गीत ६०
यहोवाले तिमीलाई बलियो पार्नुहुनेछ
१. यहोवाले किन सत्य सिकाएर
ज्योतितर्फ तिमीलाई डोऱ्याए?
खोजी गरी उनको सत्यलाई अङ्गाल्ने
उत्कट इच्छा तिम्रो मनमा देखे।
वाचा गऱ्यौ इच्छा गर्ने या’को;
पैले झैं ऐले नि मदत उनको।
(कोरस)
किने या’ले तिमीलाई, येशूको रगतले।
पार्नेछन् तिमीलाई अटल र बलियो।
डोऱ्याउँछन् र जोगाउँछन् सधैंनै तिमीलाई।
पार्नेछन् तिमीलाई अटल र बलियो।
२. छोरा दिए आफ्नै तिमीलाई बचाउन।
उद्धार तिम्रो सम्भव होस् है भनी।
तिम्रो लागि आफ्नो छोरा नै दिनेले
मदत तिम्लाई नदेलान् कसरी?
बिर्संदैनन् है काम र प्रेम तिम्रो!
सधैं ख्याल राख्नेछन् उनले तिम्रो!
(कोरस)
किने या’ले तिमीलाई, येशूको रगतले।
पार्नेछन् तिमीलाई अटल र बलियो।
डोऱ्याउँछन् र जोगाउँछन् सधैंनै तिमीलाई।
पार्नेछन् तिमीलाई अटल र बलियो।
(रोमी ८:३२; १४:८, ९; हिब्रू ६:१०; १ पत्रु. २:९ पनि हेर्नुहोस्)