प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 सङ्‌ख्या ३ पृ. १६
  • समुद्री अटरको भुत्ला

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समुद्री अटरको भुत्ला
  • ब्यूँझनुहोस्‌!—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१७
ब्यूँझनुहोस्‌!—२०१७
g17 सङ्‌ख्या ३ पृ. १६
समुद्री अटर

सृष्टि या संयोग?

समुद्री अटरको भुत्ला

चिसो पानीमा बस्ने थुप्रै स्तनधारी जीवहरूमा बोसोको बाक्लो पत्र हुन्छ जसले उनीहरूलाई न्यानो बनाउँछ। तर समुद्री अटर भने आफ्नो शरीर न्यानो बनाउन अर्कै कुरामा भर पर्छ—शरीरको बाक्लो भुत्लामा।

विचार गर्नुहोस्‌: समुद्री अटरको भुत्ला अरू सबै स्तनधारी जीवको भन्दा बाक्लो हुन्छ। यिनीहरूको शरीरको प्रति वर्ग इन्चमा लगभग १० लाख रौं हुन्छ। पौडी खेल्दा यसको भुत्लाले आफ्नो शरीरनजिकै भएको हावा सञ्चय गर्छ। यो हावाले अटरको शरीरलाई चिसो पानीले सिधै छुनदेखि र शरीरको तापक्रम घट्‌नदेखि जोगाउँछ।

वैज्ञानिकहरू समुद्री अटरको भुत्लाबाट पाठ सिक्न सक्ने कुरा बताउँछन्‌। उनीहरूले कृत्रिम तरिकामा बनाइएको भुत्लाको लम्बाइ र भुत्लाहरूबीचको दूरीमा फेरबदल गरेर थुप्रै अनुसन्धान गरिसके। उनीहरूका अनुसार “भुत्ला जति लामो र बाक्लो भयो भुत्लाहरू भएको सतह त्यति नै सुक्खा हुन्छ।” साँच्चै, समुद्री अटरको भुत्ला विशेष छ!

अनुसन्धानकर्ताहरू आफ्नो यस अध्ययनको मदतद्वारा पानी नछिर्ने आधुनिक डिजाइनका लुगाहरू बनाउन लागिपरेका छन्‌। जसको कारण चिसो पानीमा डुबुल्की मार्नुपर्ने गोताखोरहरूको लागि पनि समुद्री अटरको जस्तै बाक्लो भुत्ला भएको स्विमिंग सूट बनाउन सकिन्छ भनी कोही-कोही सोच्ने गर्छन्‌।

तपाईंको विचार कस्तो छ? शरीर न्यानो बनाउन मदत गर्ने समुद्री अटरको भुत्ला क्रमविकासको उपज हो या सृष्टि?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने