गीत ९
यहोवाको प्रशंसा गर!
छापिएको संस्करण
१. प्रशंसा! या’को प्रशंसा!
महिमित त्यो नाउँ फैलाउनू!
होऊ सचेत! दिन छ नजिकै!
सुन है सुन त्यो साराले!
पुत्र राजा हुने बेला हो अहिले
लौ यहोवा भन्छन्।
देश देशका मानिसहरूलाई भन:
या’ले आशिष् अपार ल्याउँछन्!
(कोरस)
प्रशंसा! या’को प्रशंसा!
फैलाऊ या’को नाउँ चारैतिर!
२. प्रशंसा! गाऊ जोरसोरमा!
खुसीले गाऊ नाउँ याहको!
मन खोली, कृतज्ञ भई;
महिमा त्यो सुनाऊ उहाँको।
शक्तिशाली र सर्वोच्च याह
तर नम्र अनि भलो।
दया, कृपा र माया देखाउँछन्;
पुकारा सुन्छन् सबैको।
(कोरस)
प्रशंसा! या’को प्रशंसा!
फैलाऊ या’को नाउँ चारैतिर!
(भज. ८९:२७; १०५:१; यर्मि. ३३:११ पनि हेर्नुहोस्)