो भन्छिन्‌, “दिनमा सयौं मानिसलाई मेसेज वा इमेल पठाए पनि असाध्यै एक्लो महसुस गर्थें।” जीवन नाम गरेका किशोर पनि यस्तै महसुस गर्छन्‌। तिनी यसो भन्छन्‌, “मेसेज पठाउनु खाजा खानुजस्तै हो तर आमनेसामने बसेर कुराकानी गर्नु भनेको खाना खानुजस्तै हो। खाजा खानु राम्रै हो तर खाना खाएपछि मात्र तपाईं सन्तुष्ट महसुस गर्नुहुन्छ।”

तपाईं के गर्न सक्नुहुन्छ?

सकारात्मक सोचाइ राख्नुहोस्‌। उदाहरणको लागि, फोटो सेयरिङ साइटमा तपाईं आफ्ना साथीहरूले कुनै जमघटमा रमाइलो गरेको फोटो देख्नुहुन्छ। तर त्यस जमघटमा तपाईंलाई बोलाइएको थिएन। यस्तो अवस्थामा तपाईं के सोच्नुहुन्छ? तिनीहरूले तपाईंलाई जानाजानी बेवास्ता गरेका हुन्‌ भनी सोच्नुहुन्छ वा सकारात्मक सोचाइ राख्नुहुन्छ? तपाईंलाई त्यसबारे सबै कुरा थाह नभएकोले किन नकारात्मक हुने? तपाईंलाई त्यस जमघटमा नबोलाइनुको कारणबारे सकारात्मक तरिकामा सोच्नुहोस्‌। मानिसहरूले अक्सर एक्लो महसुस गर्नुको कारण तिनीहरूको सोचाइले गर्दा हो।—बाइबल सिद्धान्त: हितोपदेश १५:१५.

आफू त्यागिएको नठान्‍नुहोस्‌। एक्लो हुँदा तपाईंलाई यस्तो लाग्न सक्छ, ‘मलाई कसैले बोलाउँदैन’ अथवा ‘मलाई कसैले वास्तै गर्दैन।’ तर यस्तो सोचाइले तपाईंलाई झन्‌झनै एक्लोपनको दलदलमा फसाउँछ। यस्तो सोचाइले तपाईंलाई समस्याको डरलाग्दो चक्रमा पार्छ। जस्तै: सुरुमा आफू त्यागिएको महसुस गर्नुहुन्छ, त्यसपछि बिस्तारै अरूबाट टाढिदै जानुहुन्छ अनि झनै एक्लो महसुस गर्नुहुन्छ, अन्तमा अझ त्यागिएको महसुस गर्नुहुन्छ।—बाइबल सिद्धान्त: हितोपदेश १८:१.

आफूभन्दा पाको व्यक्‍तिसित मित्रता गाँस्न इच्छुक हुनुहोस्‌। बाइबलको एउटा उदाहरण विचार गरौं। दाऊदले जोनाथनलाई भेट्‌दा दाऊद किशोरावस्थाका थिए। तर जोनाथन भने दाऊदभन्दा ३० वर्षले जेठा थिए। तिनीहरूको उमेर धेरै फरक भए पनि तिनीहरू घनिष्ठ साथी भए। (१ शमूएल १८:१) तपाईं पनि दाऊदजस्तै हुन सक्नुहुन्छ। एक्काइस वर्षीया सृजना यसो भन्छिन्‌, “आफूभन्दा पाको व्यक्‍तिहरूलाई साथी बनाउनुको महत्त्व म अहिले बुझ्दै छु। मेरा केही साथीहरू मभन्दा पाका छन्‌। कुनै कुरालाई हेर्ने उहाँहरूको परिपक्व दृष्टिकोण र स्थिर स्वभावको म साँच्चै कदर गर्छु।”—बाइबल सिद्धान्त: अय्यूब १२:१२.

एक्लै हुँदा उठाउन सक्ने फाइदाहरूमा ध्यान दिनुहोस्‌। कोही-कोही आफू एक्लो हुनेबित्तिकै एक्लोपन महसुस गर्न थाल्छन्‌। तर एक्लै हुँदैमा एक्लोपन महसुस गर्नु आवश्‍यक छैन। उदाहरणको लागि, येशूलाई अरूसित घुलमिल हुन मन पर्थ्यो तर उहाँ कहिलेकाहीं एक्लै बस्न मन पराउनुहुन्थ्यो। (मत्ती १४:२३; मर्कूस १:३५) तपाईं पनि त्यसै गर्न सक्नुहुन्छ। एक्लो हुनुलाई बेफाइदाको रूपमा हेर्नुको सट्टा आफूले पाएको आशिष्‌बारे मनन गर्न त्यो समय प्रयोग गर्नुहोस्‌। यसो गरेमा तपाईं अरूको लागि असल साथी बन्‍न सक्नुहुनेछ।—हितोपदेश १३:२०. (g15-E 04)

a यस लेखमा नामहरू परिवर्तन गरिएका छन्‌।

मूल शास्त्रपद

  • “अवहेलितको जीवन दिनहुँ दुःखको हुन्छ, तर सुखी हृदय सबै दिन हर्षमय हुन्छ।”—हितोपदेश १५:१५.

  • “अलग्गै बस्ने मानिसले सुयोग्य मानिसलाई गिल्ला गर्न . . . बहाना गर्छ।” —हितोपदेश १८:१.

  • “यो याद राख कि उमेर ढल्केकोसँग बुद्धि हुन्छ, र दीर्घजीविमा समझ हुन्छ।”—अय्यूब १२:१२.

बो

बो

“मेरो विचारमा धेरै युवाहरू एक्लो महसुस गर्छन्‌ तर तिनीहरू यो कुरा लुकाउन खोज्छन्‌। तिनीहरू अरूलाई मेसेज पठाउँछन्‌ अथवा सामाजिक सञ्जालमार्फत उनीहरूसित कुराकानी गर्छन्‌। तर ती ‘साथी’ भनौंदाहरू आफूसित नभएकोले तिनीहरू एक्लो महसुस गर्छन्‌।”

अबिगेल

अबिगेल

“हाम्रा थुप्रै साथीहरू बसाइँ सरेका छन्‌ अथवा कुनै कारणले गर्दा हाम्रो सम्पर्कमा छैनन्‌। टाढा भए पनि तिनीहरूसित सम्पर्कमा रहनु राम्रै कुरा हो जस्तो मलाई लाग्छ। पुरानो साथीसित कुराकानी गर्दा तपाईं बल पाउनुहुन्छ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने