प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ६९
  • बुबा को हो भन्‍ने प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बुबा को हो भन्‍ने प्रश्‍न
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • पितृत्वको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • तिनीहरूको बुबा अब्राहाम हुन्‌ वा दियाबल?
    येसु—बाटो, सत्य र जीवन
  • यहोवाले तिनलाई “मेरो मित्र” भन्‍नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • परमेश्‍वर अब्राहामको विश्‍वासको जाँच लिनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ६९

अध्याय ६९

बुबा को हो भन्‍ने प्रश्‍न

चाडको बेला यहूदी धर्म-गुरुहरूसित येशूको वाद-विवाद अझै चर्किन्छ। “तिमीहरू अब्राहामका सन्तानहरू हौ भनेर मलाई थाह छ” भनी येशू स्वीकार्नुहुन्छ, “तर तिमीहरू मलाई मार्न खोज्दैछौ, किनकि तिमीहरू मेरो शिक्षा स्वीकार्दैनौ। आफ्नो बुबासित छँदा मैले जे देखें, म त्यही बोल्छु; त्यसरी नै तिमीहरू पनि आफ्नो बुबाबाट जे सुन्छौ, त्यही गर्छौ।”

तिनीहरूको बुबाको परिचय नदिए तापनि तिनीहरूको बुबा आफ्नो बुबाभन्दा बेग्लै हुन्‌ भनेर येशूले स्पष्ट पार्नुहुन्छ। येशूले कसको बारेमा भन्‍नुभएको हो सो थाह नपाएर यहूदी धर्म-गुरुहरू भन्छन्‌: “हाम्रो बुबा त अब्राहाम हुन्‌।” परमेश्‍वरका मित्र अब्राहामले राखेको विश्‍वास र तिनीहरूको विश्‍वास एउटै हो भनी तिनीहरू ठान्छन्‌।

तथापि येशूको जवाफले तिनीहरूलाई झसङ्‌ग पार्छ: “यदि तिमीहरू अब्राहामका सन्तानहरू हौ भने अब्राहामको काम गर।” किनभने साँच्चैको छोराले वास्तवमा आफ्नो बुबाको अनुकरण गर्छ। येशू भन्‍नुहुन्छ: “तर अहिले तिमीहरू मलाई मार्न खोजिरहेका छौ; एउटा यस्तो मानिसलाई, जसले तिमीहरूलाई आफूले परमेश्‍वरबाट सुनेको सत्य कुरा बताएको छ। अब्राहामले त तिमीहरूले जस्तो गरेनन्‌।” त्यसकारण येशू फेरि भन्‍नुहुन्छ: “तिमीहरू आफ्नो बुबाको काम गर्छौ।”

येशू कसको विषयमा कुरा गर्नुहुँदैछ तिनीहरू अझै बुझ्दैनन्‌। तिनीहरू अब्राहामका धर्म-पुत्र हुन्‌ भनी ढिपी गर्दै भन्छन्‌: “हामी अवैध यौनसम्बन्धबाट जन्मेका होइनौं।” त्यसकारण अब्राहामजस्तै सच्चा उपासक हुने दाबी गर्दै तिनीहरू ठोकेर भन्छन्‌: “हाम्रो बुबा एकै जना हुनुहुन्छ अर्थात्‌ परमेश्‍वर।”

तर के परमेश्‍वर वास्तवमा तिनीहरूका बुबा हुनुहुन्छ? येशू जवाफ दिनुहुन्छ: “यदि परमेश्‍वर तिमीहरूका बुबा हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्‍वरबाट पठाइएको हुँ र यहाँ छु। म आफूखुसी यहाँ आएको होइन तर उहाँले नै मलाई पठाउनुभएको हो। मैले भनेको कुरा तिमीहरू के कारण बुझ्दैनौ?”

उहाँलाई अस्वीकार गरेको परिणाम के हुने हो, सो यी धर्म-गुरुहरूलाई देखाउने प्रयास येशूले गर्नुभएको छ। तर अब उहाँ सोझै भन्‍नुहुन्छ: “तिमीहरू आफ्नो बुबा दियाबलबाट आएका हौ अनि आफ्नो बुबाकै इच्छा पूरा गर्न चाहन्छौ।” सैतान कस्तो बुबा हो? येशूले त्यसलाई हत्यारा भनी चिनाउनुभयो र यसो पनि भन्‍नुभयो: “त्यो झूट हो र झूटको बुबा हो।” त्यसकारण येशू कुरा टुङ्‌ग्याउँदै भन्‍नुहुन्छ: “जो परमेश्‍वरको हो, उसले परमेश्‍वरले भन्‍नुभएका कुराहरू सुन्छ। तिमीहरू परमेश्‍वरका होइनौ, त्यसैले तिमीहरू सुन्दैनौ।”

येशूले ती यहूदीहरूको भर्त्सना गर्नुभएकोमा तिनीहरू रिसाएर जवाफ दिन्छन्‌: “तिमी सामरी हौ र तिमीमा दुष्ट स्वर्गदूत बास गरेको छ भनेर के हामीले ठीकै भनेका होइनौं र?” “सामरी” भन्‍ने शब्द निन्दा र गालीको रूपमा प्रयोग गरिन्छ किनभने सामरी जातिलाई यहूदीहरू घृणा गर्छन्‌।

