प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 No. ३ pp. १२-१३
  • विश्‍वास

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वास
  • ब्यूँझनुहोस्‌!—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वास भनेको के हो?
  • विश्‍वास गर्नु किन आवश्‍यक छ?
  • ईश्‍वरलाई विश्‍वास गर्न के गर्नुपर्छ?
  • यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • साँचो विश्‍वास—यसको अर्थ के हो?
    ब्यूँझनुहोस्‌!—२०००
  • विश्‍वास—हामीलाई बल दिने गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • के तपाईं सुसमाचारमा साँच्चै विश्‍वास गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 No. ३ pp. १२-१३

बाइबलको दृष्टिकोण

विश्‍वास

धेरैजसो मानिस ‘म ईश्‍वरमा विश्‍वास गर्छु’ भन्छन्‌। तर विश्‍वासको सही अर्थ बुझेका हुँदैनन्‌। त्यसोभए विश्‍वास भनेको के हो र यो किन महत्त्वपूर्ण छ?

विश्‍वास भनेको के हो?

मानिसहरू के भन्छन्‌?

मानिसहरू कुनै ठोस प्रमाण नभए पनि “म ईश्‍वरमा विश्‍वास गर्छु” भनिरहेका हुन्छन्‌। उदाहरणका लागि, “म ईश्‍वरमा विश्‍वास गर्छु” भन्‍ने एक जना धर्मावलम्बीलाई विचार गर्नुहोस्‌। यदि त्यस व्यक्‍तिलाई “तपाईं किन विश्‍वास गर्नुहुन्छ” भनेर सोधियो भने उसले कस्तो जवाफ दिन्छ होला? सायद उसले भन्छ होला, “मलाई सानैदेखि आमाबुबाले यस्तै सिकाउनुभयो।” यो कुरा विचार गर्दा विश्‍वास गर्नु र प्रमाणविना जुनसुकै कुरा पत्याइहाल्नुबीच केही फरक देखिंदैन।

बाइबल के भन्छ?

“विश्‍वास भनेको आशा गरिएका कुराहरू पक्कै पूरा हुनेछन्‌ भनेर पर्खनु र अहिले नदेखिएका वास्तविकताहरूको स्पष्ट प्रमाण हो।” (हिब्रू ११:१) आफूले आशा गरेको कुरा पक्कै पूरा हुन्छ भनेर ढुक्क हुनको लागि ठोस आधारहरू चाहिन्छ। मूल भाषामा “आशा गरेको कुरा पक्कै पूरा हुनेछन्‌” भनेर अनुवाद गरिएको वाक्यांशले मानिसको भित्री भावना वा कल्पनालाई मात्र बुझाउँदैन। त्यसैले विश्‍वास भन्‍ने कुरा ठोस प्रमाणमा आधारित हुन्छ।

‘परमेश्‍वरका अदृश्‍य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्‌गै देखिंदै आएका छन्‌। यी गुणहरूलगायत उहाँको अनन्त शक्‍ति र ईश्‍वरत्वसमेत उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिन्छ।’—रोमी १:२०.

विश्‍वास गर्नु किन आवश्‍यक छ?

बाइबल के भन्छ?

“विनाविश्‍वास उहाँलाई खुसी पार्न असम्भव छ किनभने जो परमेश्‍वरसामु जान्छ, उसले उहाँ साँच्चै हुनुहुन्छ र जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ भनेर पत्यार गर्नुपर्छ।”—हिब्रू ११:६.

माथि उल्लेख गरिएझैं थुप्रै मानिस अरूले सिकाएको भरमा ईश्‍वरमा विश्‍वास गर्ने गर्छन्‌। उनीहरू भन्छन्‌, “मलाई सानैदेखि आमाबुबाले यस्तै सिकाउनुभयो।” तर ईश्‍वर के चाहनुहुन्छ? ‘उहाँ हुनुहुन्छ र हामीलाई माया गर्नुहुन्छ’ भन्‍ने कुरामा हामी आफै विश्‍वस्त भएको ईश्‍वर चाहनुहुन्छ। त्यसैकारण बाइबलले उहाँलाई जोडतोडले खोजी गर्न आग्रह गर्छ। यसो गर्दा हामी उहाँलाई साँच्चै चिन्‍न सक्छौं।

“परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकूब ४:८.

ईश्‍वरलाई विश्‍वास गर्न के गर्नुपर्छ?

बाइबल के भन्छ?

“वचन सुनेपछि विश्‍वास पलाउँछ।” (रोमी १०:१७) त्यसैले ईश्‍वरमा विश्‍वास गर्न सबैभन्दा पहिला उहाँबारे बाइबलमा बताइएको कुरा ‘सुन्‍नुपर्छ।’ (२ तिमोथी ३:१६) बाइबलको अध्ययन गरेर हामी यी महत्त्वपूर्ण प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ पाउन सक्छौं: ईश्‍वर को हुनुहुन्छ? उहाँ हुनुहुन्छ भन्‍ने कस्ता प्रमाणहरू छन्‌? के उहाँ साँच्चै मेरो ख्याल राख्नुहुन्छ? उहाँले मेरो लागि कस्तो भविष्य सोच्नुभएको छ?

एक जना मान्छे पुतली हेर्दै

ईश्‍वर हुनुहुन्छ भन्‍ने प्रमाण जताततै छ

यहोवाका साक्षीहरू तपाईंलाई बाइबलको कुरा सिकाउन खुसी हुनेछन्‌। हाम्रो वेबसाइट www.jw.org/ne मा यस्तो कुरा बताइएको थियो, “यहोवाका साक्षीहरू अरूलाई बाइबलबारे सिकाउन पाउँदा औधी खुसी हुन्छन्‌तर हामी अरूलाई कहिल्यै पनि हाम्रो धर्मको सदस्य बन्‍ने दबाब दिंदैनौं। बरु हामी बाइबलले के सिकाउँछ, त्यो मात्र बताउँछौं। कुनै कुरामा विश्‍वास गर्ने कि नगर्ने भनेर निर्णय गर्ने अधिकार सबैसित छ। त्यस्तो अधिकारको हामी कदर गर्छौं।”

सारांशमा भन्‍नुपर्दा बाइबलको कुरा सत्य हो कि होइन भनेर जाँच्दा तपाईंले भेट्टाउनुभएको प्रमाण नै तपाईंको विश्‍वासको आधार हुनुपर्छ। यसरी तपाईंले प्रथम शताब्दीका बाइबल विद्यार्थीहरूको अनुकरण गरिरहनुभएको हुनेछ। “तिनीहरू असाध्यै उत्सुक भएर परमेश्‍वरको वचन ग्रहण गर्थे र ती सत्य हुन्‌ कि होइनन्‌ भनेर पक्का गर्न होसियारीसाथ दिनहुँ धर्मशास्त्र जाँच्थे।”—प्रेषित १७:११.

“अनन्त जीवन पाउन तिनीहरूले तपाईं एक मात्र साँचो परमेश्‍वरको अनि तपाईंले पठाउनुभएको येशू ख्रीष्टको ज्ञान लिइरहनुपर्छ।”—यूहन्‍ना १७:३. (g16-E No. 3)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने