प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lr chap. ११ pp. ६२-६६
  • परमेश्‍वरका स्वर्गदूतहरूबाट मदत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरका स्वर्गदूतहरूबाट मदत
  • महान्‌ शिक्षकबाट सिकौं
  • मिल्दोजुल्दो सामग्री
  • स्वर्गदूतहरूले तपाईंलाई कसरी मदत गर्नसक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • स्वर्गदूतहरू—“सेवा गर्ने आत्मा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • स्वर्गदूतहरूले हामीलाई कसरी मदत गर्न सक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • वफादार स्वर्गदूतहरूको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
महान्‌ शिक्षकबाट सिकौं
lr chap. ११ pp. ६२-६६

अध्याय ११

परमेश्‍वरका स्वर्गदूतहरूबाट मदत

कोही-कोही मानिस आफूले देखेको कुरामा मात्र विश्‍वास गर्न सक्छु भन्छन्‌। तर त्यस्तो सोचाइ राख्नु मूर्खता हो। हामीले देख्न नसक्ने थुप्रै कुरा हामी वरपर छन्‌। तिमी कुनै एउटा भन्‍न सक्छौ?—

हामीले सास फेर्ने हावा नि? के हामी त्यसलाई महसुस गर्न सक्छौं?— आफ्नो हातमा फुकिहेर त! केही महसुस गऱ्‍यौ?— गऱ्‍यौ नि होइन! तर के तिमी हावालाई देख्न सक्छौ?—

हामीले अदृश्‍य व्यक्‍तिहरूबारे कुरा गरिसक्यौं। हामी तिनीहरूलाई देख्न सक्दैनौं। तिनीहरूमध्ये कोही असल र कोही खराब छन्‌ भनी हामीले सिकिसक्यौं। हामीले देख्न नसक्ने केही अदृश्‍य व्यक्‍तिहरू को-को हुन्‌, भन्‍न सक्छौ?— हो, यहोवा परमेश्‍वर, येशू अनि असल स्वर्गदूतहरू। के खराब स्वर्गदूतहरू पनि छन्‌ त?— बाइबल भन्छ, छन्‌। तिनीहरूबारे तिमीले के सिक्यौ मलाई भन त!—

हामीलाई थाह भएको एउटा कुरा, असल र खराब दुवै किसिमका स्वर्गदूतहरू हामीभन्दा शक्‍तिशाली छन्‌। महान्‌ शिक्षकलाई स्वर्गदूतहरूबारे धेरै कुरा थाह थियो। किनकि पृथ्वीमा जन्मनुअघि उहाँ स्वर्गदूत हुनुहुन्थ्यो। उहाँ स्वर्गमा अरू स्वर्गदूतसित बस्नुहुन्थ्यो। उहाँ लाखौं स्वर्गदूतलाई चिन्‍नुहुन्थ्यो। के यी सबै स्वर्गदूतको नाम छ?—

परमेश्‍वरले ताराहरूको नाम राख्नुभएको छ भनी हामीले सिकिसक्यौं। त्यसैले सबै स्वर्गदूतको पनि नाम छ भन्‍ने कुरामा हामी पक्का हुन सक्छौं। अनि तिनीहरू एकअर्कासित कुरा गर्न सक्छन्‌ भनेर पनि हामीलाई थाह छ किनभने बाइबलले “स्वर्गदूतहरूको भाषा” छ भनी बताउँछ। (१ कोरिन्थी १३:१) स्वर्गदूतहरूले के कुरा गर्छन्‌ होला? के तिनीहरू हामी पृथ्वीमा बस्नेहरूबारे कुरा गर्छन्‌?—

सैतानका स्वर्गदूतहरू अर्थात्‌ दुष्ट स्वर्गदूतहरू हामीलाई यहोवाको आज्ञा नमान्‍न लगाउन खोजिरहेका छन्‌ भनी हामीलाई थाह छ। त्यसैले हामीलाई कसरी यहोवाको आज्ञा तोड्‌न लगाउने भन्‍नेबारे तिनीहरू पक्कै कुरा गर्छन्‌। हामी तिनीहरूजस्तै भएको र यहोवाले हामीलाई पनि मन नपराएको तिनीहरू चाहन्छन्‌। तर परमेश्‍वरका वफादार स्वर्गदूतहरूबारे के भन्‍न सकिन्छ? तिनीहरू पनि हामीबारे कुरा गर्छन्‌ कि?— हो, गर्छन्‌। तिनीहरू हामीलाई मदत गर्न चाहन्छन्‌। यहोवालाई प्रेम गर्ने र उहाँको सेवा गर्ने मानिसहरूलाई परमेश्‍वरका केही स्वर्गदूतले कसरी मदत गरे, अब म बताउँछु है!

