प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g23 No. १ pp. ३-५
  • स्वच्छ पानी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वच्छ पानी
  • ब्यूँझनुहोस्‌!—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्वच्छ पानीको अभाव
  • कहिल्यै नाश नहुनेगरि बनाइएको ग्रह—पृथ्वी
  • सुधारका प्रयासहरू
  • बाइबलमा कस्तो आशा पाउँछौँ?
  • सफा पानीको विश्‍वव्यापी अभावबारे बाइबल के भन्छ?
    थप लेखहरू
ब्यूँझनुहोस्‌!—२०२३
g23 No. १ pp. ३-५
एक स्त्री अँजुलीमा स्वच्छ पानी लिँदै छिन्‌।

के पृथ्वी रहिरहला?

स्वच्छ पानी

पानी र अझ विशेषगरि स्वच्छ पानीविना जीवित रहनु असम्भव छ। भन्‍ने हो भने सबै जीवित प्राणीमा पानीको मात्रा सबैभन्दा धेरै हुन्छ। ताल, नदी, सिमसार र जमिनमुनिको पानी खानेपानीका स्रोत हुन्‌। अनि यही पानी सिँचाइको लागि पनि प्रयोग गरिन्छ।

स्वच्छ पानीको अभाव

पृथ्वीको धेरैजसो भाग पानीले ढाकिएको छ। तर विश्‍व मौसमविज्ञान सङ्‌गठनअनुसार “पृथ्वीको ०.५ % पानी मात्रै पिउन योग्य छ।” हुनत यति पानी जीवन धान्‍न पर्याप्त छ। तर पानीको बढ्‌दो माग र जलवायु परिवर्तनले गर्दा यो थोरै पानी झन्‌झनै प्रदूषित भइरहेको छ वा अपुग हुँदै गइरहेको छ। विशेषज्ञहरूका अनुसार अबको ३० वर्षभित्र ५ अरब मानिसले स्वच्छ पानी पाउनेछैनन्‌।

कहिल्यै नाश नहुनेगरि बनाइएको ग्रह—पृथ्वी

पृथ्वी यस्तो तरिकामा बनाइएको छ, जसले गर्दा यसमा पानीको अभाव कहिल्यै हुँदैन। माटो, सूर्यको किरण र पानीमा पाइने जीव तथा वनस्पतिले पानीलाई शुद्ध पार्न मदत गर्छ। पृथ्वी कहिल्यै नाश नहुनेगरि बनाइएको थियो भनेर देखाउने केही प्रमाण विचार गरौँ।

  • अनुसन्धानहरूले देखाएअनुसार पानीमा भएका थुप्रै प्रदूषित तत्त्वलाई माटोले हटाउन सक्छ। अनि सिमसारमा पाइने कुनै-कुनै बोटबिरुवाले नाइट्रोजन, फस्फोरस र कीटनाशक रसायनहरूलाई हटाउन सक्छ।

  • वैज्ञानिकहरूले प्रकृतिमा भौतिक र जैविक प्रक्रियाबाट पानी कसरी स्वच्छ भइरहन्छ भनेर पत्ता लगाएका छन्‌। तीव्र गतिमा बगिरहेको पानीमा प्रदूषणयुक्‍त तत्त्वहरू घोलिन्छन्‌ र पातलिन्छन्‌ अनि सूक्ष्म जीवहरूले ती हानिकारक तत्त्वहरूलाई नाश गरिदिन्छन्‌।

  • क्ल्याम र मसल भनिने सिपी कीराहरूले पानीमा पाइने केही हानिकारक रसायनलाई केही दिनमै हटाउन सक्छन्‌। भन्‍ने हो भने ती कीराहरूले पानी प्रशोधन केन्द्रहरूले भन्दा पानीलाई अझै राम्ररी शुद्ध पार्न सक्छन्‌।

  • जलचक्रले गर्दा पृथ्वीमा पानी सञ्चय भएर बस्छ। यो चक्र र अन्य प्राकृतिक प्रक्रियाहरूले गर्दा वाष्पीकरण भए पनि पानी वायुमण्डलबाट बाहिर जान पाउँदैन।

    के तपाईँलाई थाह थियो?

    माटो—प्राकृतिक फिल्टर

    अध्ययनहरूले देखाएअनुसार सतहको पानी जमिनमुनि जाँदा पानीमा भएका धातुहरू, विषाक्‍त रसायनहरू, जैविक फोहोरहरू र अन्य प्रदूषणहरू माटोले सोस्छ। त्यसपछि भूमिगत जलाशयमा जम्मा भएको पानी पिउन योग्य हुन्छ।

    चित्रमा माटोले कसरी फोहोर पानीलाई सफा पार्छ भनेर देखाइएको छ। वर्षाको पानी जमिनमुनि जाँदा त्यसलाई माटोका विभिन्‍न तह अनि ढुङ्‌गाहरूले स्वच्छ पार्छ र अन्ततः पानी भूमिगत जलाशयमा जम्मा हुन्छ।

    भौतिक फिल्टर

    बालुवा र ढुङ्‌गाले पानीमा भएका केही दूषित तत्त्वलाई छान्‍ने चाल्नीको काम गर्छ।

    जैविक फिल्टर

    माटोमा पाइने सूक्ष्मजीवहरूले विषाक्‍त तत्त्वहरूलाई निष्क्रिय पार्न सक्छन्‌। केही ब्याक्टेरियाले विषाक्‍त तेललाई समेत टुक्र्‌याएर कार्बन डाइअक्साइड र पानीमा परिणत गर्न सक्छन्‌।

    रासायनिक फिल्टर

    माटोमा भएको थोरै इलेक्ट्रिक चार्जले पनि विषाक्‍त रसायनहरूलाई हटाउन सक्छ। जस्तै: नेगेटिभ चार्जयुक्‍त माटोका कणहरूले पानीबाट पोजिटिभ चार्जयुक्‍त घातक अमोनियमका कणहरूलाई हटाउन सक्छ।

सुधारका प्रयासहरू

तस्बिरहरूको सँगालो: १. एक जना मानिस गाडीबाट तेल चुहिएकोले मर्मत गर्दै छन्‌। तिनले चुहिएको तेल एउटा भाँडामा थापिरहेका छन्‌। २. एक जना मानिस केमिकलको खाली भाँडो उचित तरिकामा व्यवस्थापन गर्न पुनःप्रशोधन केन्द्रमा दिँदै छन्‌।

तेल चुहावट मर्मत गरेर अनि विषाक्‍त रसायनहरू उचित तरिकामा व्यवस्थापन गरेर हामी स्वच्छ पानीका स्रोतहरूलाई दूषित हुनदेखि जोगाउन सक्छौँ

विशेषज्ञहरूले सम्भव भएसम्म जल प्रदूषण नगर्न सल्लाह दिएका छन्‌। तिनीहरूले जल प्रदूषण कम गर्न सवारीसाधनबाट तेल चुहिएको छ भने त्यसलाई मर्मत गर्न सुझाव दिएका छन्‌। साथै प्रयोग नगरिएका औषधीहरू ट्‌वाइलेटमा नफ्याँक्न र विषाक्‍त पदार्थहरू ढलमा नमिसाउन पनि सल्लाह दिएका छन्‌।

इन्जिनियरहरूले समुद्रको पानीबाट नुन हटाउने नयाँ-नयाँ विधि पत्ता लगाएका छन्‌। तिनीहरू सकेसम्म धेरै मानिसले पिउन योग्य पानी पाएको चाहन्छन्‌।

तर यति प्रयास पर्याप्त छैन। समुद्रको पानीबाट नुन हटाउने विधि व्यावहारिक देखिँदैन किनभने यो एकदमै खर्चालु हुनुका साथै यसमा धेरै उर्जा खपत हुन्छ। पानी व्यवस्थापनबारे संयुक्‍त राष्ट्र सङ्‌घको २०२१ को रिपोर्टमा यसो भनिएको थियो: “पिउन योग्य पानी उपलब्ध गराउन संसारभरि अहिले जे-जति प्रयास गरिएका छन्‌, त्यसलाई दुई गुणा बढाउनुपर्छ।”

बाइबलमा कस्तो आशा पाउँछौँ?

“परमेश्‍वर . . . समुद्रबाट पानीको बाफ उठाउनुहुन्छ र त्यसलाई बादल बनाएर लैजानुहुन्छ। अनि बादलले त्यो पानी बर्साउँछ र त्यो सबै मानिसमाथि बर्सिन्छ।”—अय्युब ३६:२६-२८.

परमेश्‍वरले बनाउनुभएका विभिन्‍न प्राकृतिक चक्रले पृथ्वीको पानी स्वच्छ बनाइरहन मदत गर्छ।—उपदेशक १:७.

सोच्नुहोस्‌ त, सृष्टिकर्ताले प्राकृतिक चक्रहरूमार्फत पानीलाई स्वच्छ बनाउन सक्नुहुन्छ भने के उहाँसित मानिसले गर्दा भएको जल प्रदूषणलाई हटाउने इच्छा र क्षमता छैन होला र? पृष्ठ १५ मा भएको “परमेश्‍वरले पृथ्वी सधैँभरि रहिरहने प्रतिज्ञा गर्नुभएको छ” भन्‍ने लेख हेर्नुहोस्‌।

थप जानकारी पाउनुहोस्‌

एकदमै ठूलो पारेर देखाइएको पानीका अणुहरू।

पानीमा जीवनलाई सम्भव बनाउने तत्त्वहरू छन्‌। jw.org मा सृष्टिका आश्‍चर्यजनक कुराले परमेश्‍वरको महिमा प्रकट गर्छ—पानी (अङ्‌ग्रेजी) भन्‍ने भिडियो हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने