गीत २२
‘यहोवा मेरो गोठालो’
छापिएको संस्करण
(भजन २३)
१. यहोवा मेरो गोठालो;
किन पो म डराउनु?
बगालको गर्छन् औधी माया;
कहाँ उनले बिर्सनु।
शान्त पानीनेर लग्छन्;
मेरो प्राण जीवित हुन्छ।
उनको नाउँको खातिर सदैव,
मेरो पाइला डोऱ्याउँछन्।
उनको नाउँको खातिर सदैव,
मेरो पाइला डोऱ्याउँछन्।
२. घोर अँध्यारोमा हुँदा नि;
डराउने छैन कैल्यै।
छन् साथ यी गोठालो जहिले;
बच्छु उनको लौरोले।
शिर मेरो तेलले अभिषेक;
मेरो कचौरा भरी।
उनको करुणा मेरोपछि;
उनकै घरमा बस्छु नि।
उनको करुणा मेरोपछि;
उनकै घरमा बस्छु नि।
३. मायालु मेरो गोठालो!
म उनको स्तुति गाउँछु।
उनको कोमल मायाको सन्देश;
नम्रहरूलाई भन्छु।
हिंड्छु त्यो बाटो सजग भई;
मान्छु वचन विश्वासले।
उनको सेवा मेरो अनमोल धन;
चढाउँछु कृतज्ञ भई।
उनको सेवा मेरो अनमोल धन;
चढाउँछु कृतज्ञ भई।