गीत ७९
दयाको शक्ति
छापिएको संस्करण
१. हे याह प्रभु चिन्यौं तिमीलाई
धन्य हामी सबै।
बुद्धि र शक्ति अति नै अपार;
तैपनि दयालु साह्रै।
२. भन्छन् येशू ख्रीष्ट थकितहरूलाई
फिक्री लौ छोडिदेऊ।
जुवा सजिलो भारी हलुको!
छन् उनी साह्रै दयालु।
३. याह र येशू प्रभुलाई हेरी
नकल गरौं हामी।
सहानुभूति, दया देखाऔं;
चाहे जे काम गरौं हामी।
(मीका ६:८; मत्ती ११:२८-३०; कल. ३:१२; १ पत्रु. २:३ पनि हेर्नुहोस्)