गीत ५५
जीवन—सधैंभरिलाई!
छापिएको संस्करण
१. लौ! हेर, छायो है प्रेम;
मानिसहरूको माझ!
छैन दुःख, छ सुख;
न आँसु न पीडा!
(कोरस)
गाऊ हृदय खोली!
त्यो पल तिम्रै हो नि।
लौ! जीवन त्यो मिल्ने भो;
सधैंभरिलाई!
२. वृद्ध सब, हुने जवान;
खै कहाँ गए रोगी?
पीर व्यथा, सब टाढा;
न रुवाइ न भय!
(कोरस)
गाऊ हृदय खोली!
त्यो पल तिम्रै हो नि।
लौ! जीवन त्यो मिल्ने भो;
सधैंभरिलाई!
३. प्रमोदवन गुञ्जनेछ;
याहको महिमाले।
जीवनभरि भन्नेछौं;
धन्यवाद हे याह!
(कोरस)
गाऊ हृदय खोली!
त्यो पल तिम्रै हो नि।
लौ! जीवन त्यो मिल्ने भो;
सधैंभरिलाई!
(अय्यू. ३३:२५; भज. ७२:७; प्रका. २१:४ पनि हेर्नुहोस्)