सामरी भन्दै निन्दाजनक तरिकामा गरिएको गालीको बेवास्ता गर्दै येशू प्रत्युत्तर दिनुहुन्छ: “ममा दुष्ट स्वर्गदूत बास गरेको छैन। म आफ्नो बुबाको आदर गर्छु तर तिमीहरू मेरो अनादर गर्छौ।” अझै अगाडि येशू अचम्मको प्रतिज्ञा गर्नुहुन्छ: “यदि कसैले मेरो वचन पालन गर्छ भने उसले कहिल्यै मृत्यु देख्नेछैन।” उहाँका पछि लाग्नेहरू मर्ने नै छैनन्‌ भनी येशूले भन्‍न खोज्नुभएको होइन। तर उहाँको भनाइको अर्थ ती व्यक्‍तिहरूले अनन्त विनाश अर्थात्‌ पुनर्जीवित हुन नसक्ने “दोस्रो मृत्यु” कहिल्यै अनुभव गर्नेछैनन्‌।

तथापि यहूदीहरूले येशूको वचनको शाब्दिक अर्थ लगाउँछन्‌। त्यसकारण तिनीहरू भन्छन्‌: “तिमीमा दुष्ट स्वर्गदूत बास गरेको छ भनेर अब भने हामीलाई पक्का भयो। अब्राहाम मरे अनि त्यसैगरि भविष्यवक्‍ताहरू पनि मरे तर तिमीचाहिं ‘यदि कसैले मेरो वचन पालन गर्छ भने उसले कहिल्यै मृत्यु चाख्नेछैन’ भन्छौ। तिमी हाम्रो बुबा अब्राहामभन्दा ठूलो हौ र? तिनी मरे अनि भविष्यवक्‍ताहरू पनि मरे। तिमी आफू को हुँ भनी दाबी गर्छौ?”

आफू नै प्रतिज्ञा गरिएका मसीह हो भन्‍ने कुरा यो विवादद्वारा येशूले मानिसहरूलाई बताउनुहुँदैछ भनी स्पष्ट छ। तर आफ्नो परिचयबारे तिनीहरूको प्रश्‍नको सोझै उत्तर नदिएर येशू भन्‍नुहुन्छ: “यदि म आफ्नै महिमा गर्छु भने मेरो महिमा केही होइन। मेरो बुबा, जसलाई तिमीहरू आफ्नो परमेश्‍वर भन्छौ, उहाँले नै मलाई महिमित तुल्याउनुहुन्छ; तैपनि तिमीहरूले उहाँलाई चिनेका छैनौ। तर म उहाँलाई चिन्छु। यदि म उहाँलाई चिन्दिनँ भन्छु भने म पनि तिमीहरूजस्तै झूटा हुन्छु।”

कुराको सिलसिलामा येशू फेरि विश्‍वासी अब्राहामबारे चर्चा गर्दै भन्‍नुहुन्छ: “तिमीहरूका बुबा अब्राहाम मेरो दिन हेर्ने आशामा असाध्यै रमाउँथे अनि तिनले त्यो दिन देखे र रमाए।” हो, प्रतिज्ञा गरिएका मसीहको आगमनको बाटो अब्राहामले विश्‍वासको आँखाद्वारा हेरिरहे। अविश्‍वास प्रकट गर्दै यहूदीहरू प्रत्युत्तर दिन्छन्‌: “तिमी त पचास वर्षका पनि भएका छैनौ, त्यसोभए तिमीले कसरी अब्राहामलाई देख्यौ?”

येशू जवाफ दिनुहुन्छ: “तिमीहरूलाई म साँच्चै भन्छु, अब्राहाम अस्तित्वमा आउनुभन्दा पहिल्यै म थिएँ।” यथार्थमा, मानव जीवन धारण गर्नुभन्दा अघि स्वर्गमा शक्‍तिशाली अदृश्‍य व्यक्‍तिको रूपमा बिताएको जीवनलाई येशू सङ्‌केत गर्नुहुँदैछ।

येशूले अब्राहामभन्दा अघि नै आफ्नो अस्तित्व थियो भनी दाबी गर्नुभयो भनेर ती यहूदीहरू क्रोधित हुन्छन्‌ र उहाँलाई हिर्काउन ढुङ्‌गा उठाउँछन्‌। तर उहाँ लुक्नुहुन्छ र सकुशल मन्दिरबाट बाहिर जानुहुन्छ। यूहन्‍ना ८:३७-५९; प्रकाश ३:१४; २१:८.

▪ शत्रुहरूको बुबाभन्दा आफ्नो बुबा फरक हुनुहुन्छ भनी येशूले कसरी दर्साउनुहुन्छ?

▪ यहूदीहरूले येशूलाई सामरी भन्‍नुको अर्थ के हो?

▪ येशूले आफ्ना अनुयायीहरूले मृत्यु कहिल्यै देख्नेछैनन्‌ भन्‍नुको अर्थ के हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने