प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bm section १२ p. १५
  • जीवनका लागि ईश्‍वरीय बुद्धि

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवनका लागि ईश्‍वरीय बुद्धि
  • बाइबल—यसले दिने सन्देश के हो?
  • मिल्दोजुल्दो सामग्री
  • बुद्धि प्राप्त गर्नुहोस्‌ र अनुशासन स्वीकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • सुलेमान बुद्धिमानीसाथ शासन गर्छन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
  • हितोपदेशको पुस्तकका विषेशताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • ईश्‍वरीय भयको खेती गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
बाइबल—यसले दिने सन्देश के हो?
bm section १२ p. १५
पुरातन समयमा मानिसहरू सिलाबाला बटुल्दै

भाग १२

जीवनका लागि ईश्‍वरीय बुद्धि

हितोपदेशको पुस्तक प्रेरित सल्लाहहरूको सँगालो हो जसले दैनिक जीवनको लागि डोऱ्‍याइ दिन्छ। यी प्रायः सुलेमानले लेखेका हुन्‌

के यहोवा बुद्धिमान्‌ शासक हुनुहुन्छ? यसको जवाफ पाउने एउटा पक्का तरिका उहाँले दिएको सल्लाहलाई विचार गर्नु हो। तर त्यो सल्लाह के साँच्चै प्रभावकारी छ? त्यसलाई लागू गर्दा के जीवन अझ राम्रो र अर्थपूर्ण हुन्छ? बुद्धिमान्‌ राजा सुलेमानले सयौं हितोपदेश रचे। यसले लगभग जीवनका हरेक पक्षलाई नै ढाक्छ। केही उदाहरण विचार गर्नुहोस्‌।

परमेश्‍वरमा भरोसा राख्नुहोस्‌। यहोवासित असल सम्बन्ध राख्न भरोसा अत्यावश्‍यक छ। सुलेमानले लेखे: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” (हितोपदेश ३:५, ६) परमेश्‍वरको डोऱ्‍याइ खोज्दै र उहाँको आज्ञा पालन गर्दै उहाँमा भरोसा राख्दा त्यसले जीवन एकदमै अर्थपूर्ण बनाउँछ। यस्तो मार्गमा हिंड्‌दा मानिसले परमेश्‍वरको हृदय आनन्दित बनाउन सक्छ र उहाँको शत्रु शैतानले उठाएको विवादहरूमा आफू कुन पक्षमा छ भनेर यहोवालाई त्यसको जवाफ दिन सक्छ।—हितोपदेश २७:११.

अरूसित व्यवहार गर्दा बुद्धि चलाउनुहोस्‌। पति, पत्नी र छोराछोरीलाई परमेश्‍वरले दिनुभएको सल्लाह अहिलेजत्तिको समय सुहाउँदो पहिले कहिल्यै थिएन। आफ्नी पत्नीप्रति वफादार रहनुपर्छ भन्‍ने निर्देशन दिंदै परमेश्‍वर पतिहरूलाई यस्तो सल्लाह दिनुहुन्छ, ‘तेरो युवावस्थाकी पत्नीसित तँ सुखी हो।’ (हितोपदेश ५:१८-२०) विवाहित स्त्रीहरूले हितोपदेशको पुस्तकमा आफ्नो पति र छोराछोरीको प्रशंसा जितेकी सुयोग्य पत्नीको सुन्दर वर्णन पाउँछन्‌। (हितोपदेश, अध्याय ३१) अनि छोराछोरीले चाहिं आमाबाबुको आज्ञा मान्‍ने निर्देशन पाउँछन्‌। (हितोपदेश ६:२०) अलग्गै बस्ने मानिसले आफ्नो स्वार्थ मात्र खोज्ने भएकोले मित्रता गाँस्नु एकदमै महत्त्वपूर्ण छ भनेर पनि यो पुस्तकले देखाउँछ। (हितोपदेश १८:१, NRV) मित्रहरूले हामीलाई असल वा खराब प्रभाव पार्न सक्छन्‌। त्यसैले मित्र छान्दा बुद्धि चलाउनुपर्छ।—हितोपदेश १३:२०; १७:१७.

आफ्नो ख्याल राख्दा बुद्धि चलाउनुहोस्‌। हितोपदेशको पुस्तकमा रक्सीको कुलतबाट बच्ने, मेहनती हुने, स्वस्थकर भावनाहरू खेती गर्ने र हानिकारक भावनाहरूसित संघर्ष गर्ने जस्ता विषयमा बहुमूल्य सल्लाह दिइएको छ। (हितोपदेश ६:६; १४:३०; २०:१) यसले परमेश्‍वरको सल्लाहसित मेल नखाने मानिसका निर्णयहरूमा भरोसा गर्दा विनाशमा पुगिन्छ भनेर सावधान गराउँछ। (हितोपदेश १४:१२) साथै, ‘हृदय सारा जीवनको मूल हो’ भन्‍ने कुरा सम्झाउँदै हाम्रो हृदयलाई भ्रष्ट प्रभावहरूबाट जोगाउन सल्लाह दिन्छ।—हितोपदेश ४:२३.

यस्ता सल्लाहअनुरूप जीवन बिताउँदा जीवन अर्थपूर्ण भएको संसारभरका लाखौं मानिसले अनुभव गरेका छन्‌। फलस्वरूप, तिनीहरूले यहोवालाई आफ्नो शासकको रूपमा स्वीकार्ने प्रशस्त कारण पाएका छन्‌।

— हितोपदेशको पुस्तकमा आधारित।

  • हितोपदेशको पुस्तकको अध्ययनबाट हामी के सिक्न सक्छौं?

  • परमेश्‍वरमा भरोसा राख्ने अनि अरूसित व्यवहार गर्दा र आफ्नो ख्याल राख्दा बुद्धि चलाउनेबारे हितोपदेशको पुस्तकले कस्तो डोऱ्‍याइ दिन्छ?

उपदेशक

सन्तुष्टि र जीवनको अर्थ कहाँ पाउन सकिन्छ? सुलेमान यसको जवाफ खोज्न सक्ने उपयुक्‍त अवस्थामा थिए। प्रशस्त धन, बुद्धि र अख्तियार भएकोले तिनले यी कुराहरूले जीवनमा साँचो आनन्द दिन्छ कि दिंदैन भनेर जाँच्न सके। तिनी भौतिक सुखसुविधाको पछि लागे, तिनले थुप्रै सुन्दर स्त्रीहरूसित विवाह गरे र सर्वोत्तम मनोरञ्जनको आनन्द उठाए। तिनले ठूल्ठूला निर्माणकार्य सुरु गरे। तिनले शास्त्रविद्‌का लेखोटहरू खोज-अनुसन्धान गरे। तिनले के पाए? “सबै व्यर्थ।” तर सबै कुराको जाँच गरिसकेपछि तिनी यस्तो सही निष्कर्षमा पुगे: “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्‌। परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”—उपदेशक १२:८, १३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने