प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jt पृ. ३-५
  • तिनीहरू को हुन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरू को हुन्‌?
  • यहोवाका साक्षीहरू—तिनीहरू को हुन्‌? तिनीहरू के विश्‍वास गर्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूको नाउँ
  • यहोवाका साक्षीहरू के विश्‍वास गर्छन्‌?
    यहोवाका साक्षीहरू के विश्‍वास गर्छन्‌?
  • हामीलाई किन यहोवाका साक्षीहरू भनिन्छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • परमेश्‍वर–उहाँ को हुनुहुन्छ?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
यहोवाका साक्षीहरू—तिनीहरू को हुन्‌? तिनीहरू के विश्‍वास गर्छन्‌
jt पृ. ३-५

तिनीहरू को हुन्‌?

यहोवाका साक्षीहरू, तपाईं तिनीहरूसित अझ राम्ररी परिचित हुनुहोस्‌ भन्‍ने चाहन्छन्‌। तिनीहरू तपाईंका छिमेकी, सहकर्मी होलान्‌ वा अरू कतै तपाईंले तिनीहरूलाई भेट्‌नुभएको हुन सक्छ। तपाईंले तिनीहरूलाई सडकमा हिंड्‌ने पैदलयात्रीहरूलाई पत्रिका दिइरहेको देख्नुभएको होला। अथवा तपाईंले आफ्नै घरमा तिनीहरूसित एक छिन कुरा गर्नुभएको हुन सक्छ।

वास्तवमा यहोवाका साक्षीहरू तपाईं र तपाईंको हितमा चासो राख्छन्‌। तिनीहरू तपाईंको साथी बन्‍न चाहन्छन्‌ अनि तपाईंलाई तिनीहरूको विषयमा, तिनीहरूको विश्‍वास, तिनीहरूको संगठन र तिनीहरूले मानिसहरू तथा हामी सबै बाँचिरहेको संसारबारे कस्तो महसुस गर्छन्‌ भनेर अझ बढी बताउन चाहन्छन्‌। यी सबै कुरा बताउन तिनीहरूले तपाईंको लागि यो पुस्तिका तयार पारेका हुन्‌।

यहोवाका साक्षीहरू थुप्रै तरिकामा अरू मानिसहरूजस्तै छन्‌। तिनीहरूले पनि अरू मानिसहरूले जस्तै आर्थिक, शारीरिक, भावनात्मक समस्याहरू भोग्छन्‌। तिनीहरूले कहिलेकाहीं गल्तीहरू गर्छन्‌ किनभने तिनीहरू सिद्ध छैनन्‌ वा भूल पटक्कै नगर्ने मानिसहरू होइनन्‌। तर तिनीहरू आफूले भोगेका कुराबाट पाठ सिक्ने प्रयास गर्छन्‌ अनि आवश्‍यक सुधारहरू गर्न लगनशील भएर बाइबल अध्ययन गर्छन्‌। तिनीहरूले परमेश्‍वरको इच्छाअनुसार गर्न उहाँलाई आफ्नो जीवन समर्पण गरेका छन्‌ र यो समर्पण पूरा गर्न आफूले सिकेका कुराहरू व्यवहारमा उतार्छन्‌। आफ्ना सबै गतिविधिमा तिनीहरू परमेश्‍वरको वचन र उहाँको पवित्र आत्माको डोऱ्‍याइ खोज्छन्‌।

आफ्नो विश्‍वास मानिसको परिकल्पना वा धार्मिक मतमा नभई बाइबलमा आधारित हुनुपर्छ भन्‍ने कुरालाई तिनीहरू एकदमै महत्त्वपूर्ण ठान्छन्‌। ईश्‍वरीय प्रेरणा पाएर लेख्ने प्रेरित पावलको यो अभिव्यक्‍तिसित तिनीहरू पूर्णतया सहमत छन्‌: “परमेश्‍वर सत्य र हरेक मानिस झूटो ठहरिओस्‌।” (रोमी ३:४) बाइबलमा पाइने कुराहरूबारे सिकाउँदा साक्षीहरू पावलले बिरियावासीहरूलाई प्रचार गर्दा तिनीहरूले अपनाएको तरिका अत्युत्तम ठान्छन्‌: “यिनीहरूले हृदयमा ज्यादै तयारी भएर धर्मशास्त्र ग्रहण गरे, र ती कुराहरू ठीक हुन्‌ कि होइनन्‌ भनेर दिनहुँ धर्मशास्त्रमा खोजी गर्थे।” (प्रेरित १७:११) तिनीहरूले सिकाएको होस्‌ वा अरू कसैले, सबै धार्मिक शिक्षाहरू प्रेरित धर्मशास्त्रमा जाँचेर हेर्नुपर्छ भनी यहोवाका साक्षीहरू विश्‍वास गर्छन्‌। तिनीहरूसित छलफल गर्नुहुँदा तपाईंले यसै गर्नुहोस्‌ भनेर तिनीहरू निमन्त्रणा दिन्छन्‌— हो, आग्रह गर्छन्‌।

यसबाट कुन कुरा प्रस्ट हुन्छ भने, यहोवाका साक्षीहरू बाइबल परमेश्‍वरको वचन हो भनेर विश्‍वास गर्छन्‌। यसमा भएका ६६ वटै पुस्तक ईश्‍वर प्रेरित हुन्‌ र इतिहासले पनि यसलाई समर्थन गर्छ भनेर विश्‍वास गर्छन्‌। साधारणतया नयाँ नियम भनिने अंशलाई तिनीहरू मसीही युनानी धर्मशास्त्र र पुरानो नियमलाई हिब्रू धर्मशास्त्र भन्छन्‌। तिनीहरू युनानी र हिब्रू धर्मशास्त्र दुवैलाई मान्यता दिन्छन्‌ र लाक्षणिक वा प्रतीकात्मक अभिव्यक्‍ति अथवा परिस्थितिलाई संकेत नगरिएका कुराहरू शाब्दिक अर्थमै बुझ्छन्‌। तिनीहरूले बाइबलका थुप्रै भविष्यवाणीहरू पूरा भइसके, अरू कतिपय पूरा भइरहेका छन्‌ र कतिचाहिं पूरा हुन बाँकी छन्‌ भनेर बुझेका छन्‌।

तिनीहरूको नाउँ

यहोवाका साक्षीहरू? हो, तिनीहरू आफूलाई यस नाउँद्वारा चिनाउँछन्‌। यो नाउँले नै तिनीहरूको कामबारे बताउँछ अर्थात्‌ तिनीहरू यहोवा, उहाँको ईश्‍वरत्व र उहाँका उद्देश्‍यहरूबारे साक्षी दिन्छन्‌। “परमेश्‍वर,” “परमप्रभु” र “सृष्टिकर्ता” भनेको “राष्ट्रपति,” “राजा” र “सेनापति” भनेझैं पदवी मात्र हुन्‌ र ती बेग्लाबेग्लै व्यक्‍तिहरूलाई सम्बोधन गर्न प्रयोग गर्न सकिन्छ। तर “यहोवा” भनेको एउटा व्यक्‍तिगत नाउँ हो र यसले सर्वशक्‍तिमान्‌ परमेश्‍वर तथा ब्रह्‍माण्डको सृष्टिकर्तालाई बुझाउँछ। बाइबलको किंग जेम्स संस्करणअनुसार भजन ८३:१८ मा यही कुरा बताइएको छ: “तिनीहरूले जानून्‌ कि तपाईं जसको नाउँ यहोवा हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।”

यहोवा (वा रोमन क्याथोलिक जेरुशलेम बाइबल र अरू शास्त्रविद्‌हरूले बढी रुचाउने याहवे) भन्‍ने नाउँ मूल हिब्रू धर्मशास्त्रमा लगभग ७,००० चोटि उल्लेख गरिएको छ। धेरैजसो बाइबलहरूले उक्‍त नाउँ प्रयोग गरेका छैनन्‌ तर त्यसको सट्टा “परमेश्‍वर” वा “परमप्रभु” प्रयोग गर्छन्‌। तथापि, यी बाइबलहरूमा पनि मूल हिब्रू पदमा यहोवाको नाउँ कहाँ प्रयोग गरिएको थियो भनेर भन्‍न सकिन्छ किनभने ती ठाउँहरूमा परमप्रभु वा परमेश्‍वर भन्‍ने पदवीहरू प्रयोग गरिएका छन्‌। थुप्रै आधुनिक अनुवादहरूले यहोवा वा याहवे भन्‍ने नाउँ प्रयोग गरेका छन्‌। यसैकारण न्यु वर्ल्ड ट्रान्सलेसन-ले यशैया ४२:८ मा यसो भन्छ: “म यहोवा हुँ। मेरो नाउँ त्यही हो।”

यहोवाका साक्षीहरूले यो नाउँ धारण गर्नुको धर्मशास्त्रीय आधार यशैयाको ४३ अध्यायमा पाइन्छ। त्यहाँ संसारलाई अदालतको एउटा बहस कक्षसित तुलना गरिएको छ: संसारका देवहरूलाई धार्मिकताको दाबी प्रमाणित गर्न आफ्ना साक्षीहरू ल्याउने आग्रह गरिएको छ अथवा तिनीहरूले यहोवाको पक्षका साक्षीहरूको तर्क सुनेर सत्य मानिलिनुपर्छ। यहोवाले आफ्ना साक्षीहरूलाई यस्तो घोषणा गर्नुभएको छ: “तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ। तिमीहरूले मलाई जान्‍न र विश्‍वास गर्न सक, र म उही हुँ भनी बुझ्न सक। मेरो अघि कोही परमेश्‍वर थिएन, नता मेरो पछि कोही हुनेछ।”—यशैया ४३:१०, ११.

येशूको जन्म हुनुभन्दा हजारौं वर्षअघि पनि यस पृथ्वीमा यहोवा परमेश्‍वरका साक्षीहरू थिए। हिब्रू अध्याय ११ ले विश्‍वासी मानिसहरूको सूची बताइसकेपछि हिब्रू १२:१ मा यसो भनिएको छ: “यसैकारण हामी पनि, यतिका गवाहीका मेघले घेरिएका हुनाले, हर किसिमको टण्टा र हामीलाई सजिलैसित अल्मल्याउने पापलाई पन्छाएर हाम्रा सामनेमा राखिदिएको दौड धीरजसँग दौडौं।” येशूले पन्तियस पिलातससामु यसो भन्‍नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ।” उहाँलाई “विश्‍वासयोग्य र साँचो साक्षी” भनिएको छ। (यूहन्‍ना १८:३७; प्रकाश ३:१४) येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्‍ति पाउनेछौ, औ तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।”—प्रेरित १:८.

यसैकारण येशू ख्रीष्टले शासन गर्नुहुने यहोवाको राज्यबारे २३५ वटा मुलुकमा घोषणा गरिरहेका ६१,००,००० जति व्यक्‍तिले आफूलाई यहोवाको साक्षी भनी चिनाउनु एकदमै उपयुक्‍त ठान्छन्‌।

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

तिनीहरू परमेश्‍वरको इच्छाअनुसार गर्न उहाँमा समर्पित छन्‌

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

तिनीहरू बाइबल परमेश्‍वरको वचन हो भनेर विश्‍वास गर्छन्‌

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

यो नाउँ अदालतको बहस कक्षमा भएको घटनासित तुलना गरिएको छ

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

संसारका २३५ भन्दा बढी मुलुकमा ६१,००,००० जति साक्षीहरू छन्‌

[पृष्ठ ३-मा भएको चित्र]

तिनीहरू तपाईंको ख्याल राख्छन्‌

[पृष्ठ ४-मा भएको चित्र]

पुरातन हिब्रू भाषामा परमेश्‍वरको व्यक्‍तिगत नाउँ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने