प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • le pp. २२-३१
  • तपाईंले के गर्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंले के गर्नुपर्छ?
  • पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!
  • मिल्दोजुल्दो सामग्री
  • १. परमेश्‍वरको प्रेम सधैँ रहिरहन्छ
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • दुष्ट मानिसहरूलाई के परमेश्‍वरले फेरि नाश गर्नुहुनेछ?
    पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!
  • यहोवा परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले हामीलाई के सिकाउँछ?
  • परमेश्‍वरको उपासना गर्ने सही तरिका
    बाइबलले हामीलाई के सिकाउँछ?
थप हेर्नुहोस्
पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!
le pp. २२-३१

तपाईंले के गर्नुपर्छ?

५० त्यो सुन्दर प्रमोदवनमा के तपाईं सधैंभरि बाँच्न चाहनुहुन्छ?

त्यसोभए, परमेश्‍वरले भन्‍नुभएका कुराहरू सिक्नुहोस्‌। बाइबल पढ्‌न सिक्ने कोसिस गर्नुहोस्‌।—यूहन्‍ना १७:३; प्रकाश १:३

५१ येशूको विषयमा अझ पढ्‌नुहोस्‌।—व्यवस्था १८:१८, १९; यूहन्‍ना ३:१६; प्रेरित ३:१९-२३

५२ राम्रो मात्र गर्ने कोसिस गर्नुहोस्‌। यहोवाका आज्ञाहरू मान्‍नुहोस्‌।—रोमी ६:१७, १८, २२

५३ याद राख्नुहोस्‌, हामीले मान्छे मार्नु हुँदैन भनेर यहोवाले भन्‍नुभएको छ।—प्रस्थान २०:१३; १ यूहन्‍ना ३:११, १२

५४ अरूहरूको चीजबीज हामीले लैजानु हुँदैन।—प्रस्थान २०:१५; एफिसी ४:२८

५५ लोग्ने मानिस आफ्नो स्वास्नीसँग बाहेक अरू कुनै पनि स्त्रीसँग सुत्नु वा बस्नु हुँदैन।—प्रस्थान २०:१४, १७; १ थिस्सलोनिकी ४:३

५६ के तपाईंलाई याद छ, एउटा लोग्ने मानिसलाई परमेश्‍वरले कतिवटा स्वास्नी राख्न दिनुहुन्छ? लोग्ने आफ्नो स्वास्नीसँग कहिलेसम्म बस्नुपर्छ?—उत्पत्ति २:२२, २४; मत्ती १९:५, ६; १ कोरिन्थी ७:२, १०, ११

५७ यो पनि याद राख्नुहोस्‌, हामीले यहोवाको मात्र उपासना गर्नुपर्छ।—मत्ती ४:१०; १ कोरिन्थी ८:६

५८ मूर्ति र नक्शाहरूले हाम्रो केही सहायता गर्न सक्दैनन्‌। किन?—१ कोरिन्थी ८:४

मूर्तिहरू राख्नु के असल हो?—व्यवस्था २७:१५; १ यूहन्‍ना ५:२१

५९ जन्तरहरू लाउनु र धामी झांक्री चलाउनु किन नराम्रो हो।—व्यवस्था १८:१०-१३; प्रकाश २१:८

६० नराम्रा स्वर्गदूतहरू अर्थात्‌ प्रेतहरूले परमेश्‍वरको विरोध गरे। उनीहरूले मानिसहरूलाई भ्रममा पार्न ज्योतिषीहरू चलाउँछन्‌।—प्रेरित १६:१६

६१ हामीले परमेश्‍वरसँग प्रार्थना गर्नुपर्छ। परमेश्‍वरसँग कुरा गर्न; हामी उहाँको सेवा गर्न चाहन्छौं भनी उहाँलाई भन्‍न; र उहाँको सहायता माग्न; प्रार्थना गरेको हो।—फिलिप्पी ४:६, ७

६२ हामीले येशूको आज्ञा मान्‍नुपर्छ। उहाँमाथि विश्‍वास गर्नुपर्छ।—हिब्रू ५:९; यूहन्‍ना ३:१६

६३ याद गर्नुहोस्‌, हामीलाई बचाउन उहाँ मारिनुभयो।—रोमी ५:८

६४ याद गर्नुहोस्‌, येशू हाम्रो अदृश्‍य राजा हुनुहुन्छ। हामीले उहाँको आज्ञा मान्‍नुपर्छ।—फिलिप्पी २:९-११; प्रकाश १९:१६

६५ येशूले भन्‍नुभयो तपाईंले अरूहरूलाई पनि आफूले सिक्नु भएका असल कुराहरू बताउनुपर्छ। साथै, परमेश्‍वरको सेवा गर्न चाहने सबैले बप्तिस्मा लिनुपर्छ।—मत्ती २८:१९, २०; यूहन्‍ना ४:७-१५

६६ यसकारण आफ्ना साथीहरूसँग तपाईंले सिक्दै गर्नुभएका यी असल असल कुराहरूबारे तपाईं कुरा गर्न सक्नुहुन्छ।—मत्ती १०:३२

६७ तपाईंले पढ्‌न सिक्नुभयो भने अझ धेरै कुराहरू सिक्न सक्नुहुनेछ। अनि अरूहरूलाई झन्‌ राम्रो गरी सहायता दिन सक्नुहुनेछ। —२ तिमोथी २:१५

६८ येशूले साना साना केटाकेटीहरूलाई पनि परमेश्‍वरको आज्ञा पालन गर्न सिकाउनुभयो। केटाकेटीहरूसँग कुरा गर्न उहाँले फुर्सत निकाल्नु हुन्थ्यो।—मत्ती १९:१३-१५

६९ आमाबाबुहरूले आफ्नो छोराछोरीलाई परमेश्‍वरको आज्ञा मान्‍न र उहाँलाई प्रेम गर्न सिकाउनुपर्छ।—व्यवस्था ६:६, ७; हितोपदेश ६:२०-२२; एफिसी ६:४

७० आज धेरै थरीका गिर्जाघरहरू छन्‌। यी गिर्जाहरूमा सिकाइने धेरै जसो शिक्षाहरू बाइबलबाट लिइएका होइनन्‌। यहोवाले भन्‍नुभएको छ सत्य नसिकाउने धर्महरू हामीले छोड्‌नुपर्छ।—प्रकाश १८:४; यूहन्‍ना ४:२३, २४

७१ यहोवाले आफ्ना मानिसहरू पृथ्वीमा राख्नुभएको छ। उनीहरूले तपाईंलाई यहोवाको विषयमा सिकाउन सक्छन्‌। उनीहरू को हुन्‌? के तपाईंलाई याद छ?—प्रेरित १५:१४; रोमी १०:१४, १५

७२ उनीहरू यहोवाका साक्षीहरू हुन्‌। उनीहरूको माझमा शान्ति छ। किन? के तपाईंलाई थाह छ? किनभने उनीहरू एक अर्कालाई प्रेम गर्छन्‌।—यशैया ४३:१०-१२; यूहन्‍ना १३:३४, ३५

७३ उनीहरूले यहोवालाई प्रेम गर्छन्‌। त्यसैकारण उनीहरूले बप्तिस्मा लिएका छन्‌। यसरी, उनीहरूले आफ्नो नराम्रो आनीबानी त्यागेर जीवनभरि परमेश्‍वरको सेवा गर्ने इच्छा सबैको सामने जनाउँदछन्‌।—प्रेरित २:४१

७४ यहोवाका साक्षीहरूले त्यो सुन्दर नयाँ प्रमोदवनमा जीवन बिताउने आशा राखेका छन्‌।—भजन ३७:९-११, २९

तपाईं पनि उनीहरूसँग त्यहाँ बस्ने हो भने, तपाईंले के गर्नुपर्छ? —याकूब १:२२, २५; २:२०-२६

७५ उनीहरूसँगसँगै परमेश्‍वरको सेवा गर्न सिक्नुहोस्‌। उनीहरूले यहोवा र मसीह येशूको आज्ञा पालन गर्छन्‌। उनीहरूले यहोवा र मसीह येशूलाई प्रेम गर्छन्‌। के तपाईं पनि प्रेम गर्नुहुन्छ? के तपाईं पनि अरूहरूलाई परमेश्‍वरको विषयमा सिक्ने सहायता दिन चाहनुहुन्छ?—यूहन्‍ना ६:४५-४७

७६ यहोवा र मसीह येशूले तपाईंलाई धेरै प्रेम गर्नुहुन्छ। तपाईं सधैंभरि प्रमोदवनमा बसेको उहाँहरू हेर्न चाहनुहुन्छ।—यूहन्‍ना ३:१६

यस पुस्तिकामा दिइएका नक्साहरू र कुराहरू हेरेर अवश्‍य पनि तपाईंलाई यस पृथ्वीमा सधैं बाँच्ने इच्छा भएको हुनुपर्छ। यसबारे अझ सिक्न चाहनुहुन्छ भने, यहोवाका साक्षीसँग कुरा गर्नुहोस्‌। होइन भने, यस पुस्तिकाको दोस्रो पानामा हाम्रा कार्यालयहरूका ठेगाना छन्‌। तपाईंलाई जुन कार्यालय सबैभन्दा नजिक लाग्छ त्यहीं कार्यालयको ठेगानामा पत्र लेखेर पठाउनुहोस्‌ या कसैलाई पत्र लेख्न लाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने