गीत ६३
यहोवाप्रति सधैं वफादार
छापिएको संस्करण
१. वफादार प्रेम यहोवालाई
देखाउने इच्छा हाम्रो।
समर्पित भई, आज्ञा उनको
जान्ने चाहना हाम्रो।
सधैं राम्रो उनको शिक्षा,
गर्नेछौं है पालना।
वफादार छन्, सधैं उनी;
रहन्छौं उनको छेउमा।
२. वफादार प्रेम दाजुभाइलाई
गाह्रोसाह्रो बेलामा।
आदर गर्छौं, माया गर्छौं,
नम्र व्यवहार गर्छौं।
प्यारो ठान्छौं भाइबैनीलाई,
सम्मान गर्छौं मनदेखि।
बाइबल पढी नजिक हुन्छौं,
छोड्दैनौं साथ कैले नि।
३. वफादार भई पालन गर्छौं
भाइहरूले डोऱ्याउँदा।
मनैदेखि सुन्ने गरौं,
निर्देशन तिनले दिंदा।
अनि अटल हुन्छौं सदा
यहोवाको आशिष्ले।
वफादार भई चल्यौं भने
आफ्नो ठान्नेछन् या’ले।
(भज. १४९:१; १ तिमो. २:८; हिब्रू १३:१७ पनि हेर्नुहोस्)