प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh पृ. १९९-पृ. २०१ अनु. ४
  • येशू ख्रीष्ट—प्रतिज्ञा गरिएको मसीह

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू ख्रीष्ट—प्रतिज्ञा गरिएको मसीह
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • मिल्दोजुल्दो सामग्री
  • के मसीहसम्बन्धी भविष्यवाणीहरूले येसु नै मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • मसीहबारे भविष्यवाणी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • तिनीहरूले मसीह आउने आशा गरेका थिए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • येशू ख्रीष्ट—परमेश्‍वरको ज्ञानको कुञ्जी
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
थप हेर्नुहोस्
बाइबलले वास्तवमा के सिकाउँछ?
bh पृ. १९९-पृ. २०१ अनु. ४

अतिरिक्‍त लेख

येशू ख्रीष्ट—प्रतिज्ञा गरिएको मसीह

हामीले मसीह चिन्‍न सकोस्‌ भनेर यहोवा परमेश्‍वरले तिनको जन्म, तिनले गर्ने सेवा र तिनको मृत्युबारे थुप्रै भविष्यवाणी लेख्न लगाउनुभयो। ती सबै भविष्यवाणी येशू ख्रीष्टमा पूरा भए। ती भविष्यवाणीमा दिइएका जानकारीहरू सही अनि विस्तृत थिए। उदाहरणको लागि मसीहको जन्म र बाल्यकालसित सम्बन्धित केही भविष्यवाणी विचार गरौं।

भविष्यवक्‍ता यशैयाले मसीहको जन्म राजा दाऊदको परिवारमा हुनेछ भनेका थिए। (यशैया ९:७) हुन पनि येशूको जन्म दाऊदको घरानामै भयो।—मत्ती १:१, ६-१७.

अर्को एक जना भविष्यवक्‍ता मीकाले मसीहको जन्म “बेतलेहेम एप्राता”-मा हुनेछ अनि पछि गएर तिनी राजा हुनेछन्‌ भनेर बताए। (मीका ५:२) येशूको जन्म हुँदा इस्राएलमा बेतलेहेम नामका दुइटा सहर थिए। एउटा, उत्तरी भागमा नासरत नजिकै थियो भने अर्कोचाहिं यहूदाको यरूशलेम नजिकै। यरूशलेम नजिकैको बेतलेहेमलाई पहिला एप्राता भनिन्थ्यो। भविष्यवाणी गरिएझैं येशूको जन्म त्यही एप्राता सहरमा भयो!—मत्ती २:१.

बाइबलको अर्को भविष्यवाणीअनुसार परमेश्‍वरको छोरालाई “मिश्र देशबाट” बोलाइने थियो। येशूका आमाबुबाले तिनी जन्मेको केही समयपछि तिनलाई मिश्रमा लगे। यहूदाका राजा हेरोदको मृत्युपछि बालक येशूलाई लिएर उनीहरू मिश्रबाट फर्के। यसरी भविष्यवाणी पूरा भयो।—होशे ११:१; मत्ती २:१५.

पृष्ठ २०० को पेटीमा मसीहसम्बन्धी अरू भविष्यवाणी दिइएका छन्‌। भविष्यवाणी लेखिएको पदलाई पूर्ति भएको पदसित दाँजेर हेर्नुहोस्‌। यसो गर्दा परमेश्‍वरको वचनमाथि तपाईंको विश्‍वास अझ बलियो हुनेछ।

यी भविष्यवाणी येशू जन्मनुभन्दा सयौं वर्षअघि लेखिएका थिए भन्‍ने कुरा नबिर्सनुहोस्‌। येशूले यसो भन्‍नुभयो: “मोशाको व्यवस्था, भविष्यवक्‍ताहरूको लेखोट र भजनहरूमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनै पर्छ।” (लूका २४:४४) यी सबै भविष्यवाणीका एक-एक विवरण कसरी पूरा भए, तपाईंले आफ्नै बाइबलमा जाँचेर हेर्न सक्नुहुन्छ।

मसीहसम्बन्धी भविष्यवाणीहरू

घटना

भविष्यवाणी

पूर्ति

यहूदाको कुलमा जन्म

उत्पत्ति ४९:१०

लूका ३:२३-३३

कन्या केटीको कोखबाट जन्म

यशैया ७:१४

मत्ती १:१८-२५

राजा दाऊदको वंश

यशैया ९:७

मत्ती १:१, ६-१७

यहोवाले आफ्नो छोरा भनी घोषणा गर्नुभयो

भजन २:७

मत्ती ३:१७

मानिसहरूले विश्‍वास गरेनन्‌

यशैया ५३:१

यूहन्‍ना १२:३७, ३८

गधामाथि सवार भएर यरूशलेम प्रवेश गर्नुभयो

जकरिया ९:९

मत्ती २१:१-९

घनिष्ठ साथीबाट विश्‍वासघात

भजन ४१:९

यूहन्‍ना १३:१८, २१-३०

तीस टुक्रा चाँदीको लागि धोका दिइयो

जकरिया ११:१२

मत्ती २६:१४-१६

आरोप लगाउनेहरूसामु मुख खोल्नुभएन

यशैया ५३:७

मत्ती २७:११-१४

उहाँको लुगाको लागि गोला हालियो

भजन २२:१८

मत्ती २७:३५

खम्बामा टाँगिंदा उहाँको अपमान

भजन २२:७, ८

मत्ती २७:३९-४३

उहाँको एउटै हड्डी भाँचिएन

भजन ३४:२०

यूहन्‍ना १९:३३, ३६

धनी मानिसको चिहानमा राखियो

यशैया ५३:९

मत्ती २७:५७-६०

शरीर कुहिनुअघि ब्यूँताइनुभयो

भजन १६:१०

प्रेषित २:२४, २७

परमेश्‍वरको दाहिने हाततर्फ बस्नुभयो

भजन ११०:१

प्रेषित ७:५६

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने