प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ९५
  • येशू राम्ररी सिकाउनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू राम्ररी सिकाउनुहुन्छ
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • दयालु हुनेबारे एउटा पाठ
    महान्‌ शिक्षकबाट सिकौं
  • एक सामरियाली असल छिमेकी साबित हुन्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • असल सामरी छिमेकी
    सबैभन्दा महान्‌ पुरुष
  • सामरी असल छिमेकी साबित हुन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ९५
पिटाइ खाएका यहूदीलाई मलहमपट्टी गर्दै गरेका असल सामरी

कथा ९५

येशू राम्ररी सिकाउनुहुन्छ

एकदिनको कुरा हो, येशूले एक जना मान्छेलाई छिमेकीलाई माया गर भन्‍नुहुन्छ। येशूको कुरा सुनेर त्यो मान्छेले सोध्छ: ‘मेरो छिमेकीचाहिं को हो नि?’ येशूलाई उसको मनको कुरा थाह थियो। त्यो मान्छे आफ्नै धर्म र जातका मान्छेहरूलाई मात्र आफ्नो छिमेकी सम्झन्थ्यो। अब येशूले के भन्‍नुहुन्छ, हामी हेरौं।

येशूले कहिलेकाहीं कथा पनि भन्‍ने गर्नुहुन्थ्यो। त्यो मान्छेलाई राम्रो पाठ सिकाउन येशूले अब त्यसै गर्नुहुन्छ। उहाँले यहूदी र सामरीको कथा भन्‍नुहुन्छ। धेरैजसो यहूदीहरू सामरीहरूलाई मन पराउँदैनन्‌ भनेर हामीले पढिसक्यौं नि हगि! येशूले भन्‍नुभएको कथा सुन है त!

एकदिन एक जना यहूदी पहाडको बाटो हुँदै तल यरीहो झरिरहेको थियो। तर बाटैमा डाँकुहरूले उसलाई आक्रमण गर्छन्‌। उसको पैसा लुट्‌छन्‌ र उसलाई बेहोस हुने गरी कुट्‌छन्‌।

केही समयपछि त्यही बाटो हुँदै एक जना यहूदी पूजाहारी आइपुग्छ। उसले पिटाइ खाएर लडिरहेको त्यो मान्छेलाई देख्छ। देखेर उसले के गर्छ? तर्केर आफ्नै सुरमा हिंड्‌छ। यसपछि त्यही बाटो हुँदै एक जना असाध्यै धर्मकर्म गर्नुपर्ने मान्छे पनि आउँछ। ऊ लेवी थियो। तर उसले रोकिएर त्यो मान्छेलाई हेर्दा पनि हेरेन। चित्रमा राम्ररी हेर त। तिमीले त्यो पूजाहारी र लेवीलाई टाढा गइसकेको देख्छौ।

त्यसो भए, त्यो घाइते मान्छेसँगै बस्ने को हो त? ऊ सामरी हो। उसैले त्यो घाइते यहूदीलाई मदत गर्दैछ। सामरीले उसका घाउहरूमा औषधी लगाइदिन्छ र आराम पाएर ऊ छिट्टै निको होस्‌ भनेर उसलाई बोकेर अर्कै ठाउँमा पनि लैजान्छ।

यो कथा सुनाइसक्नुभएपछि येशू सुरुको मान्छेलाई सोध्नुहुन्छ: ‘तिम्रो विचारमा डाँकुको कुटाइ खाने मान्छेको छिमेकी यी तीन जनामध्ये कुनचाहिं होला? पूजाहारी, लेवी कि सामरी?’

त्यो मान्छेले जवाफ दिंदै भन्छ: ‘सामरी। किनकि उसैले त्यो घाइतेलाई दया देखायो।’

त्यसपछि येशूले उसलाई यसो भन्‍नुहुन्छ: ‘तिमीले ठीकै भन्यौ। जाऊ, तिमी पनि त्यसै गर।’

येशूले कत्ति राम्ररी त्यो मान्छेलाई सिकाउनुभयो। के तिमीलाई मन पऱ्‍यो? येशूले बाइबलमा भन्‍नुभएका कुराहरू राम्ररी सुन्यौं भने हामी थुप्रै असल कुराहरू सिक्न सक्नेछौं!

लूका १०:२५-३७.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने