गीत ३७
धर्मशास्त्र—ईश्वरप्रेरित
छापिएको संस्करण
१. ईश्वरको वचन ज्योति;
बाटो देखाउँछ सही।
पालन राम्ररी गरेमा;
सत्य दिन्छ स्वतन्त्रता।
२. ईश्वर प्रेरित वचन यो;
शिक्षा दिन्छ जीवनको।
बिराउनेलाई सुधार्छ;
यहोवाको शिक्षा दिन्छ।
३. वचन माथिबाटको;
जान्यौं या’को प्रेम हो यो।
पढ्दा यो, बुद्धिमान् हुन्छौं;
र जीवनको इनाम पाउँछौं।
(भज. ११९:१०५; हितो. ४:१३ पनि हेर्नुहोस्)