प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 सङ्‌ख्या २ पृ. ७
  • मौरीको अवतरण गर्ने तरिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मौरीको अवतरण गर्ने तरिका
  • ब्यूँझनुहोस्‌!—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१७
  • जैविक प्रकाश
    सृष्टि या संयोग
  • विमानहरू कत्तिको सुरक्षित छन्‌?
    ब्यूँझनुहोस्‌!—१९९९
  • अगामा छेपारोको पुच्छर
    ब्यूँझनुहोस्‌!—२०१३
ब्यूँझनुहोस्‌!—२०१७
g17 सङ्‌ख्या २ पृ. ७
फूलमा अवतरण गर्दै मौरी

सृष्टि या संयोग?

मौरीको अवतरण गर्ने तरिका

मौरीहरू प्रायः जुनसुकै कोणमा पनि सजिलै अवतरण गर्न सक्छन्‌। तिनीहरूले कसरी यसो गर्छन्‌?

विचार गर्नुहोस्‌: सुरक्षित अवतरणको लागि मौरीले कुनै थोकमा बस्नुअघि आफ्नो गतिलाई लगभग शून्य बनाउनुपर्छ। यसो गर्न मौरीले दुई वटा कुरा विचार गर्नुपर्छ—आफ्नो उडाइको गति र गन्तव्यसम्मको दूरी। अनि आफ्नो गतिलाई त्यही क्रमअनुसार घटाउँदै लैजानुपर्छ। तर धेरैजसो किराको आँखा नजिक-नजिक हुने भएकोले र टाढाको वस्तु ठम्याउन नसक्ने भएकोले तिनीहरूलाई त्यसो गर्न गाह्रो हुन्छ।

मानिसको आँखाले आफू र कुनै वस्तुबीचको दूरी पत्ता लगाउन सक्छ। तर मौरीको दृष्टि भने फरक छ। कुनै वस्तुको जति नजिक गयो, उक्‍त वस्तुको आकार त्यति नै छिटो ठूलो देखिन्छ। मौरीहरू पनि यही तरिका अपनाएर आफू र कुनै वस्तुबीचको दूरी तय गर्छन्‌। अस्ट्रेलियाको एक विश्‍वविद्यालयमा गरिएको अनुसन्धानले देखाएअनुसार मौरीले आफू अगाडिको वस्तुको आकार झन्‌-झन्‌ ठूलो नदेखियोस्‌ भनेर त्यस वस्तुको नजिकै पुग्दा आफ्नो उडानको गति घटाउँछ। मौरी गन्तव्यमा पुग्दासम्म यसले आफ्नो गति लगभग शून्य बनाउँछ जसको कारण यसले सुरक्षित अवतरण गर्न सक्छ।

प्रोसिडिङस अफ द नेशनल एकाडेमी अफ साइन्सेस पत्रिकामा यस्तो लेखिएको छ: “मौरीको अवतरण गर्ने यस्तो सरल शैली, उड्‌न बनाइएका रोबोटहरूको नियन्त्रण प्रणालीमा सुधार ल्याउन साँच्चै उपयोगी छ।”

तपाईंको विचार कस्तो छ? मौरीको अवतरण गर्ने यो विशेष शैली क्रमविकासको उपज हो या सृष्टि?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने