गीत ७२
प्रेम खेती गरौं
छापिएको संस्करण
१. पुकार्छौं याहलाई शिर झुकाई;
राम्रा गुण देऊ न है हामीलाई।
सर्वोच्च छ याह प्रेम तिम्रो;
पवित्र शक्तिको फल हो यो।
साहस र बुद्धिले के गर्ने,
मनभित्र प्रेम नै छैन भने?
हो, त्यसैले साँचो प्रेम गरौं।
अनि याहलाई खुसी पारौं।
२. सिकाउँदा प्रेम नै छैन भने
भेडाले बुझ्ने छैनन् कैल्यै।
बोली र काममा खाँचो प्रेमको,
वचन सिकाउन यहोवाको।
साँचो प्रेमले धीरजी हुँदै
सहन्छ अन्याय आइपर्दा।
गाह्रो बेलामा सम्झौं सधैं,
अन्त हुन्न प्रेम; खप्छ सबै।
(यूह. २१:१७; १ कोरि. १३:१३; गला. ६:२ पनि हेर्नुहोस्)