प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ८१
  • येशूलाई मार्ने अझै अरू प्रयासहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूलाई मार्ने अझै अरू प्रयासहरू
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • बुबासित एक हुनुहुन्छ तर उहाँ परमेश्‍वर हुनुहुन्‍न
    येसु—बाटो, सत्य र जीवन
  • तिनीहरूको बुबा अब्राहाम हुन्‌ वा दियाबल?
    येसु—बाटो, सत्य र जीवन
  • पितृत्वको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • परमेश्‍वरका छोरा “संसारको ज्योति” हुनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ८१

अध्याय ८१

येशूलाई मार्ने अझै अरू प्रयासहरू

हिउँदको महिना भएकोले येशू सुलेमानको दलान भनिने ठाउँको ओतमा टहलिरहनुभएको छ। यो ठाउँ मन्दिरको नजिकै छ। यहूदीहरूले उहाँलाई घेरा हालेर भन्‍न थाल्छन्‌: “तिमी कतिन्जेल हामीलाई अन्योलमा राख्छौ? यदि तिमी ख्रीष्ट हौ भने हामीलाई प्रस्ट भनिहाल।”

येशू जवाफ दिनुहुन्छ: “मैले तिमीहरूलाई भनिसकें, तैपनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ।” आफू नै ख्रीष्ट हो भनेर सामरी आइमाईलाई इनारमा येशूले जसरी सोझै बताउनुभएको थियो, त्यसरी नै यिनीहरूलाई बताउनुभएको थिएन। तापनि आफू माथिबाट आएको हुँ र अब्राहाम हुनुभन्दा अघिदेखि नै थिएँ भनेर व्याख्या गर्दा उहाँले वास्तवमा आफ्नो परिचय दिइसक्नुभएको थियो।

तथापि ख्रीष्ट आएपछि उहाँले गर्नुहुने कुराहरू बाइबल भविष्यवाणीहरूमा उल्लिखित थिए र मानिसहरूले ती उल्लिखित कुराहरूसँग येशूले गरिरहनुभएका कामहरू दाँजेर हेरून्‌ र उहाँ वास्तवमा ख्रीष्ट हुनुहुँदो रहेछ भन्‍ने निष्कर्षमा स्वयम्‌ आऊन्‌ भनी येशू चाहनुहुन्छ। त्यसैकारण त, उहाँ ख्रीष्ट हुनुहुन्छ भनी अरू कसैलाई नभन्‍नू भनेर केही समयअघि उहाँले आफ्ना चेलाहरूलाई कडा आज्ञा दिनुभएको थियो। त्यसैकारण विरोधी यहूदीहरूलाई अहिले पनि उहाँ भन्‍नुहुन्छ: “मैले आफ्नो बुबाको नाममा गरिरहेका कामहरूले नै मेरो विषयमा साक्षी दिन्छन्‌। तर तिमीहरू विश्‍वास गर्दैनौ।”

तिनीहरू किन विश्‍वास गर्दैनन्‌? येशू नै ख्रीष्ट हुनुहुन्छ भन्‍ने प्रमाणको अभाव भएर हो कि? होइन। तिनीहरूले विश्‍वास नगर्नुको कारण येशूले तिनीहरूलाई भन्‍नुभएको यस कुरामा पाइन्छ: “तिमीहरूमध्ये कोही पनि मेरो भेडा होइनौ। मेरा भेडाहरूले मेरो सोर सुन्छन्‌ र म तिनीहरूलाई चिन्छु अनि तिनीहरू मेरो पछि लाग्छन्‌। म तिनीहरूलाई अनन्त जीवन दिन्छु, अनि तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्‌ र कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजानेछैन। मेरो बुबाले मलाई जे दिनुभएको छ, त्यो अरू सबै कुराभन्दा अनमोल छ अनि कसैले तिनीहरूलाई मेरो बुबाको हातबाट खोसेर लैजान सक्दैन।”

यसपछि बुबासितको आफ्नो घनिष्ठ सम्बन्धबारे व्याख्या गर्दै येशू भन्‍नुहुन्छ: “म र बुबा एक हौं।” येशू पृथ्वीमा र उहाँका बुबा स्वर्गमा हुनुभएकोले उहाँ र उहाँका बुबा शाब्दिक अर्थमै एक हुनुहुन्छ भनेर उहाँले भन्‍नुभएको होइन। बरु येशूको भनाइको तात्पर्य उहाँहरू उद्देश्‍यमा एक हुनुहुन्छ र उहाँहरू एकताबद्ध हुनुहुन्छ।

येशूका वचनहरूबाट क्रोधित भएर उहाँलाई मार्न यहूदीहरू ढुङ्‌गाहरू उठाउँछन्‌, जसरी केही समयअघि तिनीहरूले झुप्रोबासको चाडको समयमा पनि गरेका थिए। उहाँका भावी हत्याराहरूको निडरता साथ सामना गर्दै येशू भन्‍नुहुन्छ: “मेरो बुबाको तर्फबाट मैले तिमीहरूलाई थुप्रै असल काम गरेर देखाएँ। यीमध्ये कुनचाहिं कामको लागि तिमीहरू मलाई ढुङ्‌गा हान्‍न खाज्दैछौ?”

तिनीहरू जवाफ दिन्छन्‌: “तिमीले गरेको कुनै असल कामको लागि हामीले ढुङ्‌गा हान्‍न खोजेका होइनौं तर तिमीले ईश्‍वरनिन्दा गरेकोले हान्‍न खोजेका हौं, किनकि मानिस भएर पनि तिमी आफू ईश्‍वर हुँ भनी दाबी गर्छौ।” येशूले कहिल्यै पनि आफू ईश्‍वर हुँ भनी दाबी गर्नुभएको थिएन। तापनि यहूदीहरू यसो भन्छन्‌। किन?

किनभने येशूले आफूसित ती शक्‍तिहरू छन्‌ भन्‍नुहुन्छ जो तिनीहरूको विचारमा परमेश्‍वरसित मात्र छ। उदाहरणका लागि, उहाँले भर्खरै “भेडाहरू”-बारे “म तिनीहरूलाई अनन्त जीवन दिन्छु” भन्‍नुभएको थियो र यो काम कुनै मानिसले गर्न सक्दैन। तथापि यसो गर्न सक्ने अधिकार आफूले बुबाबाट पाएको हो भनेर उहाँले स्वीकारेको कुरालाई यहूदीहरू ध्यान दिंदैनन्‌।

येशू आफूलाई परमेश्‍वरभन्दा मुनिको ठान्‍नुहुन्छ भन्‍ने कुरा उहाँले यसपछि सोध्नुभएको प्रश्‍नबाट देखिन्छ: “के तिमीहरूको व्यवस्थामा [भजन ८२:६ मा] यस्तो लेखिएको छैन र, ‘मैले भनें: “तिमीहरू ईश्‍वरहरू हौ” ’? परमेश्‍वरको वचनले दोषी ठहराएकाहरूलाई यदि उहाँले ‘ईश्‍वरहरू’ भन्‍नुभयो . . . भने मैले आफूलाई परमेश्‍वरको छोरा भनें भन्दैमा, जसलाई बुबाले पवित्र तुल्याएर संसारमा पठाउनुभयो अर्थात्‌ मलाई, के तिमीहरू ‘तिमीले ईश्‍वरनिन्दा गऱ्‍यौ’ भन्छौ?”

धर्मशास्त्रमा अन्यायी मानव न्यायाधीशहरूलाई त “ईश्‍वरहरू” भनिएको छ भने येशूले आफूलाई ‘म परमेश्‍वरको छोरा हुँ’ भन्‍नुभयो भन्दैमा के यी यहूदीहरूले येशूमा खोट देखाउन सक्छन्‌ र? कुरा अझ थप्दै येशू भन्‍नुहुन्छ: “यदि मैले आफ्नो बुबाका कामहरू गरिरहेको छैन भने मलाई विश्‍वास नगर। यदि गरिरहेको छु भने मलाई विश्‍वास नगरे तापनि मेरा कामहरूलाई विश्‍वास गर, अनि म बुबासित एकतामा छु र बुबा मसित एकतामा हुनुहुन्छ भनी तिमीहरूले बुझ्न र विश्‍वास गरिरहन सक।”

येशूले यसो भन्दा यहूदीहरू उहाँलाई पक्रन खोज्छन्‌। तर झुप्रोबासको चाडको समयमा जस्तै यस पटक पनि उहाँ तिनीहरूको हातबाट उम्कनुहुन्छ। उहाँ यरूशलेम छाडेर यर्दन पारि जानुहुन्छ, जहाँ करिब चार वर्षअघि यूहन्‍नाले बप्तिस्मा गराउन सुरु गरेका थिए। यो ठाउँ गालील समुद्रको दक्षिण किनारदेखि धेरै टाढा छैन र यरूशलेमबाट करिब दुई दिनको बाटो पर्छ।

यस ठाउँमा येशूकहाँ धेरै मानिसहरू आउँछन्‌ र भन्‍न थाल्छन्‌: “यूहन्‍नाले एउटै चमत्कार गरेनन्‌ तर यस मानिसको विषयमा यूहन्‍नाले भनेको सबै कुरा सत्य रहेछ।” यसप्रकार यहाँ येशूमाथि धेरैले विश्‍वास गर्छन्‌। यूहन्‍ना १०:२२-४२; ४:२६; ८:२३,५८; मत्ती १६:२०.

▪ मानिसहरूले कुन माध्यमद्वारा उहाँ ख्रीष्ट हुनुहुन्छ भनेर ठम्याएको येशू चाहनुहुन्छ?

▪ येशू र उहाँका बुबा कसरी एक हुनुहुन्छ?

▪ येशूले आफूलाई ईश्‍वर ठान्‍नुहुँदैछ भनी यहूदीहरू किन भन्छन्‌?

▪ भजनबाट येशूले गर्नुभएको उद्धरणले उहाँले परमेश्‍वरको बराबर हुने दाबी गर्नुभएको होइन भनी कसरी देखाउँछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने