प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my story ७०
  • योना र ठूलो माछा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • योना र ठूलो माछा
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले योनासित धीरजी भई व्यवहार गर्नुभयो
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • तिनले आफ्नो गल्तीबाट पाठ सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • यहोवाको कृपाबारे योनाले सिक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • योना विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my story ७०
योनालाई ठूलो माछाले निल्नै लाग्छ

कथा ७०

योना र ठूलो माछा

पानीमा डुब्दै गरेको मान्छेलाई हेर त। लौ! उसलाई त्यो ठूलो माछाले निल्नै लागेछ! यो मान्छे को हो, तिमीलाई थाह छ? उसको नाउँ योना हो। ऊ कसरी यति ठूलो संकटमा पऱ्‍यो, हामी थाह लगाऔं है।

योना यहोवाको अगमवक्‍ता थियो। एलीशाको मृत्यु भएको केही समयपछि यहोवाले योनालाई यसो भन्‍नुहुन्छ: ‘ठूलो सहर निनवे जा। त्यहाँका मान्छेहरूले असाध्यै नराम्रो काम गरिरहेका छन्‌। तैंले गएर तिनीहरूलाई बता।’

तर योना त्यहाँ जान चाहँदैन। यसकारण ऊ अर्कै ठाउँमा जाने डुंगा चढ्‌छ। तर यहोवालाई योना यसरी भागेको मन पर्दैन। त्यसकारण उहाँले ठूलो आँधीबेहरी चलाउनुहुन्छ। आँधीबेहरीले गर्दा योना चढेको डुंगा नै डुब्ला-डुब्ला जस्तो हुन्छ। मल्लाहहरू डराएर थरथर काँप्न थाल्छन्‌। उनीहरू आ-आफ्ना देवताहरूलाई पुकार्दै मदत माग्न थाल्छन्‌।

योनालाई समुद्रमा फालिसकेपछि डुंगाबाट हेर्दै गरेका मल्लाहहरू

अन्तमा योनाले उनीहरूलाई यसो भन्छ: ‘म आकाश अनि पृथ्वी दुवै बनाउनुहुने परमेश्‍वर यहोवाको उपासना गर्छु। उहाँले मलाई अह्राउनुभएको काम नगरेर म अहिले भागिरहेछु।’ यो सुनेपछि मल्लाहहरू उसलाई सोध्छन्‌: ‘अब यो आँधीबेहरी रोक्न हामीले के गर्नुपर्छ?’

योना यस्तो जवाफ दिन्छ: ‘मलाई समुद्रमा फालिदिनुहोस्‌ र समुद्र फेरि शान्त हुनेछ।’ तर मल्लाहहरू त्यसो गर्न मान्दैनन्‌। आँधीबेहरी झन्‌-झन्‌ जोडसित चल्न थालेपछि भने उनीहरूले योनालाई समुद्रमा फालिदिन्छन्‌। तुरुन्तै आँधीबेहरी बन्द हुन्छ र समुद्र पनि शान्त हुन्छ।

योना बिस्तारै पानीमा डुब्दै जान्छ। अनि उसलाई ठूलो माछाले निल्छ। तर माछाले निले पनि ऊ मर्दैन। ऊ तीन दिन र तीन रातसम्म त्यो ठूलो माछाको पेटभित्र रहन्छ। यहोवाको आज्ञा पालन गरेर निनवे गएको भए हुने रहेछ भनेर योना पछुताउन थाल्छ। त्यसपछि उसले के गर्छ, तिमीलाई थाह छ?

योनाले यहोवालाई प्रार्थना गर्दै मदत माग्छ। यहोवाले माछालाई सुक्खा जमिनमा बान्ता गर्न लगाउनुहुन्छ। यसरी योना माछाको पेटबाट बाहिर निस्कन्छ। त्यसपछि योना यहोवाले भन्‍नुभएझैं निनवे सहर जान्छ। हामीले सधैं यहोवाले भन्‍नुभएको कुरा मान्‍नुपर्छ भनेर यो कथाबाट राम्रो पाठ सिक्छौं।

योनाको पुस्तक.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने