गीत १८
परमेश्वरको साँचो प्रेम
छापिएको संस्करण
१. साँचो प्रेम! या’ नै प्रेम;
खुसी दिन्छ यो ज्ञानले।
प्रेमले पुत्र पठाए;
जसले पापको मोल तिरे।
सक्नेछौं असल बन्न;
जीवन सदा, त्यो पाउन।
(कोरस)
हे सबै तिर्खाउने हो!
पिउनू पानी जीवनको।
आऊ, पिओ तिर्खाउने हो!
हेर कृपा या’को।
२. साँचो प्रेम! या’ नै प्रेम;
दिन्छ सबुत या’को काम।
झनै माया देखायौ,
येशू राजा बनायौ,
वाचा पूरा गर्न त्यो,
हेर राज्य उदायो।
(कोरस)
हे सबै तिर्खाउने हो!
पिउनू पानी जीवनको।
आऊ, पिओ तिर्खाउने हो!
हेर कृपा या’को।
३. साँचो प्रेम! या’ नै प्रेम;
जागौं पाई यो उनकै देन।
साँचो मदत नम्रलाई;
खोज्छन् बाटो जो सही।
प्रचार उनको भयमा;
देऊ सबैलाई सान्त्वना।
(कोरस)
हे सबै तिर्खाउने हो!
पिउनू पानी जीवनको।
आऊ, पिओ तिर्खाउने हो!
हेर कृपा या’को।