भाग २
“यहोवा न्याय मन पराउनुहुन्छ”
आज संसारमा अन्याय व्याप्त छ अनि यसको लागि मानिसहरू अक्सर परमेश्वरलाई दोष दिन्छन्। तर बाइबलले एउटा मन छुने सत्य सिकाउँछ। त्यो हो, “यहोवा न्याय मन पराउनुहुन्छ।” (भजन ३७:२८) यस भागमा हामी यहोवाले यो कुरा सत्य हो भनेर कसरी प्रमाणित गर्नुभएको छ अनि यसले कसरी सम्पूर्ण मानिसजातिलाई आशा दिएको छ भनेर सिक्नेछौँ।