प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my story ७
  • साहसी मान्छे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साहसी मान्छे
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • “तिनले परमेश्‍वरलाई खुसी पारेका थिए”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • हनोक—विरोधको बावजूद निडर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • हनोक अभक्‍त संसारमा परमेश्‍वरसित हिंडे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • अहिलेको सङ्‌कटमय घडीमा परमेश्‍वरसित हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my story ७
हनोक

कथा ७

साहसी मान्छे

पृथ्वीमा मान्छे बढ्‌दै गएपछि धेरैजसोले कयिनले जस्तै नराम्रो काम गर्न थाले। तर एक जना मान्छे भने बेग्लै थियो। उसको नाउँ हनोक थियो। हनोक साहसी थियो। अरूले असाध्यै नराम्रो काम गरे तापनि हनोकले चाहिं परमेश्‍वरलाई मनपर्ने काम गरिरह्‍यो।

अरूको ज्यान लिने हनोकको समयका खराब मानिस

त्यतिखेरका मान्छेहरू किन धेरै नराम्रो काम गर्थे, तिमीलाई थाह छ? आदम र हव्वालाई कसले रूखको फल खान लगायो, सोच त। हो, एउटा खराब स्वर्गदूतले। बाइबलले त्यसलाई शैतान भन्छ। त्यसले आदम र हव्वालाई परमेश्‍वरको आज्ञा तोड्‌न लगायो। त्यसले अरूलाई पनि खराब बनाउन खोज्छ।

एकदिन यहोवा परमेश्‍वरले हनोकलाई एउटा कुरा भन्‍न लगाउनुभयो। तर मान्छेहरू उसको कुरा सुन्‍न चाहँदैन थिए। त्यो कुरा थियो: ‘एकदिन परमेश्‍वरले सबै खराब मान्छेहरूलाई नाश गर्नुहुनेछ।’ यो सुनेर उनीहरूलाई हनोकसित असाध्यै रिस उठ्यो। उनीहरूले हनोकलाई मार्न पनि खोजे। परमेश्‍वरले भन्‍नुभएको कुरा बताउन हनोक धेरै साहसी हुनुपरेको थियो।

मनपरी जीवन बिताइरहेका हनोकको समयका खराब मानिसहरू

थुप्रै मान्छे खराब भएकोले परमेश्‍वरले हनोकलाई धेरै दिनसम्म राख्नुभएन। हनोक ३६५ वर्षसम्म मात्र बाँचे। किन “३६५ वर्षसम्म मात्र” भनेको? किनभने त्यतिखेर मान्छेहरू अहिलेभन्दा धेरै बलिया हुन्थे। उनीहरू धेरै समयसम्म बाँच्थे। हनोकको छोरा मतूशेलह त ९६९ वर्षसम्म बाँचे!

तर हनोक मरेपछि मान्छेहरू झन्‌झन्‌ खराब हुँदै गए। बाइबलले ‘उनीहरूले सोचेको सबै कुरा हरसमय खराब मात्र हुन्थ्यो’ र ‘पृथ्वी हिंसाले भरिएको थियो’ भन्छ।

त्यतिबेला पृथ्वीमा यत्ति धेरै गोलमाल किन भयो, तिमीलाई थाह छ? किनकि शैतानले मान्छेहरूलाई खराब कुरा गर्न लाउन एउटा नयाँ तरिका भेट्टाएको थियो। यस विषयमा ल्याउँछन्‌अब हामी अर्को कथा पढौं है।

उत्पत्ति ५:२१-२४, २७; ६:५; हिब्रू ११:५; यहूदा १४, १५.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने