प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 No. ४ pp. १०-११
  • अद्‌भुत तत्त्व

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अद्‌भुत तत्त्व
  • ब्यूँझनुहोस्‌!—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • कार्बन मोनोअक्साइड—मौन हत्यारा
    ब्यूँझनुहोस्‌!—२००१
  • जङ्‌गलबाट उपलब्ध सेवाहरू—कत्तिको बहुमुल्य?
    ब्यूँझनुहोस्‌!—२००४
  • सीसाकलम छ?
    ब्यूँझनुहोस्‌!—२००७
  • गुनिलो रातो रक्‍तकोष
    ब्यूँझनुहोस्‌!—२००६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 No. ४ pp. १०-११

अद्‌भुत तत्त्व

कार्बनका परमाणु

नेचर्स बिल्डिङ ब्लक्स भन्‍ने अङ्‌ग्रेजी किताबमा यस्तो लेखिएको छ: “जीवन सम्भव हुनको लागि कार्बन जत्तिको महत्त्वपूर्ण तत्त्व अरू कुनै छैन।” कार्बनमा भएका उल्लेखनीय विशेषताहरूले गर्दा यो अर्को कार्बनसित अनि अरू रासायनिक तत्त्वहरूसित टाँसिन सक्छ। यसरी टाँसिएर लाखौं यौगिक (कम्पाउन्ड) बन्छन्‌। यस्ता थुप्रै यौगिक अहिले पनि पत्ता लाग्दै छन्‌ अनि वैज्ञानिकहरूले पनि कृत्रिम यौगिकहरू बनाइरहेका छन्‌।

कार्बन साँच्चै अद्‌भुत छ! यसका परमाणुहरू मिलेर विभिन्‍न आकार जस्तै: सिक्री, पिरामिड, गोलाकार, पत्र र नली बन्‍न सक्छ। यसका केही उदाहरण तल दिइएका छन्‌। (g16-E No. 5)

हिरा

हिरा

हिरामा कार्बनका परमाणुहरू मिलेर बनेको टेट्राहिड्रोन भन्‍ने पिरामिडहरू हुन्छन्‌। टेट्राहिड्रोनको संरचना असाध्यै बलियो हुन्छ। त्यसैले हिरालाई प्रकृतिमा पाइने सबैभन्दा कडा तत्त्व मानिन्छ। शुद्ध हिरा कार्बनको एउटा मात्र अणुबाट बनेको हुन्छ।

ग्राफाइट

सिसाकलम

ग्राफाइटमा एकअर्कासित कसिलो गरी जोडिएका कार्बनका परमाणुहरू पत्र–पत्र गरी एकमाथि अर्को गर्दै खप्टिएर बसेका हुन्छन्‌। तर यी पत्रहरूको जोडाइ भने कमजोर हुन्छ। जसले गर्दा यी पत्रहरू चाङमा राखिएको कागजजस्तै सजिलै चिप्लन सक्छ। यस्ता विशेषताहरूले गर्दा ग्राफाइट चिल्लो पार्ने पदार्थ र सिसाकलमको मुख्य यौगिक बन्‍न गएको छ।a

ग्राफिन

सिसाकलमले कोरेको ठाउँ

ग्राफिनमा कार्बनका परमाणुहरू षड्‌भुज आकारका हुन्छन्‌। यी षड्‌भुजहरू मिलेर जालीजस्तो एउटा पत्र बनेको हुन्छ। ग्राफिनको भार खप्ने क्षमता स्टिलको भन्दा कैयौं गुणा धेरै हुन्छ। सिसाकलमले कोरेको ठाउँमा एक पत्र वा सोभन्दा धेरै पत्र ग्राफिन हुन्छ तर थोरै मात्रामा।

फुलरिन

फुलरिन

फुलरिन कार्बनका खोक्रा अणुहरू मिलेर बनेको हुन्छ। यो विभिन्‍न आकारमा पाइन्छ। जस्तै, सूक्ष्म बल र नली। नली आकारको फुलरिनलाई नानोट्युब भनिन्छ। यसलाई नानोमिटरमा (एक मिटरको १ अरब भाग) नापिन्छ।

वनस्पति र जीवित प्राणी

कार्बन भएको जीवित कोष

थुप्रै कोष मिलेर वनस्पति, जीवजन्तु र मानिस बन्छ। हरेक कोषमा कार्बोहाइड्रेट, चिल्लो र एमिनो एसिड हुन्छ। यी तीनै वटा कुरा बन्‍न कार्बन चाहिन्छ।

“[परमेश्‍वरका] अदृश्‍य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्‌गै देखिंदै आएका छन्‌।”—रोमी १:२०.

a जुलाई २००७ को ब्यूँझनुहोस्‌!-मा “सीसाकलम छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

तारा

ताराहरूमा हुने उत्कृष्ट तालमेलको उपज—कार्बन

तीनवटा हिलियमको न्युक्लियस मिलेर कार्बन बन्छ। रेड जाएन्ट्‌स ताराभित्र यसरी नै कार्बन बन्छ भनेर वैज्ञानिकहरू विश्‍वास गर्छन्‌। तर हिलियमहरू आपसमा जोडिन सबै कुरा ठ्याक्क मिलेको हुनुपर्छ। भौतिकशास्त्री पल डेभिजले यस्तो लेखे: “[भौतिक नियममा] असाध्यै न्यून कुरा मात्र फरक पऱ्‍यो भने पनि न यो ब्रह्‍माण्ड न त कुनै जीवित प्राणी नै अस्तित्वमा हुने थियो; मानिसको त झन्‌ कुरै छोडिदिऊँ।” भौतिक नियममा यस्तो बेजोड तालमेल कसरी सम्भव भयो? कोही भन्छन्‌, ‘यो संयोगको कुरा हो।’ कोहीचाहिं यसको पछाडि एक जना बुद्धिमान्‌ सृष्टिकर्ताको हात छ भन्छन्‌। यी दुईमध्ये तपाईंलाई कुन कुरा तर्कसङ्‌गत लाग्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने