प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ८२
  • मोर्दकै र एस्तर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मोर्दकै र एस्तर
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • एस्तर आफ्ना मानिसहरूलाई बचाउँछिन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • बुद्धि, साहस र निस्स्वार्थ भावकी धनी
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • तिनी परमेश्‍वरका मानिसहरूको पक्षमा खडा भइन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • एस्तरको पुस्तकका विषेशताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ८२
दरबारमा भोज खान बोलाएको बेलामा रानी एस्तरले राजा अहासूरसलाई हामानले इस्राएलीहरूविरुद्ध गरेको षड्यन्त्रबारे बताउँछिन्‌

कथा ८२

मोर्दकै र एस्तर

अब हामी एज्रा यरूशलेम फर्कनुभन्दा केही वर्षअघिको कुरा पढौं है। त्यतिखेर मोर्दकै र एस्तर फारस देशकै सबैभन्दा ठूला इस्राएलीहरू थिए। एस्तर महारानी थिई भने उसको ठूलो बुबाको छोरा मोर्दकै राजामुनिको सबैभन्दा शक्‍तिशाली मान्छे थियो। उनीहरू कसरी यति ठूला मान्छे भए, हामी हेरौं।

एस्तर सानी छँदा उसका आमाबाबु मरेकोले मोर्दकैले उसलाई पालेको थियो। मोर्दकै फारसका राजा अहासूरसको सेवक थियो। त्यतिखेर शूशन सहरमा राजाको दरबार थियो। एकदिन, राजाकी पत्नी वश्‍तीले राजाको आज्ञा पालन गर्दिन। यसकारण राजाले वश्‍तीलाई हटाएर अर्कै नयाँ रानी राख्ने निर्णय गर्छ। उसले कसलाई रोज्छ तिमीलाई थाह छ? हो, उसले तरुनी अनि सुन्दरी एस्तरलाई रोज्छ।

मोर्दकैले नढोक्दा हामान साह्रै रिसाउँछन्‌

चित्रमा हेर त। मानिसहरू एक जना घमन्डी मान्छेलाई ढोग्दैछन्‌। उसको नाउँ हामान हो। ऊ फारसको अति नै ठूलो मान्छे हो। त्यहाँ बसिरहेको मोर्दकैले पनि उसलाई ढोगोस्‌ भनेर हामान चाहन्छ। तर मोर्दकैले उसलाई ढोग्दैन। हामान जस्तो खराब मान्छेलाई ढोग्नु मोर्दकैलाई ठीक लाग्दैन। यसले गर्दा हामान साह्रै रिसाउँछ। उसले मोर्दकैलाई खतम पार्ने विचार गर्छ।

हामानले राजालाई इस्राएलीहरूको विषयमा झूटा पोल लगाउँछ। ऊ यसो भन्छ: ‘यी इस्राएलीहरू खराब छन्‌। तिनीहरू हजुरका ऐन कानुन पालन गर्दैनन्‌। तिनीहरूको नाउँ निशानै मेटाउनुपर्छ।’ अहासूरसलाई उसकी आफ्नै पत्नी पनि इस्राएली हो भनेर थाह हुँदैन। यसकारण उसले हामानको कुरा सुन्छ र एउटा खास दिन तोकेर सबै इस्राएलीहरूलाई मार्ने हुकुम दिन्छ।

यो हुकुम सुनेपछि मोर्दकै असाध्यै चिन्तित हुन्छ। उसले एस्तरकहाँ यो खबर पठाउँछ: ‘तिमीले राजालाई सबै कुरा भन्‍नै पर्छ। हाम्रो ज्यान जोगाउन तिमीले राजालाई बिन्ती गर्नुपर्छ।’ तर त्यतिखेर राजाले नबोलाईकन भेट्‌न जाँदा फारसी कानुनको उल्लंघन हुन्थ्यो। राजाले नबोलाए पनि एस्तर दरबारमा जान्छे। एस्तरलाई देख्ने बित्तिकै राजाले ऊतिर सुनको राजदण्ड तेर्साउँछ। राजाले त्यसरी राजदण्ड तेर्साएको हुनाले एस्तरको ज्यान जोगिन्छ। एस्तरले राजा र हामानलाई ठूलो भोजमा निम्त्याउँछे। भोज खान आएको बेला राजाले एस्तरलाई तिमी के चाहन्छ्‌यौ भन, भनेर सोध्छ। एस्तरले राजा र हामान अर्को दिन फेरि भोज खान आएको बेला बताउँछु भनेर जवाफ दिन्छे।

अर्को दिन भोजमा एस्तरले राजालाई भन्छे: ‘म र मेरो जाति नाश गरिन लागेका छौं’ यो सुनेर राजा रिसाउँछ अनि ‘यस्तो काम गर्न खोज्ने को हो’ भनेर सोध्छ।

एस्तर जवाफ दिन्छे: ‘त्यो विरोधी र शत्रु यही दुष्ट हामान हो!’

राजा रिसले चूर हुन्छ। उसले हामानलाई मार्ने हुकुम दिन्छ। यसपछि, राजाले मोर्दकैलाई आफूमुनिको सबैभन्दा ठूलो पद दिन्छ। त्यसपछि मोर्दकैले नयाँ कानुन बनाउँछ। यो नयाँ कानुनले गर्दा इस्राएलीहरूले उनीहरूलाई हामानले मार्न तोकेको दिनमा आफ्नो रक्षा गर्ने अधिकार पाउँछन्‌। मोर्दकैले अब ठूलो पद पाएकोले थुप्रैले इस्राएलीहरूलाई मदत गर्छन्‌। यसरी इस्राएलीहरू आफ्नो शत्रुको हातबाट जोगिन्छन्‌।

एस्तरको पुस्तक।

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने