एउटा स्वर्गीय राजाद्वारा पृथ्वीमा आशिष्
४१ यहोवाले स्वर्गमा येशूलाई राजा बनाउनुभयो।—यशैया ९:६; दानियल ७:१३, १४; प्रेरित २:३२-३६
४२ उहाँले सारा पृथ्वीभरि राज गर्नु हुनेछ।—दानियल ७:१४; मत्ती २८:१८
४३ नराम्रा मानिसहरूलाई के हुनेछ? के तपाईंलाई याद छ?—भजन ३७:९, १०; लूका १३:५
४४ पाप गर्ने प्रथम स्वर्गदूतको नाम के तपाईंलाई याद छ? त्यसलाई र अरू नराम्रा स्वर्गदूतहरूलाई येशूले हटाउनुहुनेछ। तिनीहरूको मूर्तिहरू जम्मै नाश हुनेछन्।—हिब्रू २:१४; प्रकाश २०:२, १०
४५ येशूले आज्ञाकारी मानिसहरूको लागि राम्रा राम्रा कुराहरू गर्नुहुनेछ।—हिब्रू ५:९
४६ फेरि कोही पनि बिरामी हुनेछैन।—यशैया ३३:२४; प्रकाश २२:१, २
येशूले बिरामीहरूलाई निको पार्नु भएको के तपाईंलाई याद छ?
४७ सबैले राम्रा राम्रा थोक पाउनेछन्।—यशैया ६५:१७, २१-२३
४८ मरेका मानिसहरूलाई पनि परमेश्वरले बिर्सनुभएको छैन। उहाँले येशूलाई चलाएर ती मरेकाहरूलाई पनि जीवित पार्नु हुनेछ। यसलाई पुनरुत्थान भनिन्छ।—यूहन्ना ५:२८, २९; ११:२५
४९ सबै नराम्रा मानिसहरूलाई मारिसकेपछि, फेरि कोही पनि मर्ने छैन। जंगली जनावरहरूसँग पनि डराउनु पर्ने छैन। सबै जना सधैंको लागि खुसी हुनेछन्।—प्रकाश २१:४; यशैया ६५:२५; भजन ३७:११, २९