प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g19 सङ्‌ख्या २ पृ. ८-९
  • समस्याको सामना गर्न सिकाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समस्याको सामना गर्न सिकाउनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • समस्याको सामना गर्नु भनेको के हो?
  • समस्याको सामना गर्नु किन महत्त्वपूर्ण छ?
  • समस्याको सामना गर्न कसरी सिकाउने?
  • म कत्तिको समस्या सामना गर्न सक्छु?
    युवाहरू सोध्छन्‌
  • बच्चाहरूलाई असफलतासँग जुझ्न कसरी मदत गर्ने?
    परिवारका लागि
  • छोराछोरीलाई नम्र हुन सिकाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१७
  • छोराछोरीलाई लगनशील हुन सिकाउनुहोस्‌
    परिवारका लागि
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१९
g19 सङ्‌ख्या २ पृ. ८-९
केक राम्रो नबन्दा निराश भएकी छोरीलाई मदत गर्दै

पाठ ३

समस्याको सामना गर्न सिकाउनुहोस्‌

समस्याको सामना गर्नु भनेको के हो?

समस्याको सामना गर्न सक्ने व्यक्‍ति कठिनाइ अनि निराशाको बाबजुद हार नमानी अघि बढिरहन सक्छ। यस्तो क्षमता अनुभवबाट मात्र विकास हुन्छ। दुई-चार पटक लडेपछि मात्र बच्चा राम्रोसँग हिँड्‌न सिकेझैँ केही समस्याहरू भोगेपछि मात्र छोराछोरीले त्यसको सामना गर्न सिक्छन्‌।

समस्याको सामना गर्नु किन महत्त्वपूर्ण छ?

असफल हुँदा, गाह्रो अवस्थामा पर्दा वा अरूले गिल्ला गर्दा केही केटाकेटीहरू निराश हुने गर्छन्‌। कतिपयले त हरेस खान्छन्‌। तर छोराछोरीहरूले निम्न तथ्यहरू बुझ्नु महत्त्वपूर्ण छ:

  • सधैँ सफलता हात लाग्छ भन्‍ने छैन।—याकुब ३:२.

  • समस्या नहुने कोही हुँदैन।—उपदेशक ९:११.

  • गल्ती सुधार्ने व्यक्‍तिले धेरै कुरा सिक्छ।—हितोपदेश ९:९.

समस्याहरूको सामना गर्न सिक्दा छोराछोरीले जीवनमा आइपर्ने अरू चुनौतीहरू सजिलै पार गर्न सक्नेछन्‌।

समस्याको सामना गर्न कसरी सिकाउने?

छोराछोरी असफल हुँदा

बाइबलको सिद्धान्त: “धर्मी मानिस सात पल्ट लड्यो भने पनि फेरि उठ्‌नेछ।”—हितोपदेश २४:१६.

समस्या गम्भीर छ कि छैन भनेर बुझ्न छोराछोरीलाई मदत गर्नुहोस्‌। उदाहरणको लागि, जाँचमा फेल हुँदा तिनलाई कस्तो लाग्छ? तिनले हार मानेर यसो भन्छन्‌ कि: “मलाई त केही पनि आउँदैन।”

कहाँ सुधारको आवश्‍यकता छ औँल्याइदिनुहोस्‌ र त्यो समस्या सामना गर्ने तरिका सोच्न लगाउनुहोस्‌। यसो गर्दा पछि समस्या आउँदा त्यसको सिकार हुनुको साटो तिनले समाधानको बाटो खोज्नेछन्‌।

छोराछोरीको समस्या समाधान गरिदिनुको साटो तिनीहरूलाई समाधानको बाटो आफै पत्ता लगाउन मदत गर्नुहोस्‌। छोराछोरीलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌, “आफूलाई गाह्रो लाग्ने विषय अझ राम्ररी बुझ्न तिमी के गर्न सक्छौ?”

समस्याहरू आइपर्दा

बाइबलको सिद्धान्त: “तिमीहरूको जीवनमा भोलि के हुने हो, त्यो तिमीहरूलाई थाह छैन।” —याकुब ४:१४.

जीवनले कस्तो मोड लिन्छ कसैलाई थाह हुँदैन। आज धनी मान्छे भोलि गरिब हुन सक्छ; आज हट्टाकट्टा व्यक्‍ति भोलि बिरामी पर्न सक्छ। बाइबल यसो भन्छ, “वेग कुदाइले सधैँ दौड जितिँदैन, वीरताले सधैँ विजय प्राप्त हुँदैन, . . . किनभने कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्‌न सक्छ, जसलाई टारेर टार्न सकिँदैन।”—उपदेशक ९:११.

आमाबुबा भएकोले तपाईँ आफ्नो छोराछोरीलाई खतराहरूदेखि जोगाउन सके जति गर्नुहुन्छ। तर सधैँ यसो गर्न सम्भव हुँदैन।

हुनत तपाईँको छोराछोरीले अहिले आफ्नो जागिर गुमाउनु पर्ने वा आर्थिक कठिनाइ भोग्नुपर्ने जस्ता समस्याहरूको सामना गर्नुपर्दैन होला। तर तपाईँ तिनलाई अरू समस्याहरूको सामना गर्न मदत गर्न सक्नुहुन्छ, जस्तै: आफूलाई मनपर्ने साथीसितको मित्रता टुट्‌दा वा परिवारको कुनै सदस्यको मृत्यु हुँदा।a

छोराछोरीले सल्लाह पाउँदा

बाइबलको सिद्धान्त: “सल्लाह सुन . . . तब तिमी बुद्धिमान्‌ हुनेछौ।”—हितोपदेश १९:२०.

कसैबाट सल्लाह पाउँदा त्यसलाई आफ्नो कमीकमजोरी सुधार्ने मौकाको रूपमा लिनुपर्छ। सल्लाह दिने व्यक्‍तिले हेप्दै छ भनेर सोच्नुहुँदैन।

छोराछोरीलाई सल्लाह स्विकार्न सिकाउँदा तपाईँ अनि छोराछोरी दुवैलाई फाइदा हुन्छ। जोन नाम गरेको एक जना बुबा यसो भन्छन्‌, “छोराछोरीको गल्ती सच्याएनौँ भने तिनीहरूले कहिल्यै आफ्नो गल्तीबाट पाठ सिक्दैनन्‌। तिनीहरूले एक पछि अर्को गल्ती गर्दै जानेछन्‌ र तपाईँले त्यसको क्षति बेहोर्दै जानु पर्नेछ। यसले गर्दा आमाबुबा र छोराछोरी दुवैको जीवनमा निराशा छाउँछ।”

सल्लाहबाट लाभ उठाउन तपाईँ छोराछोरीलाई कसरी मदत गर्न सक्नुहुन्छ? छोराछोरीले स्कुल वा अरू कुनै ठाउँबाट सल्लाह पाउँदा यो सल्लाह काम लाग्दैन भन्‍नुको साटो तपाईँ तिनीहरूलाई यस्तो प्रश्‍न सोध्न सक्नुहुन्छ:

  • “यो सल्लाह किन दिइयो?”

  • “आफूलाई कसरी सुधार्न सकिन्छ?”

  • “पछि यस्तै अवस्थामा पर्दा तिमी के गर्न सक्छौ?”

सल्लाहले तपाईँको छोराछोरीलाई अहिले मात्र होइन वयस्क भइसकेपछि पनि मदत गर्नेछ भनेर नबिर्सनुहोस्‌।

a जुलाई १, २००८ को प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) प्रकाशित “छोराछोरीलाई शोकको सामना गर्न मदत गर्नुहोस्‌” भन्‍ने लेख हेर्नुहोस्‌।

केक राम्रो नबन्दा निराश भएकी छोरीलाई मदत गर्दै

अहिल्यैदेखि सिकाउनुहोस्‌

आफ्नो गल्तीबाट पाठ सिक्ने र हार नमान्‍ने केटाकेटी पछि लगनशील भएर नयाँ सिप सिक्न सक्छन्‌ र त्यसमा निपुण हुनेछन्‌

आफ्नो उदाहरणबाट सिकाउनुहोस्‌

  • के म आफ्नो गल्ती स्विकार्छु वा अरूलाई दोष दिन्छु?

  • के म आफूले गरेको गल्ती र त्यसबाट सिकेको पाठ छोराछोरीलाई बताउने गर्छु?

  • अरूले गल्ती गर्दा के म तिनीहरूको खिल्ली उडाउँछु?

हामीले यसो गऱ्‍यौँ . . .

“जवान छँदा समस्याहरूको सामना गर्न सिकेकोले म परिपक्व हुन सकेँ। त्यसैले छोराछोरीले सामना गर्ने हरेक चुनौती वा समस्याहरू हामी आफैले सुल्झाएनौँ। मेरो विचारमा छोराछोरीलाई पुल्पुल्याएनौँ भने तिनीहरू पछि गएर सन्तुलित अनि परिपक्व हुन सक्छन्‌।”—जेफ

“कुनै कुराले छोराहरूको चित्त दुखाएका छौँ भने म र मेरी पत्नी सँधै तिनीहरूसित माफी माग्ने गर्छौँ। आमाबुबाले आफ्नो गल्ती अनि कमीकमजोरी छोराछोरीलाई बताउनुपर्छ जस्तो मलाई लाग्छ। यसो गर्दा तिनीहरूले गल्ती सबैबाट हुन्छ भनेर बुझ्न सक्छन्‌।”—जेम्स

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने