प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. २१
  • येशूको आफ्नै गृहनगरको सभाघरमा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूको आफ्नै गृहनगरको सभाघरमा
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • नासरतको सभाघरमा
    येसु—बाटो, सत्य र जीवन
  • चमत्कारहरू गर्नुहुन्छ तर उहाँलाई नासरतमा समेत तिरस्कार गरिन्छ
    येसु—बाटो, सत्य र जीवन
  • याइरसको घर छाडेर फेरि नासरत जानुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • जायरसको घर छाड़ेर, फेरि नासरत तर्फ लाग्नुभएको
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. २१

अध्याय २१

येशूको आफ्नै गृहनगरको सभाघरमा

येशू घर फर्कंदा नासरतमा निस्सन्देह ठूलो हलचल मच्चिएको छ। एक वर्षभन्दा अलिक समयअघि यूहन्‍नाद्वारा बप्तिस्मा गर्न जाँदा येशूलाई सबैले सिकर्मी भनी चिनेका थिए। तर अब उहाँ चमत्कार गर्ने व्यक्‍तिको रूपमा सर्वत्र चिनिनुभएको छ। उहाँले तिनीहरूका माझमा केही चमत्कार गरेको हेर्न स्थानीय बासिन्दाहरू इच्छुक छन्‌।

येशू आफ्नो चलनअनुसार सभाघरमा जाँदा तिनीहरूको उत्सुकता अझ बढ्‌छ। सभाघरमा सेवा चलिरहेको बेलामा उहाँ पढ्‌न उठ्‌नुहुन्छ र भविष्यवक्‍ता यशैयाको मुठा उहाँलाई दिइन्छ। उहाँ त्यो मुठा खोल्नुहुन्छ र यहोवाको पवित्र शक्‍तिद्वारा अभिषिक्‍त भएका व्यक्‍तिबारे लेखिएको ठाउँ फेला पार्नुहुन्छ, जुन कुरा आज हाम्रो बाइबलमा यशैयाको ६१ औं अध्यायमा पाइन्छ।

ती अभिषिक्‍त जनले कसरी कैदीहरूलाई छुटकाराको घोषणा गर्नुहुनेछ, अन्धाहरूलाई कसरी दृष्टि दिनुहुनेछ र यहोवाको निगाह पाउने समयबारे कसरी घोषणा गर्नुहुनेछ भनिएका कुराहरू पढिसकेपछि, येशूले मुठा बन्द गरेर सेवकलाई दिनुहुन्छ र थचक्क बस्नुहुन्छ। सबैको नजर उहाँमाथि पर्छ। तब उहाँले तिनीहरूलाई यसरी व्याख्या गर्नुहुन्छ: “तिमीहरूले भर्खरै सुनेको धर्मशास्त्रको यो अंश आज पूरा भयो।”

उहाँको मुखबाट निस्केका “मनमोहक वचन” सुनेर मानिसहरू छक्क पर्छन्‌ र एक-अर्कालाई भन्छन्‌: “के यिनी यूसुफका छोरा होइनन्‌ र?” तर तिनीहरू उहाँले चमत्कार देखाउनुभएको हेर्न चाहन्छन्‌ भनी बुझेर येशू भन्‍नुहुन्छ: “तिमीहरूले पक्कै पनि मलाई यो उक्‍ति सुनाउनेछौ, ‘ए डाक्टर, पहिले आफैलाई निको पार।’ अनि त्यसलाई ममाथि लागू गर्दै यसो भन्‍नेछौ, ‘तिमीले कफर्नहुममा गरेका कामहरूबारे हामीले जे सुन्यौं, ती यहाँ आफ्नो गृहनगरमा पनि गर।” यथार्थमा येशूका यी पहिलेका छिमेकीहरूका विचारमा, निको पार्ने काम त सर्वप्रथम आफ्ना मानिसहरूका फाइदाका निम्ति आफ्नो घरको क्षेत्रबाट नै सुरु गर्नुपर्ने हो। त्यसकारण येशूले तिनीहरूको उपेक्षा गर्नुभयो भनी तिनीहरू ठान्छन्‌।

तिनीहरूको सोचाइ बुझेर तिनीहरूलाई लागू हुन सक्ने केही ऐतिहासिक घटना उहाँ सुनाउनुहुन्छ। उहाँ भन्‍नुहुन्छ, इस्राएलमा एलियाको समयमा धेरै विधवाहरू थिए तर तिनीहरू कसैकहाँ पनि एलियालाई पठाइएन। बरु तिनी सीदोनमा एउटी गैर-इस्राएली विधवाकहाँ गए, जहाँ तिनले गरेको चमत्कारले गर्दा ज्यान बच्यो। एलिशाको बेलामा चाहिं धेरै कुष्ठरोगीहरू थिए तर एलिशाले सिरियाबासी नामानलाई मात्र शुद्ध पारे।

यी ऐतिहासिक घटनाहरूसितको तुलनाबाट आफ्नो स्वार्थ र विश्‍वासको कमी उदाङ्‌ग भयो भनेर तिनीहरू रिसले चूर हुँदै सभाघरबाट उठ्‌छन्‌ र येशूलाई सहरबाहिर निकालिदिन्छन्‌। नासरत सहर बसालिएको डाँडाको भीरबाट उँधोमुन्टो गरेर उहाँलाई खसालिदिने तिनीहरू प्रयास गर्छन्‌। तर येशू तिनीहरूका हातबाट सकुशल उम्केर त्यहाँबाट जानुहुन्छ। लूका ४:१६-३०; १ राजा १७:८-१६; २ राजा ५:८-१४.

▪ नासरतमा किन हलचल मच्चिरहेको छ?

▪ येशूका भाषणबारे मानिसहरू के सोच्छन्‌ तर फेरि के कुराले गर्दा तिनीहरू रिसाउँछन्‌?

▪ मानिसहरूले येशूलाई के गर्न खोज्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने