प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • T-19 pp. २-६
  • के यो संसार रहिरहनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के यो संसार रहिरहनेछ?
  • के यो संसार रहिरहनेछ?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एउटा संसारको अन्त हुन्छ—त्यसको ठाउँमा अर्को आउँछ
  • यस संसारको भविष्य
  • “चिह्न”
  • “संसारको अन्त” नजिक छ!
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • पानीले संसारलाई नष्ट गऱ्‍यो​—⁠के फेरि त्यस्तो हुनेछ?
    महान्‌ शिक्षकबाट सिकौं
  • के आफ्नो विश्‍वास द्वारा तपाईंले संसारलाई दोषी ठहऱ्‍याउँनु हुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • हामी अझ बढी जागा हुनु जरुरी छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
के यो संसार रहिरहनेछ?
T-19 pp. २-६

के यो संसार रहिरहनेछ?

संसारको अन्तबारे यतिका धेरै चर्चा त अरू कुनै पनि पुस्तामा गरिएन। संसार एउटा आणविक युद्धमा ध्वस्त होला भन्‍ने डर धेरैको छ। कोही चाहिं यो संसारलाई प्रदूषणले नै सखाप पार्ला भनी सोच्छन्‌। तर अझ अरूहरूले चाहिं आर्थिक उथलपुथलको कारण बथानका बथान मानिसहरू एकअर्काको विरुद्धमा जाइलाग्ने छन्‌ भनी विश्‍वास गर्छन्‌।

के साँच्चै नै यो संसारको अन्त हुने हो त? हो भने, यसको अर्थ के हुनेछ? के पहिले पनि संसारको अन्त भएको थियो?

एउटा संसारको अन्त हुन्छ—त्यसको ठाउँमा अर्को आउँछ

हो, पहिले पनि संसारको अन्त भएको थियो। नूहको पालोमा अति नै भ्रष्ट भएको संसारबारे विचार गर्नुहोस्‌। त्यसको व्याख्या बाइबल यसरी गर्दछ: “त्यस समयको संसार जलमय भएर नष्ट भएको थियो।” बाइबल अझ यसो पनि भन्छ: “[परमेश्‍वरले] अभक्‍तहरूको संसार जलप्रलय गराउनु हुँदा धर्मको प्रचारक नूह र अरू सातजनालाई जोगाउनुभयो।”—२ पत्रुस २:५; ३:६.

त्यतिखेर संसारको अन्त हुनुको अर्थ के थियो र के चाहिं थिएन, एकछिन सोच्नुहोस्‌। त्यसको अर्थ मानवजातिको अन्त थिएन। नूह र तिनको परिवार त्यस विश्‍वव्यापी जलप्रलयमा बाँचे। हाम्रो यो ग्रह अर्थात्‌ पृथ्वी र तारै तारा जडेको सुन्दर आकाश पनि रहिनै रह्‍यो। “अभक्‍त [मानिसहरूको] संसार” अर्थात्‌ एउटा दुष्ट रीतिरिवाज मात्र नष्ट भएर गयो।

जसै नूहको सन्तान बढ्‌दै गयो, एउटा अर्को संसारको विकास भयो। त्यो दोस्रो संसार अथवा रीतिरिवाज हाम्रो समयसम्म चलिआएको छ। त्यसको इतिहास युद्ध, अपराध र हिंसाले भरिएको छ। अब यस संसारलाई चाहिं के हुने हो? के यो रहिरहनेछ?

यस संसारको भविष्य

नूहको पालोको संसार नष्ट भयो भनी सकेपछि, बाइबल अझ यसो भन्छ: “अहिलेको आकाश र पृथ्वी चाहिं त्यही वचनले . . . आगोको निम्ति साँचेर राखिएका छन्‌।” (२ पत्रुस ३:७) हो, बाइबलको एक जना अर्को लेखकले बयान गरेझैं: “संसार [जुन आज कायम छ] बितेर जान्छ।”—१ यूहन्‍ना २:१७.

बाइबलको भनाइको अर्थ साँच्चिकै पृथ्वी वा तारामय आकाश बितेर जाने होइन। यी कुराहरू नूहको पालोमा पनि बितेर गएनन्‌। (भजन १०४:५) बरु, संसारको “आकाश” अर्थात्‌ शैतानको वशमा रहेका सरकारी शासकहरू र त्यसको “पृथ्वी” अर्थात्‌ मानव समाज आगोले डढेझैं नष्ट हुनेछन्‌। (यूहन्‍ना १४:३०; २ कोरिन्थी ४:४) जलप्रलय हुनुभन्दा अघिको संसार नष्ट भएझैं यो संसार पनि निश्‍चय नै नष्ट भएर जानेछ। यस संसारको अन्त हुनुभन्दा ठीक अघि हुने कुराहरूको एउटा उदाहरण दिनुहुँदा येशू ख्रीष्टले पनि “नूहको दिनको” चर्चा गर्नुभयो।—मत्ती २४:३७-३९.

यहाँ महत्त्वपूर्ण कुरा के हो भने, “तपाईंको आगमन र जगतको अन्तको चिह्न के हुन्छ” भनेर येशूका प्रेरितहरूले सोधेका प्रश्‍नको उत्तरमा नै उहाँले नूहका दिनहरूको कुरा गर्नु भएको थियो। (मत्ती २४:३) यो संसारको अन्त हुनेछ भनी येशूका अनुयायीहरूलाई थाह थियो। के यसले गर्दा तिनीहरू भयभीत भए?

यसको ठीक विपरीत, संसारको अन्त हुनुभन्दा अघि हुने घटनाहरूको वर्णन गरिसक्नुभएपछि, येशूले तिनीहरूलाई आनन्दित हुने प्रोत्साहन दिनुभयो किनभने त्यसको अर्थ ‘तिनीहरूको छुटकारा नजिकै’ आएको हुने थियो। (लूका २१:२८) हो, शैतान र त्यसको दुष्ट रीतिरिवाजबाट छुटकारा पाएर तिनीहरूले एउटा शान्तिपूर्ण नयाँ संसारमा प्रवेश पाउने थिए!—२ पत्रुस ३:१३.

तर यो संसारको अन्त कहिले हुने हो? उहाँको “आगमन र जगतको अन्त[बारे]” येशूले के “चिह्न” दिनुभयो?

“चिह्न”

यहाँ “आगमन” भनेर अनुवाद गरिएको युनानी शब्द पारुसिया हो र त्यसको अर्थ “उपस्थिति” अर्थात्‌ एकसाथ हुनु हो। अतः “चिह्न” देखा पर्नुको अर्थ ख्रीष्ट चाँडै आउनु हुनेछ नभएर, उहाँ आइसक्नुभएको अर्थात्‌ उहाँ उपस्थित भइसक्नुभएको हुने थियो। त्यसको अर्थ उहाँ राजा हुनु भएर स्वर्गबाट अदृश्‍य रूपमा शासन गर्न थालिसक्नुभएको र साथै उहाँले आफ्ना शत्रुहरूलाई नाश गर्ने समय पनि नजीकै आइसकेको हुने थियो।—प्रकाश १२:७-१२; भजन ११०:१, २.

येशूले “चिह्न[को]” रूपमा एउटा घटनाको मात्र चर्चा गर्नु भएन। उहाँले धेरै विश्‍व घटनाहरू र स्थितिहरूको वर्णन गर्नुभयो। ती सबै कुराहरू बाइबलका लेखकहरूले “आखिरी दिन” भनेका समयावधिभित्र हुने थिए। (२ तिमोथी ३:१-५; २ पत्रुस ३:३, ४) येशूले “आखिरी दिन[मा]” हुने केही घटनाहरूको अग्रिमवाणी गर्नु भएको थियो। तीमध्येका केही घटनाहरूलाई अब विचार गर्नुहोस्‌।

“जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ।” (मत्ती २४:७) आधुनिक समयमा युद्धले यस्तो व्यापक रूप धारण गरेको छ जस्तो कि पहिले कहिल्यै गरेको थिएन। एक जना इतिहासकारले यसो भने: “प्रथम विश्‍वयुद्ध [१९१४ मा सुरु भएको] ‘धुनधानसित’ लडिएको प्रथम युद्ध थियो।” तर योभन्दा विनाशकारी त दोस्रो विश्‍वयुद्ध थियो। र आज पनि युद्धले पृथ्वीमा उत्पात मच्चाइ रहेको छ। हो, येशूका शब्दहरू सबैले देख्ने र बुझ्ने गरी पूरा भएका छन्‌।

“अनिकाल हुनेछ।” (मत्ती २४:७) प्रथम विश्‍व-युद्ध पश्‍चात्‌ इतिहासको सायद सबैभन्दा ठूलो अनिकाल आइपऱ्‍यो। दोस्रो विश्‍वयुद्धपछि पनि डरलाग्दो अनिकाल पऱ्‍यो। पृथ्वीको जनसंख्याको पाँच भागमा एक भाग मानिसहरू कुपोषणको कारण पीडित छन्‌ र यसले गर्दा प्रत्येक साल करिब १ करोड चालीस लाख केटाकेटीहरू मर्छन्‌। “अनिकाल” पनि साँच्चै नै आइ परेको छ।

“ठूला ठूला भैंचालोहरू जानेछ।” (लूका २१:११) सन्‌ १९१४ देखि यता, प्रत्येक साल भैंचालोहरूले गर्दा पहिलेका शताब्दीहरूमा भन्दा दश गुणा बढी मानिसहरू मरेका छन्‌। तीमध्ये केही विशेष घटनाहरूलाई मात्र विचार गर्नुहोस्‌: १९२०, चीनमा २,००,००० मारिए; १९२३, जापानमा १,४०,००० मारिए वा बेपत्ता भए; १९३९, टर्कीमा ३२,७०० मारिए; १९७०, पेरुमा ६६,८०० मारिए; र १९७६, चीनमा करिब २,४०,००० (अथवा केही स्रोतहरूअनुसार ८,००,०००) जना घाइते भए। निश्‍चय नै, “ठूला ठूला भैंचालोहरू” गए!

“विभिन्‍न ठाउँहरूमा रूढी हुनेछ।” (लूका २१:११) प्रथम विश्‍वयुद्ध समाप्त हुने बित्तिकै करिब २ करोड १० लाख मानिसहरू स्पेनिस फ्लुको कारण मरे। सायन्स डाइजेस्ट-को रिर्पोटअनुसार: “सारा इतिहासभरि मृत्युले योभन्दा बढी कठोरता र वेगसित कहिल्यै हमला गरेको थिएन।” त्यस बेलादेखि यता, मुटुको व्यथा, क्यान्सर, एड्‌स र अन्य रोगहरूले सयकडौं मानिसहरूलाई मारेका छन्‌।

“अधर्म बढेको।” (मत्ती २४:१२) सन्‌ १९१४ देखि हाम्रो संसार अपराध र हिंसाको संसार भएको छ। कति ठाउँहरूमा त मानिसहरू दिउँसै पनि सडकहरूमा हिंड्‌न डराउँछन्‌। रात परेपछि तिनीहरू आ-आफ्नो ढोकामा ताल्चा र बारहरू लगाएर घरभित्रै बस्छन्‌। बाहिर जान डराउँछन्‌।

अन्य अरू कुराहरू पनि आखिरी दिनमा हुनेछन्‌ भनी भविष्यवाणी गरिएको थियो। ती कुराहरू पनि पूरा भइरहेका छन्‌। यसको अर्थ संसारको अन्त नजिकै छ। तर खुसीको कुरा के हो भने, बाँच्ने मानिसहरू पनि हुनेछन्‌। “संसार बितेर जान्छ” भनिसकेपछि बाइबलमा यो प्रतिज्ञा पनि गरिएको छ: “परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्‍ना २:१७.

यसकारण, हामीले परमेश्‍वरको इच्छा सिक्नु र सोही बमोजिम गर्नु आवश्‍यक छ। अनि मात्र हामी यस संसारको अन्त हुँदा बाँच्न सक्नेछौं र परमेश्‍वरको नयाँ संसारको आशिष्‌हरू सदाका लागि उपभोग गर्न सक्ने छौं। बाइबलमा पाइने प्रतिज्ञाअनुसार, त्यतिखेर: “परमेश्‍वरले . . . [मानिसहरूका] आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन।”—प्रकाश २१:३, ४.

अन्यथा उल्लिखित नभए यस पर्चामा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल-बाट लिइएका हुन्‌। उद्धरणपछि जहाँ NW देख्नुहुन्छ, त्यहाँ अंग्रेजी भाषाको न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स विथ रेफरेन्स-बाट उद्धृत गरिएका हुन्‌।

[पृष्ठ ६-मा भएको चित्रको स्रोत]

Photo Credits: Airplane: USAF photo. Child: WHO photo by W. Cutting. Earthquake: Y. Ishiyama, Hokkaido University, Japan.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने