प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ९६
  • येशू र धनी व्यक्‍ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू र धनी व्यक्‍ति
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • येसु जवान धनी मानिसलाई जवाफ दिनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • के मसीहीहरू गरिब हुनैपर्छ?
    ब्यूँझनुहोस्‌!—२००३
  • के तपाईं “परमेश्‍वरतर्फ धनी” हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • आफ्नो लागि नबाँच्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ९६

अध्याय ९६

येशू र धनी व्यक्‍ति

येशू पेरिया हुँदै यरूशलेमतर्फ जाँदा एक जवान मानिस दौडेर उहाँसामु घुँडा टेक्छन्‌। उनी सम्भवतः स्थानीय सभाघरका प्रमुख सदस्य अथवा यहूदी न्यायपरिषद्‌का सदस्य हुन्‌। उनी असाध्यै धनी पनि छन्‌। उनी सोध्छन्‌: “हे असल गुरु, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ?”

येशू जवाफ दिनुहुन्छ: “तिमी किन मलाई असल भन्छौ? असल त परमेश्‍वरबाहेक अरू कोही छैन।” सायद ती जवान मानिसले “असल” शब्द पदवीको रूपमा प्रयोग गरेको हुन सक्छ। त्यसैकारण यसप्रकारको पदवी परमेश्‍वरका लागि मात्र प्रयोग हुन्छ भनेर येशू बताउनुहुन्छ।

येशू अझ भन्‍नुहुन्छ: “तर यदि तिमी जीवन पाउन चाहन्छौ भने आज्ञाहरू पालन गर्न नछोड।”

उनले सोध्छन्‌: “कुन-कुन?”

दस आज्ञामध्ये पाँच वटालाई उद्धरण गर्दै येशू जवाफ दिनुहुन्छ: “यही कि तिमीले हत्या नगर्नू, तिमीले आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध नराख्नू, तिमीले नचोर्नू, तिमीले झूटो साक्षी नदिनू, तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।” एउटा अर्को अझ महत्त्वपूर्ण आज्ञालाई थप्दै येशू भन्‍नुहुन्छ: “तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”

ती जवान मानिसले इमानदार भई जवाफ दिन्छन्‌: “यी सब त मैले सानैदेखि पालन गर्दै आएको छु; त्यसोभए ममा के कमी छ?”

ती मानिसको प्रगाढ र उत्कट बिन्ती सुन्दा येशूको मनमा उनीप्रति माया पलाउँछ। तर येशूले उनमा भौतिक कुराहरूप्रति मोह देख्नुहुन्छ। त्यसकारण उनलाई कुन कुराको खाँचो छ, सो भन्‍नुहुन्छ: “तिमीमा एउटा कुरा अपुग छ। जाऊ, आफूसित भएका चीजबीज बेचेर गरिबहरूलाई बाँडिदेऊ। तब तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ अनि आएर मेरो पछि लाग।”

ती मानिस उठ्‌छन्‌ र धेरै नै दुःखी हुँदै आफ्नो बाटो लाग्छन्‌। येशू स्वयम्‌ पनि दयाले भरिएर उनलाई हेर्नुहुन्छ। उनको पैसाले उनलाई असली खजानाको मूल्यप्रति अन्धो बनाइदिएको छ। येशू दुःख मान्दै भन्‍नुहुन्छ: “पैसावालहरूलाई परमेश्‍वरको राज्यमा पस्न साँच्चै कठिन कुरा हुनेछ!”

येशूका यी कुराहरू सुनेर चेलाहरू छक्क पर्छन्‌। तर उहाँले तिनीहरूलाई एउटा अर्को यथार्थ बताउँदा तिनीहरू अझ चकित हुन्छन्‌: “धनी मानिसलाई परमेश्‍वरको राज्यमा पस्नभन्दा त उँटलाई सियोको नाथ्रीबाट छिर्न नै सजिलो हुन्छ।”

“त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?” चेलाहरू जान्‍न चाहन्छन्‌।

चेलाहरूलाई एकटक लाएर हेर्दै येशू जवाफ दिनुहुन्छ: “मानिसहरूको तर्फबाट यो असम्भव छ तर परमेश्‍वरलाई छैन। किनकि परमेश्‍वरको तर्फबाट सबै कुरा सम्भव छ।”

तिनीहरूले ती धनी र जवान व्यक्‍तिले भन्दा बेग्लै कुरा रोजेका छन्‌ भनी सम्झँदै पत्रुस यो जवाफ दिन्छन्‌: “हेर्नुहोस्‌! सबै कुरा छोडेर हामी तपाईंको पछि लागेका छौं। त्यसोभए हामीले के पाउनेछौं त?”

येशू प्रतिज्ञा गर्नुहुन्छ: “पुनःसृष्टिको बेला, जब मानिसको छोरा आफ्नो गौरवशाली सिंहासनमा बस्नेछ, तब तिमीहरू जो मेरो पछि लागेका छौ, तिमीहरू पनि बाह्र सिंहासनमा बसेर इस्राएलका बाह्र कुलको इन्साफ गर्नेछौ।” हो, अदनको बगैंचामा जस्तो थियो त्यस्तै स्थिति पृथ्वीमा फेरि नयाँ सृष्टिमा हुनेछ भनी येशू बताउनुहुन्छ। अनि पत्रुस र अन्य चेलाहरूले पार्थिव प्रमोदवनमाथि ख्रीष्टसँगै शासन गर्ने इनाम पाउनेछन्‌। निश्‍चय नै, यस्तो महान्‌ इनाम पाउनको लागि जस्तोसुकै त्याग गर्नुपरे तापनि बेकार हुँदैन!

तथापि अहिले पनि पाउन सकिने इनामहरू छन्‌। त्यस विषयमा येशू दृढताका साथ भन्‍नुहुन्छ: “मेरो र सुसमाचारको खातिर जसले घर वा दाजुभाइ वा दिदीबहिनी वा आमा वा बुबा वा छोराछोरी वा जग्गा-जमिन छोड्‌छ, उसले अहिले खेदोका साथै कैयौं गुणा घर, दाजुभाइ, दिदीबहिनी, आमा, छोराछोरी, जग्गा-जमिन र आउने युगमा अनन्त जीवन पाउनेछ।”

येशूले प्रतिज्ञा गरेझैं संसारमा उहाँका चेलाहरू जहाँ गए तापनि तिनीहरूले आफ्ना निजी परिवारका सदस्यहरूसँग भन्दा बढी अनमोल र नजिकको सम्बन्ध आफ्ना सँगी ख्रीष्टियनसित अनुभव गर्छन्‌। ती धनी व्यक्‍तिले यो इनाम मात्र होइन तर परमेश्‍वरको स्वर्गीय राज्यमा अनन्त जीवन पाउने इनाम पनि गुमाउँछन्‌।

त्यसपछि येशू भन्‍नुहुन्छ: “तर धेरै जना जो पहिला छन्‌, ती पछिल्ला हुनेछन्‌ र जो पछिल्ला छन्‌, ती पहिला हुनेछन्‌।” यसको अर्थ के हो?

उहाँले भन्‍नुभएको अर्थ यो हो कि ती धनी व्यक्‍तिजस्ता धेरै, जो धर्मको नाममा सुविधाहरू पाउन “पहिला” छन्‌, तिनीहरू राज्यमा प्रवेश गर्न पाउनेछैनन्‌। तिनीहरू “पछिल्ला” हुनेछन्‌। तर येशूका नम्र चेलाहरूसमेत अरू धेरै जना, जसलाई आत्मश्रेष्ठ फरिसीहरूले “पछिल्ला” अर्थात्‌ पृथ्वीका मानिस, एमहारेट्‌स भनी हेय दृष्टिले हेर्छन्‌, तिनीहरूचाहिं “पहिला” हुनेछन्‌। तिनीहरू “पहिला” हुनुको अर्थ ख्रीष्टसँगै परमेश्‍वरको राज्यमा सह-शासक हुने विशेषाधिकार तिनीहरूले प्राप्त गर्नेछन्‌। मर्कूस १०:१७-३१; मत्ती १९:१६-३०; लूका १८:१८-३०.

▪ धनी जवान मानिस स्पष्टतया कस्तो व्यक्‍ति हुन्‌?

▪ आफूलाई असल भनेकोमा येशू किन आपत्ति जनाउनुहुन्छ?

▪ जवान व्यक्‍तिको उदाहरणले धनी हुनुमा खतरा छ भनी कसरी प्रदर्शित गर्छ?

▪ येशूले आफ्ना अनुयायीहरूलाई कुन-कुन इनाम दिने प्रतिज्ञा गर्नुहुन्छ?

▪ पहिला कसरी पछिल्ला र पछिल्ला कसरी पहिला हुन्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने