प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 सङ्‌ख्या २ पृ. ८-९
  • आमा वा बुबाको मृत्यु हुँदा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आमा वा बुबाको मृत्यु हुँदा
  • ब्यूँझनुहोस्‌!—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • तपाईंले के बुझ्नुपर्छ?
  • तपाईं के गर्न सक्नुहुन्छ?
  • छोराछोरी शोकमा डुब्दा
    ब्यूँझनुहोस्‌!—२०१७
  • म यो चोट कसरी सहन सक्छु?
    तपाईंको प्रियजनको मृत्यु हुँदा
  • कतै मैले अचाक्ली शोक मनाइरहेको त होइन?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • शोकको सामना गर्नुहोस्‌—तपाईँले चाल्नुपर्ने कदम
    ब्यूँझनुहोस्‌!—२०१८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१७
g17 सङ्‌ख्या २ पृ. ८-९
चिहानमा एक बच्चा वयस्क व्यक्‍तिको हात समाउँदै

परिवारका लागि | युवाहरू

आमा वा बुबाको मृत्यु हुँदा

चुनौती

डेमी छ वर्षकी हुँदा रक्‍तनली सुनिने रोगको कारण उनको बुबाको मृत्यु भयो। मुटु रोगको कारण आफ्नो बुबाको मृत्यु हुँदा डेरिकचाहिं नौ वर्षका थिए। जिनी सात वर्षकी छँदा तिनकी आमाको मृत्यु भयो। तिनकी आमा एक वर्षदेखि डिम्बाशयको क्यान्सरले ग्रस्त थिइन्‌।a

यी तीनै जनाले आफू सानो छँदा नै प्रियजनको मृत्युको सामना गर्नुपऱ्‍यो। तपाईंले पनि यस्तै अनुभव गर्नुभएको छ कि? यदि छ भने यो लेखले तपाईंलाई यस्तो गाह्रो अवस्थाको सामना गर्न मदत दिन सक्छ।b तर सुरुमा शोक गर्नेबारे केही कुरा विचार गरौं।

तपाईंले के बुझ्नुपर्छ?

शोक गर्ने विभिन्‍न तरिका हुन्छन्‌। यसको मतलब तपाईंले आफ्नो दुःख व्यक्‍त गर्ने तरिका अरूको भन्दा फरक हुन सक्छ। एउटा किताबc यसो भन्छ, “प्रियजनको मृत्युको सामना गर्ने तरिका फरक-फरक हुन सक्छ।” महत्त्वपूर्ण कुरा भनेको तपाईंले आफ्नो भावनालाई अत्यन्तै दबाएर राख्नु हुँदैन। किन? किनकि . . .

आफ्नो भावनालाई दबाएर राख्नु हानिकारक हुन सक्छ। लेखको सुरुमा उल्लेख गरिएकी जिनी भन्छिन्‌: “सानी बहिनीको लागि भए पनि बलियो हुनैपर्छ भनेर विचार गरें, त्यसैले आफ्ना भावनालाई दबाएर राखें। अहिले पनि ममा पीडादायी भावनालाई दबाउने झुकाव छ तर यसो गर्नु हानिकारक छ।”

विज्ञहरू यो कुरामा सहमत छन्‌। एउटा किताबd यस्तो टिप्पणी गर्छ, “आफ्ना भावनालाई सधैंका लागि दबाएर राख्न सकिंदैन। हामीले आशै नगरेको समयमा भावनात्मक उतारचढाब वा शारीरिक समस्याको रूपमा ती देखिन्छन्‌।” आफ्नो भावनालाई दबाएर पीडा कम गर्न खोज्दा रक्सी वा लागूपदार्थको दुर्व्यसनीमा फस्न सक्ने सम्भावना पनि हुन्छ।

शोकमा पर्दा मनमा विभिन्‍न तर्कना आउन सक्छन्‌। उदाहरणका लागि, कोही-कोही मानिस मृतकले आफूलाई “छोडेर गएको” जस्तो लागेकोले ऊसित रिसाउँछन्‌। अरू भने मृतकलाई नबचाएकोमा ईश्‍वरलाई दोष दिन्छन्‌। शोक गर्ने कतिपयचाहिं मरेको व्यक्‍तिलाई आफूले भनेको कुरा वा गरेको व्यवहार सम्झिन्छन्‌ र त्यसलाई अब सुधार्न नसकिने भएकोले दोषी महसुस गर्छन्‌।

स्पष्ट छ, शोक सहन सजिलो हुँदैन। यस्तो बेला तपाईं कसरी सान्त्वना र मदत पाउन सक्नुहुन्छ?

तपाईं के गर्न सक्नुहुन्छ?

कसैसँग कुरा गर्नुहोस्‌। यस्तो गाह्रो अवस्थामा तपाईं एक्लै बस्न चाहनुहुन्छ होला। तर आफ्ना सबै भावना परिवारको कुनै सदस्य वा साथीलाई पोखाउनुभयो भने ती भावना नियन्त्रणमा राख्न र निराशामा नडुब्न मदत पाउनुहुनेछ।—बाइबल सिद्धान्त: हितोपदेश १८:२४.

रेकर्ड राख्नुहोस्‌। आफूले गुमाएको आमा वा बुबाको विषयमा लेख्नुहोस्‌। उदाहरणको लागि, तपाईंले आफ्नो आमा वा बुबासँग बिताएको सबैभन्दा रमाइलो क्षण कुन थियो? उहाँको राम्रा गुणहरूको विषयमा लेख्नुहोस्‌। तपाईं ती गुणहरूमध्ये कुनचाहिं गुण अनुकरण गर्न चाहनुहुन्छ?

यदि नकारात्मक सोचाइ—उदाहरणका लागि, आमा वा बुबाको मृत्यु हुनुभन्दा अघि उहाँलाई कठोर भई भनेको कुरा घरीघरी याद आइरहन्छ भने तपाईं कस्तो महसुस गर्नुहुन्छ र किन लेख्नुहोस्‌। जस्तै, “बुबा बित्नुभएको एक दिनअघि उहाँसँग बेस्सरी भनाभन भएको थियो, त्यसैले म दोषी महसुस गर्छु।”

त्यसपछि दोषी महसुस गर्नु कत्तिको उचित छ, जाँच्नुहोस्‌। एउटा किताबe यसो भन्छ, “पछि माफी माग्ने मौका पाइँदैन भन्‍ने कुरा थाह नभएकोमा आफैलाई दोष दिन मिल्दैन। पछि गएर माफी माग्नुपर्ने कुरा भन्‍न वा गर्न कहिल्यै हुँदैन भन्‍ने सोचाइ राख्नु व्यावहारिक होइन।”—बाइबल सिद्धान्त: अय्यूब १०:१.

आफ्नो ख्याल राख्नुहोस्‌। पर्याप्त आराम गर्नुहोस्‌, व्यायाम गर्नुहोस्‌ र पोसिलो खानेकुरा खानुहोस्‌। यदि तपाईंलाई खाना खान मन लाग्दैन भने खानाको साटो अरू नै केही स्वस्थकर खाजा समय-समयमा खाइरहनुहोस्‌। खानामा रुचि नजागेसम्म यसो गरिरहनुहोस्‌। तर आफ्नो पीडा कम गर्न अस्वस्थकर खानेकुरा वा रक्सीको सहारा लिनुभयो भने यसले अवस्थालाई झनै जटिल बनाउँछ।

प्रार्थनामार्फत ईश्‍वरसँग कुराकानी गर्नुहोस्‌। बाइबल भन्छ: “तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सह्‍माल्नुहुनेछ।” (भजन ५५:२२) प्रार्थना केवल मनोशान्ति पाउनको लागि गरिने कुरा होइन। प्रार्थना ‘हाम्रा सबै सङ्‌कष्टहरूमा सान्त्वना दिनुहुने’ ईश्‍वरसँग गरिने वास्तविक कुराकानी हो।—२ कोरिन्थी १:३, ४.

ईश्‍वरले शोकमा डुबेकाहरूलाई सान्त्वना दिनुहुने एउटा माध्यम उहाँको वचन बाइबल हो। मरेका व्यक्‍तिहरूको साँचो अवस्था र पुनर्जीवनको आशाबारे बाइबलले के सिकाउँछ बुझ्न चाहनुहुन्छ कि?f—बाइबल सिद्धान्त: भजन ९४:१९.

a यसपछिको लेखमा डेमी, डेरिक र जिनीबारे अझ धेरै पढ्‌न सक्नुहुन्छ।

b यो लेख विशेषगरि आमा वा बुबाको मृत्युको विषयमा भए तापनि यसमा छलफल गरिएका सिद्धान्तहरू दाजुभाइ या दिदीबहिनी वा साथीको मृत्यु हुँदा पनि लागू हुन्छ।

c हेल्पिङ टिन्स कोप विथ डेथ

d द ग्रिभिङ टिन

e द ग्रिभिङ टिन

f युवा जनहरूका प्रश्‍न तथा त्यसको उपयोगी जवाफ, खण्ड १ किताबको अध्याय १६ हेर्नुहोस्‌। यो प्रकाशन www.jw.org/ne मा निश्‍शुल्क डाउनलोड गर्न सक्नुहुन्छ। प्रकाशनहरू अन्तर्गत हेर्नुहोस्‌।

मूल शास्त्रपद

  • “मित्र चाहिं ता दाजुभाइभन्दा पनि नजिकको हुन्छ।”—हितोपदेश १८:२४.

  • “म मेरो मनको पीरमा बोल्नेछु।”—अय्यूब १०:१.

  • “मेरो मनमा ज्यादा फिक्री हुँदा तपाईंका [ईश्‍वरका] सान्त्वनाहरूले मलाई आनन्दित तुल्याउँछन्‌।”—भजन ९४:१९.

अरूलाई मदत दिनुहोस्‌

“म र मेरो परिवार यहोवाका साक्षी हौं। केही वर्षअघि हामीले चिनेका दुई साना बच्चाहरूले आफ्नी आमालाई क्यान्सरको कारण गुमाउनुपऱ्‍यो। त्यतिखेर तिनीहरू ६ वर्ष र ३ वर्षका मात्र थिए। झन्डै १७ वर्षअगाडि बुबाको मृत्यु हुँदा म र मेरी बहिनी लगभग त्यही उमेरका थियौं।

“आमा, बहिनी, भाइ र म मिलेर त्यो परिवारलाई मदत गर्ने निर्णय गऱ्‍यौं। उनीहरूलाई हाम्रो घरमा बोलाउंथ्यौं र मनको व्यथा पोखाउन दिन्थ्यौं। उनीहरूसँगै समय बिताउँथ्यौं। उनीहरूसँग खेल्न, उनीहरूको कुरा सुन्‍न, उनीहरूलाई सल्लाह दिन र चाहिने सबै मदत गर्न तयार हुन्थ्यौं।

“आमा वा बुबाको मृत्यु हुँदा पृथ्वी नै उल्टे जस्तो लाग्छ र त्यो घाउ सजिलै निको हुँदैन। समयको अन्तरालमा अलि सजिलो त हुन्छ तर आमा वा बुबाको अभावले बेलाबेलामा सताइरहन्छ। त्यो शोकसन्तप्त परिवार कस्तो अवस्थामा गुज्रिरहेको थियो भनेर मलाई थाह थियो। त्यस्तो गाह्रो अवस्थामा हाम्रो परिवारले उनीहरूलाई मदत दिन सकेकोमा धेरै खुसी लाग्छ। त्यसरी मदत दिंदा हामी उनीहरूसँग नजिक हुन सक्यौं र परिवारमा पनि एकअर्कासँग घनिष्ठ भयौं।”—डेमी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने