प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 No. ५ pp. ८-९
  • ऊर्जाको खपत कसरी कम गर्न सक्छौं?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ऊर्जाको खपत कसरी कम गर्न सक्छौं?
  • ब्यूँझनुहोस्‌!—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो घर
  • यातायात
  • दैनिक क्रियाकलाप
  • जीवहरूको ऊर्जा व्यवस्थापन गर्ने क्षमता
    सृष्टि या संयोग
  • हामी यहोवालाई केही दिन सक्छौं
    हाम्रो राज्य सेवकाई—२००८
ब्यूँझनुहोस्‌!—२०१७
g17 No. ५ pp. ८-९
थर्मोस्टेटको तापक्रम कम गर्दै

ऊर्जाको खपत कसरी कम गर्न सक्छौं?

घर न्यानो वा चिसो राख्न होस्‌, सवारी साधन चलाउन होस्‌ या अरू दैनिक क्रियाकलाप गर्न हामी ऊर्जामा निर्भर छौं। तर अहिले संसारभरि मानिसहरू ऊर्जा सङ्‌कटको सामना गर्दैछन्‌।

दक्षिण अफ्रिकाका ग्यारीको लागि “आकासिंदै गइरहेको इन्धनको मूल्य” ठूलो चिन्ताको विषय हो। फिलिपिन्सकी जेनिफर “छिनछिनमा भइरहने लोडसेडिङ्‌गले” गर्दा दिक्क छिन्‌। त्यसैले तिनी यसको भरपर्दो विकल्प खोज्दै छिन्‌। एल साल्भाडोरका फर्नान्डोको मुख्य चासोको विषय “पर्यावरणमा परेको असर” हो। विश्‍वको विभिन्‍न ठाउँमा ऊर्जा उत्पादनका स्रोतले वातावरणलाई प्रदूषित बनाइरहेको छ।

त्यसैले तपाईंको मनमा पनि यस्तो प्रश्‍न उठ्‌छ होला, ‘म कसरी ऊर्जाको खपत कम गर्न सक्छु?’

हामी सबैले ऊर्जाको उचित प्रयोग गर्न सक्छौं। ऊर्जाको खपत कम गर्दा र उचित तरिकाले प्रयोग गर्दा हाम्रै फाइदा हुन्छ। ऊर्जाको खपत कम गर्दा खर्च जोगाउन सक्छौं। यसो गर्दा वातावरण संरक्षणमा पनि टेवा पुग्छ र बढ्‌दो ऊर्जाको मागलाई केही हदसम्म कम गर्न सकिन्छ।

ऊर्जाको खपत कम गर्न सक्ने तीन वटा क्षेत्र विचार गरौं: हाम्रो घर, यातायात र दैनिक क्रियाकलाप।

हाम्रो घर

हिटर वा कुलर जस्ता उपकरणको प्रयोग सक्दो कम गर्नुहोस्‌। एउटा युरोपेली देशमा गरिएको अध्ययनअनुसार तापक्रम नियन्त्रण गर्ने उपकरण थर्मोस्टेटलाई जाडो मौसममा कोठामा चाहिने तापक्रमभन्दा २ डिग्री मात्र कम गरेर राख्दा ऊर्जाको खपत निकै कम हुन्छ। यो तरिका ऊर्जाको खपत कम गर्ने सबैभन्दा प्रभावकारी तरिका मानिएको थियो। क्यानाडामा बस्ने डेरेक भन्छन्‌, “जाडो मौसममा हिटर वा आगो बाल्नुको साटो न्यानो लुगा लगाएर हामी ऊर्जाको बचत गर्छौं।”

त्यही कुरा गर्मी मौसममा पनि लागू हुन्छ। फिलिपिन्सका रोडोल्फोले एयर कन्डिसनरको प्रयोग कम गर्न थर्मोस्टेटको सेटिङ्‌ग राम्रोसँग मिलाउने गर्छन्‌। किन? तिनी भन्छन्‌, “यसो गर्दा पैसाको बचत हुन्छ अनि ऊर्जाको खपत पनि कम हुन्छ।”

हिटर वा कुलर प्रयोग गरेर कोठालाई चिसो वा न्यानो बनाउँदै हुनुहुन्छ भने झ्याल ढोका बन्द गर्नुहोस्‌।a कोठाको चिसो वा तातो हावालाई बाहिर जान नदिएर ऊर्जाको खपत कम गर्न सक्छौं। उदाहरणको लागि, जाडो मौसममा घरको ढोका खुल्लै राख्यौं भने पूरै घर न्यानो बनाउन निकै ऊर्जा खपत हुन्छ।

केहीले झ्याल र ढोका बन्द राख्नुको अलावा अन्य तरिकाहरू पनि अपनाउँछन्‌। जस्तै: घरलाई न्यानो राख्न भित्ता वा सिलिङ्‌गमा फम वा प्लाई राख्ने, विशेष किसिमको झ्यालहरू प्रयोग गर्ने। यसरी घरमा ऊर्जाको खपत कम गर्न सकिन्छ।

ऊर्जा कम खपत गर्ने खालका बत्तीहरू प्रयोग गर्नुहोस्‌। जेनिफर अझै यसो भन्छिन्‌, “हामीले बिजुली धेरै खपत गर्ने पुराना बत्तीहरू प्रयोग गर्नुको साटो बिजुली कम खपत गर्ने खालका नयाँ बत्तीहरू जडान गऱ्‍यौं।” यस्ता नयाँ बत्तीहरू सुरुमा किन्‍न त महँगो हुन सक्छ तर तिनीहरूले कम बिजुली खपत गर्ने भएकोले बिजुलीको पैसा कम उठ्‌छ।

यातायात

सम्भव छ भने सार्वजनिक यातायात प्रयोग गर्नुहोस्‌। बेलायतका एन्ड्रिउ भन्छन्‌, “काममा जाँदा सकेसम्म ट्रेन वा साइकल प्रयोग गर्छु।” एउटा किताबमाb यस्तो लेखिएको थियो, “सार्वजनिक गाडी चढ्‌ने अनि छोटो दूरीको ट्रेन चढ्‌ने यात्रुले भन्दा निजी सवारी साधन चढ्‌ने व्यक्‍तिले कम्तीमा तीन गुणा बढी ऊर्जा खपत गरिरहेको हुन्छ।”

आफ्नो यात्राको योजना राम्ररी बनाउनुहोस्‌। यात्राको योजना पहिल्यै राम्रोसँग बनाउनुभयो भने अनावश्‍यक ठाउँमा जानुपर्ने छैन। यसले गर्दा ऊर्जाको खपत कम गर्न सक्नुहुन्छ साथै आफ्नो समय र पैसा पनि जोगाउन सक्नुहुन्छ।

फिलिपिन्सका जेथ्रो प्रत्येक महिना आफ्नो गाडीको लागि कति इन्धन खर्च गर्ने भनेर पहिल्यै छुट्याउँछन्‌। उनी भन्छन्‌, “यसो गर्दा यात्राको लागि अझै राम्ररी योजना बनाउन सकेको छु।”

दैनिक क्रियाकलाप

तातो पानीको प्रयोग कम गर्नुहोस्‌। एउटा अध्ययनअनुसार “अस्ट्रेलियाको सहरहरूमा खपत हुने कुल ऊर्जाको औसत १.३ प्रतिशत ऊर्जा घरमा पानी तताउन मात्र प्रयोग हुन्छ। यसको मतलब घरमा दैनिक क्रियाकलापको लागि प्रयोग हुने कुल ऊर्जाको २७ प्रतिशत घरमा पानी तताउन प्रयोग हुन्छ।”

पानी तताउँदा ऊर्जाको खपत धेरै हुने भएकोले तातो पानी कम प्रयोग गरेर ऊर्जाको बचत गर्न सक्छौ। दक्षिण अफ्रिकाका भिक्टर यसो भन्छन्‌, “हामी नुहाउँदा तातो पानी सकेसम्म कम प्रयोग गर्छौं।” एक वैज्ञानिक स्टेभन केन्वेका अनुसार, “तातो पानी कम प्रयोग गर्दा सबैतिर फाइदा हुन्छ। यसो गर्दा ऊर्जा र पानीको बचत हुन्छ, घरेलु कामकाजको लागि चाहिने ऊर्जाको माग कम हुन्छ अनि . . . पैसा पनि जोगिन्छ।”

इलेक्ट्रोनिक उपकरणहरू प्रयोग गरिसकेपछि बन्द गर्नुहोस्‌। टि.भी, कम्प्युटरजस्ता इलेक्ट्रोनिक उपकरणहरू अनि बत्ती प्रयोग गरिसकेपछि बन्द गर्न नबिर्सनुहोस्‌। कहिलेकाहीं बन्द गरे तापनि कतिपय इलेक्ट्रोनिक उपकरणहरू बिजुलीको स्रोतमा जोडिराख्दा ऊर्जा खपत भइरहेको हुन्छ। त्यसैले विज्ञहरू ऊर्जाको खपत कम गर्न इलेक्ट्रोनिक उपकरणहरू प्रयोग गरिसकेपछि तिनीहरूलाई बिजुलीको स्रोतबाट छुटाउन सल्लाह दिन्छन्‌। माथि उल्लेख गरिएका फर्नान्डोले यसै गर्छन्‌। तिनी भन्छन्‌, “म बत्तीहरू बन्द गर्छु र प्रयोग नभएका उपकरणहरूलाई बिजुलीको स्रोतबाट छुटाउँछु।”

हुन त हामी एक जनाले मात्रै ऊर्जाको मूल्य घटाउन वा ऊर्जा उत्पादन गर्दा वातावरणलाई पर्ने असर नियन्त्रण गर्न त सक्दैनौं होला। तर हामीले ऊर्जाको सदुपयोग गर्न भने अवश्‍य सिक्न सक्छौं। संसारभरि थुप्रै मानिस यसो गर्ने प्रयास गर्दै छन्‌। हुन त ऊर्जाको खपत कम गर्न प्रयास र योजना चाहिन्छ तर यसका थुप्रै फाइदा छन्‌। मेक्सिकोकी भलेरिया भन्छिन्‌, “म पैसासँगै वातावरण पनि जोगाउँदै छु।”

a न्यानो वा चिसो बनाउने उपकरण सुरक्षित तरिकाले प्रयोग गर्न कम्पनीले दिएको निर्देशन राम्ररी पालन गर्नुहोस्‌। उदाहरणको लागि, केही उपकरणहरू प्रयोग गर्न हावा पास हुनेगरि झ्याल ढोका खोल्नुपर्ने वा कुनै खास निर्देशन पछ्याउनुपर्ने हुन सक्छ।

b Energy: What Everyone Needs to Know

के तपाईंलाई थाह थियो?

बुद्धिमानी भई स्रोत साधनहरूको प्रयोग गर्ने सन्दर्भमा बाइबलमा मदतकारी सिद्धान्तहरू पाइन्छन्‌।

  • यूहन्‍ना ६:१२: येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “उब्रेका टुक्राटाक्री बटुल र केही पनि खेर नजाओस्‌।”

अनावश्‍यक रूपमा केही खेर जान नदिन तपाईं के गर्न सक्नुहुन्छ?

  • फिलिप्पी २:४: “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”

तपाईंको क्रियाकलापले तपाईंको छिमेकी र टोललाई कसरी असर गर्न सक्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने