प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g23 No. १ pp. ९-११
  • वनजङ्‌गल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वनजङ्‌गल
  • ब्यूँझनुहोस्‌!—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • वनजङ्‌गल खतरामा
  • कहिल्यै नाश नहुनेगरि बनाइएको ग्रह—पृथ्वी
  • सुधारका प्रयासहरू
  • बाइबलमा कस्तो आशा पाउँछौँ?
  • जङ्‌गलबाट उपलब्ध सेवाहरू—कत्तिको बहुमुल्य?
    ब्यूँझनुहोस्‌!—२००४
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०२३
ब्यूँझनुहोस्‌!—२०२३
g23 No. १ pp. ९-११
एक महिला जङ्‌गलमा भएको झोलुङ्‌गे पुलमा हिँड्‌दै छिन्‌।

के पृथ्वी रहिरहला?

वनजङ्‌गल

वनजङ्‌गललाई पृथ्वीको “फोक्सो र जीवन धान्‍ने प्रणाली” भनिन्छ र यो कुरा साँचो हो। रूखहरूले हामीलाई हानि पुऱ्‍याउने कार्बन डाइअक्साइड लिन्छन्‌ र सास फेर्नको लागि चाहिने अक्सिजन फ्याँक्छन्‌। जमिनमा पाइने वनस्पति र जीवजन्तुमध्ये लगभग ८० % वनजङ्‌गलमा आश्रित छन्‌। वनजङ्‌गलविना हामी बाँच्न सक्दैनौँ।

वनजङ्‌गल खतरामा

प्रत्येक वर्ष अरबौँ रूख काटिन्छन्‌। प्रायः खेतीपातीको लागि वनफँडानी गरिन्छ। लगभग ७५ वर्ष अघिदेखि हालसम्ममा संसारको ५० % उष्ण जङ्‌गल सखाप भइसकेको छ।

वनजङ्‌गल फँडानी गरिँदा पारिस्थितिक प्रणाली (इकोसिस्टम) बिग्रन्छ र वनजङ्‌गलमा आश्रित सबै वनस्पति तथा जीवजन्तु पनि सखाप हुन्छन्‌।

कहिल्यै नाश नहुनेगरि बनाइएको ग्रह—पृथ्वी

वनफँडानी गरिएका केही ठाउँमा रूखहरू फेरि उम्रिएका छन्‌ र ती फैलिँदै गएका छन्‌। हालै पर्यावरणविद्‌हरूले वनफँडानी गरिएका ठाउँहरूमा रूखहरू छिटो-छिटो बढेको र हराभरा भएको याद गरेका छन्‌। यो देखेर तिनीहरू छक्क परेका छन्‌। केही उदाहरण विचार गरौँ:

  • अनुसन्धानकर्ताहरूले खेतीपातीको लागि वनफँडानी गरिएका र पछि बाँझै छोडिएका जमिनहरूको अवस्था कस्तो हुन्छ भनेर अध्ययन गरेका थिए। अमेरिका र पश्‍चिम अफ्रिकाका २ हजार २०० ठाउँमा गरिएको त्यस अध्ययनअनुसार बाँझै छोडिएका जमिनहरूको माटो १० वर्षभन्दा कम समयमै रूखहरू हुर्कनको लागि उपयुक्‍त भयो।

  • साइन्स पत्रिकामा अनुसन्धानकर्ताहरूले बताएअनुसार वनफँडानी गरिएका ठाउँहरू लगभग १०० वर्षभित्र आफसेआफ थरीथरीका रूखहरूले भरिभराउ हुन्छन्‌।

  • हालै ब्राजिलका वैज्ञानिकहरूले वनफँडानी गरिएका ठाउँहरूमा आफसेआफ रूखहरू छिटो उम्रिन्छन्‌ कि मानिसहरूले आधुनिक प्रविधि प्रयोग गरेर रूखहरू रोप्दा छिटो उम्रिन्छन्‌ भनेर हेरे।

  • त्यस अनुसन्धानमा भाग लिने अनुसन्धानकर्ताहरूबारे नेसनल जियोग्राफिक-ले यसो भन्यो: “वृक्षारोपण गर्नु आवश्‍यक छैन भनेर थाह पाउँदा तिनीहरू छक्कै परे।” अनुसन्धान गरिएका ठाउँहरू पाँच वर्षभित्रै आफसेआफ “पहिलेकै प्रजातिका रूखहरूले भरिभराउ भए।”

    के तपाईँलाई थाह थियो?

    खेतीपातीदेखि वनजङ्‌गलसम्म

    यस चित्रमा खेतीपाती गर्न फँडानी गरिएको तर पछि बाँझै छोडिएको जमिन देखाइएको छ। दस वर्षपछि माटो पहिलेकै जस्तो हुन सक्छ। सय वा सोभन्दा धेरै वर्षपछि रूखहरू हुर्केर पहिलाको जस्तै घना जङ्‌गल हुन सक्छ।

    खेतीपाती गर्न फँडानी गरिएका तर पछि बाँझै छोडिएका जमिनहरूमा आफसेआफ पहिलेकै अवस्थामा फर्कन सक्ने क्षमता हुन्छ। जस्तोसुकै कारणले वनजङ्‌गल विनाश भएको भए तापनि त्यो पहिलेकै अवस्थामा फर्कन सक्छ।

सुधारका प्रयासहरू

संसारभरि वनजङ्‌गल जोगाउन र वनफँडानी गरिएका ठाउँहरूलाई पहिलेकै अवस्थामा पुऱ्‍याउन थुप्रै प्रयास गरिँदै छन्‌। नतिजास्वरूप संयुक्‍त राष्ट्र सङ्‌घको एउटा रिपोर्टअनुसार बितेको २५ वर्षमा “संसारभरि वनफँडानी ५० % भन्दा धेरैले घटेको छ।”

तर वनजङ्‌गल जोगाउन यति प्रयास पर्याप्त छैन। ग्लोबल फरेस्ट वाच भन्‍ने सङ्‌गठनको एउटा रिपोर्टअनुसार “बितेका केही वर्षमा उष्ण जङ्‌गलहरू फँडानी गर्ने दरमा कुनै कमी आएको छैन।”

गैरकानुनी रूपमा रूखहरू काटेर कम्पनीहरूले अरबौँ डलर कमाउँछन्‌। उष्ण जङ्‌गलहरू सखाप हुनुको एउटा मुख्य कारण यस्तै कम्पनीहरूको लोभ हो।

वनपाले जङ्‌गलका रूखहरूको निरीक्षण गर्दै छन्‌।

वन संरक्षण टोलीले वनजङ्‌गल जोगाउन हुर्किसकेका थोरै रूख काट्‌छ र रूखका बोटहरू रोप्छ

बाइबलमा कस्तो आशा पाउँछौँ?

“यहोवाa परमेश्‍वरले हेर्नमा रहरलाग्दा अनि खानलाई मीठामीठा फल भएका हरेक किसिमको रूख भूमिबाट उमार्नुभयो।”—उत्पत्ति २:९.

मानिसहरूले जत्ति नै वनजङ्‌गल फँडानी गरे तापनि सृष्टिकर्ताले त्यसलाई पहिलेकै अवस्थामा फर्कन सक्ने क्षमतासहित सृष्टि गर्नुभयो। उहाँ वनजङ्‌गल र अचम्मलाग्दो पारिस्थितिक प्रणाली सधैँभरि रहेको चाहनुहुन्छ।

बाइबलमा बताइएअनुसार परमेश्‍वरले मानिसहरूलाई पृथ्वीका स्रोतसाधनहरू जथाभाबी प्रयोग गरिरहन दिनुहुनेछैन। किनकि उहाँ पृथ्वी सधैँ रहेको अनि यसले जीवन धानिरहेको चाहनुहुन्छ। पृष्ठ १५ मा भएको “परमेश्‍वरले पृथ्वी सधैँभरि रहिरहने प्रतिज्ञा गर्नुभएको छ” भन्‍ने लेख हेर्नुहोस्‌।

a परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो।—भजन ८३:१८.

थप जानकारी पाउनुहोस्‌

एक दम्पती प्रमोदवनमा रमाउँदै छन्‌।

मानिसहरूले पृथ्वीका स्रोतसाधनहरूको जत्ति नै दुरुपयोग गरे तापनि पृथ्वी विनाश हुनेछैन भनेर किन भन्‍न सक्छौँ? jw.org मा परमेश्‍वरले किन पृथ्वी सृष्टि गर्नुभयो? भन्‍ने भिडियो हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने