प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 सङ्‌ख्या ३ पृ. १२-१३
  • प्रेम देखाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेम देखाउनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • समस्या
  • बाइबल सिद्धान्त
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • पूर्वाग्रहमाथि विजय हासिल गरेकाहरू
    ब्यूँझनुहोस्‌!—२०२०
  • पूर्वाग्रह—के तपाईँमा विकास भएको छ?
    ब्यूँझनुहोस्‌!—२०२०
  • म अन्यायविरुद्ध लड्‌न चाहन्थेँ
    बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • पूर्वाग्रहका मूल कारणहरू
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 सङ्‌ख्या ३ पृ. १२-१३
एक भारतीय महिला युरोपेली मुलुककी एक वृद्ध महिलालाई खानेकुराको झोला बोकिदिएर भऱ्‍याङ चढ्‌न मदत गर्दै छिन्‌।

प्रेम देखाउनुहोस्‌

समस्या

पूर्वाग्रही भावना तुरुन्तै बिलाएर जाँदैन। जसरी शरीरमा भाइरस फैलिएपछि निको हुन समय र प्रयास चाहिन्छ, त्यसैगरि पूर्वाग्रही भावना हटाउन पनि समय र प्रयास चाहिन्छ। आफूमा भएको पूर्वाग्रही भावना हटाउन तपाईँ के गर्न सक्नुहुन्छ?

बाइबल सिद्धान्त

तस्बिरहरूको सङ्‌गालो: १. एसियाका एक व्यक्‍ति कफि लिएर आएका काला जातिका व्यक्‍तिको लागि ढोका खोलिदिन्छन्‌। २. त्यही काला जातिका व्यक्‍ति आफ्ना सहकर्मीहरूलाई कफि बाँड्‌छन्‌, त्यहाँ अघि उल्लेख गरिएकी भारतीय महिला पनि छिन्‌।

“प्रेम धारण गर किनकि यो मानिसहरूलाई एकतामा पूर्ण रूपमा गाँस्ने बन्धन हो।”—कलस्सी ३:१४.

यसबाट के सिक्न सक्छौँ? अरूको लागि केही गरिदिँदा उनीहरू हामीसित नजिकिन्छन्‌। हामी जति धेरै प्रेम देखाउँछौँ पूर्वाग्रही भावना त्यति नै हराउँदै जान्छ। अरूलाई प्रेम गर्न सिक्यौँ भने उनीहरूप्रतिको नकारात्मक भावना कम हुँदै जानेछ।

तपाईँ के गर्न सक्नुहुन्छ?

तस्बिरहरूको सङ्‌गालो: १. युरोपेली मुलुककी एक वृद्ध महिलालाई एक भारतीय महिलाले खानेकुराको झोला बोकिदिएर भऱ्‍याङ चढ्‌न मदत गर्दै छिन्‌। २. युरोपेली मुलुककी एक वृद्ध महिला अघि उल्लेख गरिएका एसियाका व्यक्‍तिलाई कुकिज दिन्छिन्‌।

तपाईँको मनमा कुनै समूहप्रति नकारात्मक भावना आएको हुन सक्छ। त्यस समूहका मानिसहरूलाई प्रेम देखाउन सकिने केही खास तरिकाबारे सोच्नुहोस्‌। यस्ता कामहरू गर्न विस्तृत योजना बनाउनुपर्छ भन्‍ने छैन। तल उल्लेख गरिएका कामहरू गर्न कोसिस गर्नुहोस्‌:

प्रेम देखाउन गर्नुहुने प्रत्येक सानो कामले तपाईँलाई पूर्वाग्रही भावनाबाट अलग हुन मदत गर्नेछ

  • उनीहरूले खोजेको ठेगाना देखाइदिएर वा सार्वजनिक सवारी साधनमा सिट छोडिदिएर उनीहरूसित राम्रो व्यवहार गर्नुहोस्‌।

  • उनीहरूले तपाईँको भाषा राम्रोसित बोल्न नसके तापनि उनीहरूसित कुराकानी गर्नुहोस्‌।

  • उनीहरूले अनौठो व्यवहार गर्दा धीरजी हुनुहोस्‌।

  • उनीहरूले आफ्ना समस्याहरूबारे बताउँदा समानुभूति देखाउनुहोस्‌।

सत्य घटना: नाजेरी (गिनीबिसाउ)

“मेरो मनमा कुनै समय आप्रवासीहरूप्रति पूर्वाग्रही भावना थियो। तिनीहरू सरकारबाट पैसा वा अन्य सहयोग पाउन झूट बोल्छन्‌ र तिनीहरूमध्ये धेरैजसो आपराधिक गतिविधिमा संलग्न हुन्छन्‌ भनेर मैले सुनेकी थिएँ। यसले गर्दा मलाई तिनीहरूसित मित्रैलो व्यवहार गर्न गाह्रो लाग्थ्यो। तैपनि मलाई आफूले पूर्वाग्रही भावना राखेको जस्तो लाग्दैनथ्यो किनकि आप्रवासीहरूलाई धेरैजसो मानिसहरूले त्यस्तै दृष्टिकोणले हेर्थे।

“समय बित्दै जाँदा आप्रवासीहरूप्रति मैले राखेको त्यस्तो नकारात्मक दृष्टिकोण वास्तवमा पूर्वाग्रह हो भन्‍ने महसुस गरेँ। बाइबलबाट पाएको व्यावहारिक शिक्षाबाट मैले तिनीहरूसित मायालु व्यवहार गर्न मदत पाएकी छु। अहिले म तिनीहरूलाई पहिलाजस्तो बेवास्ता गर्दिनँ बरु अभिवादन गर्छु र तिनीहरूसित कुराकानी गर्छु। म तिनीहरू प्रत्येकलाई राम्रोसित चिन्‍ने कोसिस गर्छु। अहिले म तिनीहरूप्रति सकारात्मक भएकी छु र तिनीहरूसित निकै सजिलो महसुस गर्छु।”

“म अन्यायविरूद्ध लड्‌न चाहन्थेँ”

राफिका मोरिस।

अन्यायविरूद्ध लड्‌न राफिका बहिनी एउटा क्रान्तिकारी समूहको सदस्य बनिन्‌। तर यहोवाका साक्षीहरूको अधिवेशनमा उपस्थित भएपछि तिनले आफूले खोजिरहेको एकता पाइन्‌।

राफिका मोरिस: म अन्यायविरूद्ध लड्‌न चाहन्थेँ भिडियो हेर्नुहोस्‌। jw.org/ne मा यो भिडियो खोज्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने