गीत ११७
यहोवाबाट सिकाइएको जन बनौं
छापिएको संस्करण
१. रमाउँदै आऊ अनि याहबारे सिक।
लेऊ सित्तैंमा जीवन दिने पानी।
असल निर्देशन, दिन्छन् याहले।
तृप्त पार्छन् सत्यका भोकालाई।
२. एकै ठाउँमा भेला हुन नछोडौं है;
सिक्नु छ हामीले सत्य कुरा।
पवित्र शक्ति, न्यानो भाइचारा,
ज्योतिमा हिंड्ने बल पाउँछौं त्यहाँ।
३. प्रशंसा गाउने ओठ प्रोत्साहनको स्रोत हो।
या’बाट सिक्ने जन बोल्छन् मिठो!
सधैं भेला होऔं याहका जनमाझ!
नछोडौं है साथ कहिल्यै तिनको!
(हिब्रू १०:२४, २५; प्रका. २२:१७ पनि हेर्नुहोस्)