गीत ५४
साँचो विश्वास हुनैपर्छ
१. बोले पिता याह थुप्रै चोटि;
अगमवक्ताको मुख खोली।
पुत्र हामीलाई आज भन्दैछन्;
‘पश्चात्ताप गर’ भनी।
(कोरस)
छ के त विश्वास बलियो?
बच्न चाहिन्छ अवश्यै।
छौं के त विश्वास देखा’को?
जीवन बचाउने विश्वास हो यस्तै।
२. सदा शिरोपर आज्ञा येशूको;
फैलाउँदै राज्य समाचार।
सत्य यो लुकाउँदैनौं कहिल्यै;
ढुक्कले गर्छौं प्रचार।
(कोरस)
छ के त विश्वास बलियो?
बच्न चाहिन्छ अवश्यै।
छौं के त विश्वास देखा’को?
जीवन बचाउने विश्वास हो यस्तै।
३. कत्ति बलियो विश्वासको डोरी!
कहाँ हट्नु डरले पछि?
बसे तापनि शत्रुको छाउनी;
नजिकै उद्धार छ नि।
(कोरस)
छ के त विश्वास बलियो?
बच्न चाहिन्छ अवश्यै।
छौं के त विश्वास देखा’को?
जीवन बचाउने विश्वास हो यस्तै।
(रोमी १०:१०; एफि. ३:१२; हिब्रू ११:६; १ यूह. ५:४ पनि हेर्नुहोस्)