उदाहरणका लागि, बेबिलोन भन्‍ने ठाउँमा दानियल नामका मानिस बस्थे। त्यहाँका थुप्रै मानिस यहोवालाई प्रेम गर्दैन थिए। यहोवा परमेश्‍वरलाई प्रार्थना गर्ने जो-कोहीलाई पनि सजाय दिइनेछ भन्‍ने नियमसमेत उनीहरूले बनाए। तर दानियलले यहोवालाई प्रार्थना गर्न छोडेनन्‌। त्यसपछि उनीहरूले दानियललाई के गरे, तिमीलाई थाह छ?—

हो, खराब मानिसहरूले दानियललाई सिंहको खोरमा फाल्न लगाए। त्यहाँ भोकाएका सिंहहरूबीच दानियल एक्लै थिए। तिनलाई के भयो, तिमीलाई थाह छ?— दानियलले भने, ‘सिंहहरूका मुख थुनिदिनलाई मेरा परमेश्‍वरले आफ्ना स्वर्गदूत पठाउनुभयो।’ तिनलाई केही पनि भएन! यहोवाको सेवा गर्नेहरूका लागि स्वर्गदूतहरूले अचम्मका कामहरू गरिदिन सक्छन्‌।—दानियल ६:१८-२२.

दानियललाई बचाउन परमेश्‍वरले के गर्नुभयो?

अनि पत्रुस पनि झ्यालखानामा परेका थिए। तिमीलाई याद छ होला, पत्रुस महान्‌ शिक्षक येशू ख्रीष्टका साथी थिए। पत्रुसले येशू परमेश्‍वरका छोरा हुनुहुन्छ भनी बताउँदा केही मानिसलाई मन परेन। त्यसैले उनीहरूले पत्रुसलाई झ्यालखानामा हाले। पत्रुस भाग्न नसकोस्‌ भनेर सिपाहीहरू त्यहाँ पाले बसिरहेका थिए। के कसैले पत्रुसलाई मदत गर्न सक्थ्यो?—

पत्रुस दुई जना सिपाहीको बीचमा सुतिरहेका थिए र तिनको हात साङ्‌लोले बाँधिएको थियो। तर बाइबल भन्छ: ‘हेर, यहोवाका स्वर्गदूत तिनको छेवैमा उभिए अनि झ्यालखानाको त्यो कोठा उज्यालो भयो। पत्रुसको कोखामा थपथपाएर ती स्वर्गदूतले तिनलाई यसो भन्दै जगाए: “छिटो उठ!” ’

पत्रुसलाई झ्यालखानाबाट निस्कन स्वर्गदूतले कसरी मदत गरे?

अनि त्यति नै बेला पत्रुसको हातको साङ्‌लो खुस्कियो! त्यसपछि ती स्वर्गदूतले तिनलाई भने: ‘तयार होऊ र आफ्नो जुत्ताको फित्ता कस र मेरो पछि-पछि आऊ।’ ती सिपाहीहरूले तिनीहरूलाई रोक्न सकेनन्‌ किनभने पत्रुसलाई स्वर्गदूतले मदत गरिरहेका थिए। तिनीहरू फलामे ढोकामा आइपुग्दा एउटा अचम्मको घटना घट्यो। त्यो ढोका आफसेआफ खुल्यो! पत्रुसले प्रचार गरिरहन सकोस्‌ भनेर ती स्वर्गदूतले तिनलाई झ्यालखानाबाट छुटाएका थिए।—प्रेषित १२:३-११.

परमेश्‍वरका स्वर्गदूतहरूले के हामीलाई पनि मदत गर्न सक्छन्‌?— हो, सक्छन्‌। के यसको अर्थ तिनीहरूले हामीलाई केही पनि हानि हुन दिंदैनन्‌ भनेको हो?— होइन, मूर्ख काम गऱ्‍यौं भने स्वर्गदूतहरूले हामीलाई दुःखबाट जोगाउँदैनन्‌। तर मूर्ख काम नगरे पनि हामीले दुःख भोग्न सक्छौं। स्वर्गदूतहरूलाई मानिसहरूमाथि दुःख आइपर्न नदिनू भनिएको छैन। यसको सट्टा परमेश्‍वरले तिनीहरूलाई एउटा खास काम दिनुभएको छ।

बाइबलले एक जना स्वर्गदूतबारे बताउँछ जसले सबैतिरका मान्छेहरूलाई परमेश्‍वरको उपासना गर्न भन्छन्‌। (प्रकाश १४:६, ७) ती स्वर्गदूत कसरी त्यसो भन्छन्‌? के तिनी मानिसहरूले आफ्नो आवाज सुनून्‌ भनेर ठूलो स्वरले स्वर्गबाट कराउँछन्‌?— त्यसो होइन। पृथ्वीमा भएका येशूका चेलाहरूले अरूलाई परमेश्‍वरबारे बताउँछन्‌ र स्वर्गदूतहरूले त्यो काममा उनीहरूलाई डोऱ्‍याउँछन्‌। परमेश्‍वरबारे साँच्चै जान्‍न चाहनेहरूलाई स्वर्गदूतहरूले सुन्‍ने मौका मिलाइदिन्छन्‌। हामी पनि यो प्रचारकार्यमा भाग लिन सक्छौं र स्वर्गदूतहरूले हामीलाई मदत गर्नेछन्‌।

तर परमेश्‍वरलाई प्रेम नगर्ने मान्छेहरूले हामीलाई दुःख दिए भने नि? उनीहरूले हामीलाई झ्यालखानामा हाले भने नि? के स्वर्गदूतहरूले हामीलाई छुटाउनेछन्‌?— सायद छुटाउलान्‌। तर तिनीहरूले सधैं त्यसो गर्दैनन्‌।

स्वर्गदूत पावललाई के भनिरहेका छन्‌?

येशूका चेला पावल एकचोटि कैदमा परेका थिए। तिनी डुङ्‌गामा यात्रा गरिरहेको समयमा ठूलो आँधीबेहरी आयो। तर स्वर्गदूतहरूले तिनलाई त्यति नै खेर छुटाएनन्‌। किनभने अरू मानिसले परमेश्‍वरबारे सुन्‍नु आवश्‍यक थियो। एक जना स्वर्गदूतले यसो भने: “नडराऊ पावल। तिमी सम्राट्‌सामु खडा हुनै पर्छ।” हो, संसारको शासक अर्थात्‌ सम्राट्‌लाई प्रचार गर्न सकोस्‌ भनेर पावललाई सम्राट्‌कहाँ लगिनेथियो। पावल कहाँ छन्‌ भनेर स्वर्गदूतहरूलाई सधैं थाह हुन्थ्यो र तिनीहरूले तिनलाई मदत गर्थे। हामी साँच्चै नै परमेश्‍वरको सेवा गर्छौं भने स्वर्गदूतहरूले हामीलाई पनि मदत गर्नेछन्‌।—प्रेषित २७:२३-२५.

स्वर्गदूतहरूले अर्को एउटा महत्त्वपूर्ण काम गर्नेछन्‌, त्यो पनि छिट्टै। दुष्ट मानिसहरूलाई परमेश्‍वरले नाश गर्ने समय धेरै नजिक छ। साँचो परमेश्‍वरको उपासना नगर्ने सबै नाश हुनेछन्‌। ‘स्वर्गदूतहरूलाई देख्न सक्दिनँ, त्यसैले तिनीहरूमाथि विश्‍वास गर्दिनँ’ भन्‍ने मानिसहरूले त्यति बेला आफू एकदमै गलत भएको थाह पाउनेछन्‌।—२ थिस्सलोनिकी १:६-८.

यसले हाम्रो लागि के अर्थ राख्छ?— परमेश्‍वरका स्वर्गदूतहरू जुन पक्षमा छन्‌ हामी पनि त्यही पक्षमा छौं भने तिनीहरूले हामीलाई मदत गर्नेछन्‌। तर के हामी तिनीहरूको पक्षमा छौं?— यहोवाको सेवा गर्छौं भने हामी तिनीहरूको पक्षमा हुन्छौं। अनि यहोवाको सेवा गर्छौं भने हामी अरूलाई पनि उहाँको सेवा गर्नुपर्छ भनी बताउनेछौं।

मानिसहरूको जीवनलाई स्वर्गदूतहरूले कसरी असर गर्छन्‌ भन्‍ने कुरा अझै सिक्न भजन ३४:७; मत्ती ४:११; १८:१०; लूका २२:४३ अनि प्रेषित ८:२६-३१ पढौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने