गीत १६
परमेश्वरको राज्यमा लेऊ शरण
१. हे नम्र जनहरू खोज याहलाई;
खोज सत्य र नम्रता आजै।
यसरी उहाँको त्यो रीसको दिनमा;
पाइएला कि शरण कतै।
(कोरस)
राज्यमा शरण मानिसको आशा;
त्यो शासनको पक्ष लेऊ।
पाउँछौ याहको सुरक्षा र आशिष्;
विना सुस्ती आज्ञा लेऊ।
२. आऊ हे सत्य र न्यायका भोका हो;
सुस्केरा हाल्छौ कतिन्जेल तिमी?
भाग शोषकबाट याहलाई पछ्याइ;
येशूको अधीनमा बसी।
(कोरस)
राज्यमा शरण मानिसको आशा;
त्यो शासनको पक्ष लेऊ।
पाउँछौ याहको सुरक्षा र आशिष्;
विना सुस्ती आज्ञा लेऊ।
३. रमाउँदै शिर उठाएर हेर है;
छन् राज्यका प्रमाण जताततै!
रमाऊ या’बाट पाएको ज्योतिमा;
राख डर मात्र उहाँकै!
(कोरस)
राज्यमा शरण मानिसको आशा;
त्यो शासनको पक्ष लेऊ।
पाउँछौ याहको सुरक्षा र आशिष्;
विना सुस्ती आज्ञा लेऊ।
(भज. ५९:१६; हितो. १८:१०; १ कोरि. १६:१३ पनि हेर्नुहोस्)