प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt chap. २७
  • मत्तीलाई बोलावट

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मत्तीलाई बोलावट
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • मत्तिलाई बोलाउनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • नम्रताबारे महत्त्वपूर्ण पाठ
    येसु—बाटो, सत्य र जीवन
  • “मसँग सिक”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • कर—“सभ्य समाजको” मूल्य?
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt chap. २७

अध्याय २७

मत्तीलाई बोलावट

पक्षाघात भएको मानिसलाई निको पारेपछि येशू कफर्नहुमबाट गालील समुद्रतर्फ जानुहुन्छ। फेरि भीड उहाँकहाँ आउँछ र उहाँ तिनीहरूलाई शिक्षा दिन थाल्नुहुन्छ। हिंडिरहेको बेलामा उहाँले मत्ती, जसलाई लेवी पनि भनिन्छ, कर उठाउने ठाउँमा बसिरहेको देख्नुहुन्छ। “मेरो पछि लाग” भनेर येशूले उनलाई निमन्त्रणा दिनहुन्छ।

पत्रुस, अन्द्रियास, याकूब र यूहन्‍नालाई बोलावट हुनुभन्दा अघि नै जसरी तिनीहरूले येशूका शिक्षाहरूबारे सायद जानकारी पाइसकेका थिए, मत्ती पनि येशूका शिक्षाहरूसँग पहिलेदेखि नै परिचित भइसकेका हुन सक्छन्‌। तिनीहरूले जस्तै मत्तीले पनि उहाँको निमन्त्रणालाई तुरुन्तै स्वीकार्छन्‌। उनी उठ्‌छन्‌ र कर उठाउने आफ्नो जिम्मेवारीलाई छाडेर येशूका पछि लाग्छन्‌।

केही समयपश्‍चात्‌ आफ्नो बोलावटको खुसीयाली मनाउन मत्तीले आफ्नो घरमा एउटा ठूलो भोज आयोजना गर्छन्‌। येशू र उहाँका चेलाहरूबाहेक, मत्तीका पहिलेका सहकर्मीहरू पनि त्यस भोजमा उपस्थित छन्‌। यिनीहरूलाई यहूदीहरूले साधारणतया घृणाको दृष्टिले हेर्छन्‌ किनभने यिनीहरू आफूले घृणा गर्ने रोमी सरकारका लागि कर उठाउँछन्‌। अझै, यिनीहरू नियमित करभन्दा पनि बढी कर बेइमानी गरेर करकापले असुल गर्छन्‌।

येशूले यस्ता मानिसहरूसँग बसेर भोज खानुभएको देख्दा फरिसीहरूले उहाँका चेलाहरूलाई सोध्छन्‌: “तिमीहरूका गुरु किन कर उठाउने र पापी मानिसहरूसित बसेर खान्छन्‌?” तिनीहरूको प्रश्‍न सुनेर येशूले फरिसीहरूलाई उत्तर दिनुहुन्छ: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई डाक्टरको खाँचो पर्छ। त्यसैले जाओ र यसको अर्थ के हो, सिक: ‘म बलिदान होइन, कृपा चाहन्छु।’ किनकि म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ।”

जरुर पनि येशूको कुरा सुनून्‌ र परमेश्‍वरले गर्नुहुने निवारण पाऊन्‌ भनेर नै मत्तीले यी कर उठाउनेहरूलाई आफ्नो घरमा निमन्त्रणा दिएको हुनुपर्छ। अतः तिनीहरूले परमेश्‍वरसँग एउटा स्वस्थकर सम्बन्ध स्थापित गर्न सकून्‌ भनेर येशू तिनीहरूसित सङ्‌गत गर्नुहुन्छ। यस्ताहरूलाई आत्मश्रेष्ठ फरिसीहरूले जस्तै येशूले घृणा गर्नु हुन्‍न। बरु अनुकम्पाले प्रेरित भएर वास्तवमा उहाँ परमेश्‍वरसितको सम्बन्धलाई राम्रो बनाउन तिनीहरूलाई मदत गर्नुहुन्छ।

यसप्रकार येशूले पापीहरूप्रति दया दर्साउनुको अर्थ तिनीहरूको पापलाई ढाकछोप गर्नुभएको होइन। बरु उहाँले त्यही कोमल भावना व्यक्‍त गर्नुभएको हो जुन भावना उहाँले शारीरिक रूपमा पीडितहरूप्रति दर्साउनुहुन्छ। उदाहरणका लागि, याद गर्नुहोस्‌, उहाँले कुष्ठरोगीमाथि दया गरेर त्यसलाई हातले छुँदै भन्‍नुभयो: “मसित इच्छा छ। तिमी शुद्ध भइजाऊ।” हामी पनि खाँचोमा परेकाहरू, खासगरि परमेश्‍वरसित राम्रो सम्बन्ध कायम गर्न खाँचो परेकाहरूलाई त्यसैगरि दयासाथ मदत गर्न तत्परता देखाउन सकौं। मत्ती ८:३; ९:९-१३; मर्कूस २:१३-१७; लूका ५:२७-३२.

▪ येशूले मत्तीलाई कहाँ फेला पार्नुहुन्छ?

▪ मत्तीको पेसा के हो र यस्ता मानिसहरूलाई अरू यहूदीहरूले किन घृणा गर्छन्‌?

▪ येशूका विरुद्धमा के गुनासो गरिन्छ र त्यसको प्रत्युत्तर उहाँले कसरी दिनुहुन्छ?

▪ येशू किन पापीहरूको सङ्‌गत गर्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने