प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g17 No. ५ p. १६
  • समुद्री कौडीको आकार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समुद्री कौडीको आकार
  • ब्यूँझनुहोस्‌!—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१७
  • जैविक प्रकाश
    सृष्टि या संयोग
  • तपाईं प्रकृतिमा उद्देश्‍यपूर्ण डिजाइन देख्न सक्नुहुन्छ
    ब्यूँझनुहोस्‌!—२००३
  • डायाबोलिकल आइरनकल्याड गोब्रे किराको खपटा
    सृष्टि या संयोग
ब्यूँझनुहोस्‌!—२०१७
g17 No. ५ p. १६
समुद्री कौडी

सृष्टि या संयोग?

समुद्री कौडीको आकार

समुद्रको पिंधमा पानीको अत्यधिक दबाबको बाबजुद समुद्री मोलस्का जीवित हुन्छ। कौडीले त्यसभित्र रहने मोलस्कालाई सुरक्षित राख्छ। कौडीको यस्तो क्षमताको रहस्य बुझ्न इन्जिनियरहरूले यसको आकार र बनौट अध्ययन गरे। तिनीहरू यस्तै सुरक्षा दिन सक्ने सवारी साधन र घरहरू डिजाइन गर्न सकिन्छ कि भनेर विचार गर्दै छन्‌।

विचार गर्नुहोस्‌: इन्जिनियरहरूले दुई किसिमको आकार भएको कौडीको अध्ययन गरे—दुईवटा खपटा भएको (Bivalve) अनि पेचकिला आकारको (Spiral)।

इन्जिनियरहरूले दुईवटा खपटा भएको कौडीमा दबाब दिएर हेरे। त्यसको बाहिरी बनौटको कारण दबाब खपटाको छेउतिर सरेको थियो। अर्कोतर्फ, पेचकिला आकारको कौडीमा भने दबाब त्यसको बीचको फराकिलो भागमा सरेको थियो। दुवै अवस्थामा दबाब सबैभन्दा बलियो भागतिर सरेको थियो। मतलब कौडीमा क्षति भइहाल्यो भने पनि भित्र रहेको मोलस्का सुरक्षित रहन सक्छ।

अनुसन्धानकर्ताहरूले कौडीमा र 3-D प्रिन्टरबाट बनाइएको कौडी जस्तै आकारको वस्तुमा लगाइएको दबाब तुलना गरेर हेरे। नतिजा के भयो? कौडीले दोब्बर दबाबको सामना गर्न सक्यो।

यो अनुसन्धानबारे टिप्पणी गर्दै एउटा पत्रिकाa यसो भन्छ: “कौडीको जस्तै आकारको गाडी बन्यो भने यो आकर्षक र सुरक्षित दुवै हुनेछ।”

तपाईंको विचार कस्तो छ? समुद्री कौडीको आकार क्रमविकासको उपज हो या सृष्टि?

a Scientific American

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने