प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gf पाठ १० पृ. १६-१७
  • साँचो धर्म कसरी चिन्‍ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो धर्म कसरी चिन्‍ने
  • तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले स्वीकार्नुहुने उपासना
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • साँचो धर्मको पहिचान गर्नु
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • झूटो धर्मलाई इन्कार गर्नुहोस्‌!
    तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
  • साँचो धर्म कसरी चिन्‍न सक्छु?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
gf पाठ १० पृ. १६-१७

पाठ १०

साँचो धर्म कसरी चिन्‍ने

तपाईं परमेश्‍वरको मित्र हुन चाहनुहुन्छ भने तपाईंले परमेश्‍वरबाट अनुमोदन प्राप्त धर्म मान्‍नैपर्छ। “साँचोसँग पुज्ने” मानिसहरूले परमेश्‍वरलाई “सत्यतामा” पुज्नेछन्‌ भनेर येशूले बताउनुभयो। (यूहन्‍ना ४:२३, २४) परमेश्‍वरलाई उपासना गर्ने एउटै मात्र सही तरिका छ। (एफिसी ४:४-६) साँचो धर्मले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भने झूटो धर्मले विनाशतर्फ डोऱ्‍याउँछ।—मत्ती ७:१३, १४.

एक जना यहोवाको साक्षीलाई नियालिरहेका छिमेकीहरू

साँचो धर्म पालन गर्ने मानिसहरूलाई हेरेर तपाईं साँचो धर्म चिन्‍न सक्नुहुन्छ। यहोवा असल हुनुभएकोले उहाँका साँचो उपासकहरू पनि असल मानिसहरू हुनुपर्छ। असल सुन्तलाको बोटले असल फल फलाएझैं साँचो धर्मले पनि मानिसहरूलाई असल बनाउँछ।—मत्ती ७:१५-२०.

यहोवाका मित्रहरू बाइबललाई गहिरो आदर गर्छन्‌। तिनीहरूलाई बाइबल परमेश्‍वरबाट आएको हो भनेर थाह छ। तिनीहरू बाइबलले बताएअनुसार आफ्नो जीवन बिताउँछन्‌, समस्याहरू समाधान गर्छन्‌ र अरूलाई परमेश्‍वरबारे सिक्न मदत गर्छन्‌। (२ तिमोथी ३:१६) तिनीहरू आफूले जे सिकाउँछन्‌, त्यही व्यवहारमा उतार्ने कोसिस पनि गर्छन्‌।

यहोवाका मित्रहरू आपसमा प्रेम देखाउँछन्‌। येशूले परमेश्‍वरबारे सिकाउनुका साथै बिरामीहरूलाई निको पार्नुभएर मानिसहरूप्रति प्रेम देखाउनुभयो। साँचो धर्म मान्‍नेहरूले पनि अरूप्रति प्रेम देखाउँछन्‌। येशूले जस्तै तिनीहरूले पनि गरिब वा अर्कै जातका मानिसहरूलाई तुच्छ ठान्दैनन्‌। चेलाहरूबीचको आपसी प्रेमले गर्दा नै तिनीहरू उहाँका चेलाहरू हुन्‌ भनेर चिनिनेछन्‌ भनी येशूले बताउनुभयो।—यूहन्‍ना १३:३५.

परमेश्‍वरका मित्रहरू परमेश्‍वरको नाउँ, यहोवाको आदर गर्छन्‌। यदि कोही व्यक्‍तिले तपाईंको नाउँ प्रयोग गर्न इन्कार गऱ्‍यो भने के ऊ तपाईंको घनिष्ठ मित्र हुनसक्छ र? अहँ, हुन सक्दैन! हामी आफ्नो मित्रलाई नाउँ काढेर बोलाउँछौं र अरू मानिससित त्यस मित्रबारे असल कुराहरू गर्छौं। त्यसैले परमेश्‍वरको मित्र हुन चाहनेहरूले पनि उहाँको नाउँ प्रयोग गर्नुका साथै अरूलाई उहाँबारे बताउनुपर्छ। यहोवा पनि हामीले त्यसै गरेको चाहनुहुन्छ।—मत्ती ६:९; रोमी १०:१३, १४.

येशूले जस्तै परमेश्‍वरका मित्रहरू मानिसहरूलाई परमेश्‍वरको राज्यबारे सिकाउँछन्‌। परमेश्‍वरको राज्य एउटा स्वर्गीय सरकार हो र त्यसले पृथ्वीलाई प्रमोदवनमा परिणत गर्नेछ। परमेश्‍वरको राज्यबारे यो सुसमाचार परमेश्‍वरका मित्रहरूले अरूलाई बताउँछन्‌।—मत्ती २४:१४.

यहोवाका साक्षीहरू परमेश्‍वरको मित्र हुने कोसिस गर्छन्‌। तिनीहरू बाइबललाई आदर गर्छन्‌ र आपसमा प्रेम गर्छन्‌। तिनीहरूले परमेश्‍वरको नाउँ प्रयोग गर्नुका साथै आदर गर्छन्‌ र अरूलाई परमेश्‍वरको राज्यबारे सिकाउँछन्‌। आज पृथ्वीमा यहोवाका साक्षीहरू साँचो धर्म मान्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने