प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा १०६
  • जेलबाट छुटेका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जेलबाट छुटेका
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूलाई कुनै कुराले रोक्न सकेन
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “अशिक्षित अनि साधारण मानिस”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • यहोवा हाम्रो शासक हुनुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा १०६
स्वर्गदूतले जेलको ढोका खोलेर येशूका प्रेरितहरूलाई बाहिर पठाउँछन्‌

कथा १०६

जेलबाट छुटेका

लौ, यो चित्रमा त स्वर्गदूतले पो जेलको ढोका खोलिरहेका छन्‌! तर उनले जेलबाट बाहिर निकालिरहेका मान्छेहरू को हुन्‌, तिमीलाई थाह छ? उनीहरू येशूका प्रेरितहरू हुन्‌। तर उनीहरू कसरी जेलमा परे?

जेलमा पर्नुभन्दा केही समयअघि मात्र येशूका चेलाहरूले पवित्र आत्मा पाएका थिए। त्यसपछि एकदिन दिउँसोको कुरा हो, पत्रुस र यूहन्‍ना यरूशलेमको मन्दिर गइरहेका हुन्छन्‌। त्यहाँ उनीहरूले जन्मैदेखिको लंगडोले ढोकामा बसेर भीख मागिरहेको देख्छन्‌। उसले भीख मागोस्‌ भनेर उसलाई अरूले सधैं यहाँ बोकेर ल्याइदिने गर्दा रहेछन्‌। पत्रुस र यूहन्‍नालाई देख्ने बित्तिकै त्यो माग्ने उनीहरूसँग पनि भीख माग्न थाल्छ। तिम्रो विचारमा प्रेरितहरूले अब के गर्छन्‌ होला?

उनीहरू रोकिएर त्यो माग्नेलाई हेर्छन्‌। त्यसपछि पत्रुस यसो भन्छ: ‘पैसा त मसित छैन तर जे मसित छ, त्यही तँलाई दिनेछु। येशूको नाउँमा उठेर हिंड्‌!’ यसपछि पत्रुसले उसको दाहिने हात समातेर उठाउँछ र त्यो मान्छे जुरुक्क उठेर हिंड्‌न थाल्छ। यस्तो चमत्कार देखेर मान्छेहरू चकित हुन्छन्‌ र असाध्यै खुसी पनि हुन्छन्‌।

अनि पत्रुस यसो भन्छ: ‘जुन परमेश्‍वरले येशूलाई बिउँताउनुभयो उहाँकै शक्‍तिले हामीले यो चमत्कार गरेका हौं।’ पत्रुस र यूहन्‍ना बोलिरहेकै बेला केही धर्मगुरुहरू त्यहाँ आइपुग्छन्‌। पत्रुस र यूहन्‍नाले येशू बिउँतनुभयो भनेर कुरा गरेको धर्मगुरुहरूलाई पटक्कै मन पर्दैन। उनीहरू रिसाउँछन्‌ र दुवैलाई समातेर जेलमा हालिदिन्छन्‌।

भोलिपल्ट ती धर्मगुरुहरूको ठूलो सभा बस्छ। पत्रुस, यूहन्‍ना र उनीहरूले निको पारेको माग्नेलाई पनि त्यो सभामा ल्याइन्छ। त्यसपछि धर्मगुरुहरू सोध्छन्‌: ‘तिमीहरूले यो चमत्कार गर्ने शक्‍ति कहाँबाट पायौ?’

येशूलाई बिउँताउनुहुने परमेश्‍वरबाट भनेर पत्रुसले जवाफ दिन्छ। यो सुनेर पूजाहारीहरूलाई के गरौं, कसो गरौं हुन्छ। किनभने उनीहरूलाई पत्रुस र यूहन्‍नाले साँच्चै नै चमत्कार गरेको हो भनेर राम्ररी थाह थियो। यसकारण धर्मगुरुहरूले प्रेरितहरूलाई येशूको विषयमा अब फेरि कुरा नगर्नू भनी धम्काएर छाडिदिन्छन्‌।

तर प्रेरितहरूले येशूको विषयमा कुरा गर्न र बिरामीहरूलाई निको पार्न छाड्‌दैनन्‌। उनीहरूले गरेका चमत्कारहरूको खबर जताततै फैलिन्छ। त्यसपछि त यरूशलेम वरिपरिका सहरका मान्छेहरूले पनि प्रेरितहरूकहाँ बिरामीहरू ल्याउन थाल्छन्‌। यो देखेर धर्मगुरुहरूलाई डाह लाग्छ। उनीहरूले प्रेरितहरूलाई जबरजस्ती समातेर जेलमा हालिदिन्छन्‌। तर यी प्रेरितहरू धेरै बेरसम्म जेलमा बस्नु पर्दैन।

तिमीले चित्रमा देखेझैं, राती परमेश्‍वरको स्वर्गदूतले जेलको ढोका खोलिदिन्छन्‌। स्वर्गदूत त्यसपछि यसो भन्छन्‌: ‘जाओ, मन्दिरमा खडा भएर यो कुरा सबैलाई सुनाओ।’ भोलिपल्ट बिहान धर्मगुरुहरूले प्रेरितहरूलाई जेलबाट निकालेर ल्याउन मान्छेहरू पठाउँदा त जेल रित्तै हुन्छ। पछि ती मान्छेहरूले प्रेरितहरूलाई मन्दिरमा शिक्षा दिइरहेका पो भेट्टाउँछन्‌। त्यसपछि तिनीहरूले प्रेरितहरूलाई समातेर फेरि सभाघरमा लैजान्छन्‌।

‘हामीले तिमीहरूलाई येशूको विषयमा कुरा गर्दै नगर्नू भनेर कडा आज्ञा गरेका होइनौं? तर तिमीहरूले आफ्नो शिक्षाले सारा यरूशलेम भरिसक्यौ’ भनेर धर्मगुरुहरू प्रेरितहरूलाई हप्काउँछन्‌। तर प्रेरितहरू यस्तो जवाफ दिन्छन्‌: ‘हामीले मानिसको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।’ यसकारण येशूका चेलाहरूले “सुसमाचार” प्रचार गर्न छोड्‌दैनन्‌। हाम्रो लागि कत्ति राम्रो उदाहरण, हगि?

प्रेरित अध्याय ३ देखि ५ सम्म।

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने