प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ph पृ. १७-२०
  • प्रेम र न्यायका परमेश्‍वर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेम र न्यायका परमेश्‍वर
  • शान्ति र आनन्दको बाटो
  • मिल्दोजुल्दो सामग्री
  • हामीले भरोसा गर्न सक्ने प्रतिज्ञाहरू
    शान्ति र आनन्दको बाटो
  • असाधारण किताब
    शान्ति र आनन्दको बाटो
  • शान्ति र आनन्द छिट्टै!
    शान्ति र आनन्दको बाटो
  • सबै समस्याको अन्त
    शान्ति र आनन्दको बाटो
थप हेर्नुहोस्
शान्ति र आनन्दको बाटो
ph पृ. १७-२०

प्रेम र न्यायका परमेश्‍वर

सुजाता अनि तिनकी सानी छोरी ऐना हेर्दै

कुनै न कुनै तरिकामा हामी आफ्ना आमाबाबुजस्तै छौं

“सिद्धार्थ र सुजाता, तपाईंहरूलाई एउटा कुरा सोधौं है, कुनै बच्चालाई नियाल्दा उसमा उसका आमाबाबुका गुणहरू भएको के तपाईं देख्नुहुन्छ?” सौरभ सोध्छन्‌।

“देखिन्छ नि!” सिद्धार्थ जवाफ दिन्छन्‌। “हाम्री छोरी पनि काटीकुटी उसकी आमाजस्तै छे। आनीबानीसमेत आमाकै जस्तो छ।”

“हो त,” सौरभ भन्छन्‌। “हामीलाई बनाउने हाम्रा बुबाबारे पनि हामी त्यसै भन्‍न सक्छौं। हामी आफैलाई अनि यहोवाले बनाएका कुरा हेरेर हामी उहाँका गुणहरू अर्थात्‌ उहाँ कस्तो प्रकारको व्यक्‍ति हुनुहुन्छ, थाह पाउन सक्छौं।”

“ओहो! कस्तो रोचक कुरा! मैले त त्यसबारे सोचेकै थिइनँ,” सिद्धार्थ भन्छन्‌।

“वास्तवमा बाइबलले त्यस्तै भनेको छ,” सौरभ भन्छन्‌। “रोमी १:२० के भन्छ, हेर्नुस्‌ त: ‘उहाँका अदृश्‍य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्‌गै देखिंदै आएका छन्‌। यी गुणहरूलगायत उहाँको अनन्त शक्‍ति र ईश्‍वरत्वसमेत उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न [सकिन्छ]।’ ” यसको मतलब के हो भनेर सिद्धार्थ जान्‍न चाहन्छन्‌।

“सिद्धार्थ, एक जना बुबाले आफ्ना छोराछोरीलाई गरेको माया सम्झनुहोस्‌ त। एक जना असल बुबा, भनौं तपाईंजस्तै बुबा, सधैं आफ्ना छोराछोरीको हेरचाह गर्छन्‌। कहिलेकाहीं छोराछोरीले भनेको नमान्लान्‌ वा कहिलेकाहीं बुबाको आदर नगर्लान्‌। तैपनि बुबाले तिनीहरूको लालनपालन गर्छन्‌ र तिनीहरूलाई माया गर्छन्‌। बुबाले किन त्यसो गर्छन्‌? किनभने आफ्ना छोराछोरीप्रति स्वाभाविक स्नेह र माया देखाउने क्षमातासहित यहोवाले आमाबाबुलाई बनाउनुभएको छ। हेर्नुहोस्‌ सिद्धार्थ, यो प्रेम यहोवाले हामीलाई गरेको प्रेमको नक्कल हो।”

खेतमा काम गरिरहेका मानिसहरू

यहोवाले माया गरेर हामीलाई जीवन जिउन चाहिने सबथोक दिनुहुन्छ

सौरभ भन्दै जान्छन्‌: “हामीले यहोवालाई नचिनेको भए तापनि आफूले बनाएका कुरामार्फत उहाँ हाम्रो पालनपोषण गर्नुहुन्छ। त्यसैले त बाइबलले मत्ती ५:४५ मा यसो भनेको छ: ‘यसरी तिमीहरू स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाका छोराहरू बन्‍न सक्नेछौ, किनकि उहाँले खराब र असल दुवैमाथि घाम लगाइदिनुहुन्छ अनि भला र दुष्ट दुवैमाथि पानी वर्षाउनुहुन्छ।’ पानी अनि घामबाट हामीले लाभ उठाइरहेका छौं, होइन र? यसैले गर्दा हामी जीवित छौं र हामीले खाने अन्‍न उब्जनी हुन्छ। यहोवाप्रति हामी कृतज्ञता देखाऔं या नदेखाऔं, उहाँ हामीलाई यी अत्यावश्‍यक कुरा दिइरहनुहुन्छ। यहोवा प्रेमको परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुराको के यो प्रमाण होइन र? बाइबल बताउँछ, वास्तवमा प्रेम यहोवाको मुख्य गुण हो; प्रेम यहोवा परमेश्‍वरको सार हो। ‘परमेश्‍वर प्रेम हुनुहुन्छ’ भनेर १ यूहन्‍ना ४:८ मा बताइएको छ।”

फेरि सौरभ अर्को गुण न्यायबारे सोच्न सिद्धार्थलाई आग्रह गर्छन्‌। “असल बुबा भएकोले तपाईं आफ्ना छोराछोरी सबैलाई बराबरी माया र हेरचाह गर्नहुन्छ नि, होइन र? अरूलाई आदर गर्नू भनेर पनि तपाईं तिनीहरूलाई सिकाउनुहुन्छ। साथै एक जना जिम्मेवार व्यक्‍ति बन्‍न चाहिने बानीबेहोरा विकास गरेर त्यसैअनुसार जिउन पनि तपाईं तिनीहरूलाई सिकाउनुहुन्छ। आफू र आफ्नो परिवार अन्यायमा नपरोस्‌ भन्‍ने इच्छा जुनसुकै मानिसको हुन्छ भनेर त प्रस्टै छ। आफूलाई अन्याय भएको हामी चाहँदैनौं। अनि हामीलाई न्याय चाहिन्छ भन्‍ने कुरा मानिसहरूले बुझिदिएको हामी चाहन्छौं। किन? किनकि हामीले हाम्रा सृष्टिकर्ताका गुणहरू देखाइरहेका छौं।”

त्यसपछि सिद्धार्थ र सुजातालाई यहोवा परमेश्‍वरबारे सौरभ यी पदहरू बाइबलबाट देखाउँछन्‌:

  • “उहाँका सबै काम न्यायसंगत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य र . . . न्यायी . . . हुनुहुन्छ।”—व्यवस्था ३२:४.

  • “उहाँले धार्मिकता र न्यायलाई निको मान्‍नुहुन्छ।”—भजन ३३:५.

हो, हामी न्याय मन पराउँछौं किनभने हाम्रा सृष्टिकर्ता यहोवा न्याय मन पराउनुहुन्छ। अनि हामी उहाँकै स्वरूपमा सृष्टि भएका छौ; मतलब, हामी यहोवाका थुप्रै गुणहरूसहित सृष्टि भएका छौं र ती गुण हामी जीवनमा केही हदसम्म भए पनि देखाउन सक्छौं। (उत्पत्ति १:२७) के न्याय हो र के अन्याय हो भनेर निर्धारण गर्ने जिम्मा यहोवाले हामीलाई दिनुभएको छैन। उहाँले स्तर र नियमहरू तोकिदिनुभएको छ जसअनुसार पृथ्वीमा भएका आफ्ना छोराछोरीहरू जिऊन्‌ भन्‍ने उहाँ चाहनुहुन्छ। जब परमेश्‍वरले तोकिदिएको नियम उल्लङ्‌घन हुन्छ तब अन्याय हुन्छ।

“अझै उल्लेखनीय कुराबारे सोच्न म तपाईंलाई आग्रह गर्छु,” सौरभ भन्दै जान्छन्‌। “आज धेरैजसो देशका नियम-कानुन हजारौं वर्षअघि बाइबलमा लेखिएका कुराहरूसँग मेल खान्छ भनेर के तपाईंलाई थाह छ?” सिद्धार्थ र सुजाता छक्क पर्छन्‌।

सौरभ भन्दै जान्छन्‌: “उदाहरणका लागि, थुप्रै देशका नियम-कानुनमा हत्या गर्न, चोरी गर्न र आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्न निषेध गरिएको छ। यी सबै त ३,५०० वर्षभन्दा अघि नै बाइबलमा लेखिएका थिए। यहोवा परमेश्‍वरले दिएका यी सही स्तरअनुसार जीवन बिताउँदा हामी परमेश्‍वरको न्यायको नक्कल गरिरहेका हुन्छौं र हामी अझै सुखी र सन्तोषजनक जीवन जिउन सक्छौं।”

अचाक्ली रक्सी पिइरहेका मानिस; अनैतिक विचार भएका मानिस; एक जना आइमाईको ब्याग लुट्‌दै गरेका मानिस

खराब कुरा विरूद्धका नियमहरू यहोवाको न्यायका नक्कल हुन्‌

सौरभले भनेका सबै कुरा सुनिसकेपछि यहोवा मायालु व्यक्‍ति र न्यायको परमेश्‍वर हुनुहुँदो रहेछ भनेर सिद्धार्थ र सुजाता बुझ्छन्‌। मानिसहरूले एक आपसमा व्यवहार गर्दा चाहिने एकदमै महत्त्वपूर्ण गुणमध्ये न्याय र प्रेम पनि हुन्‌ भनेर तिनीहरू जहिले पनि महसुस गर्थे। तिनीहरू छोराछोरीलाई सधैं माया गर्न र भेदभाव नगर्न प्रयास गर्थे। भित्रैदेखि आउने यस्ता चाहनाहरू त वास्तवमा सृष्टिकर्ता यहोवा परमेश्‍वरका गुणहरूको नक्कल पो रहेछ भनेर अहिले भने तिनीहरू बुझ्छन्‌।

यहोवाका गुणहरूबारे थाह पाएर सिद्धार्थ एकदमै रोमाञ्चित हुन्छन्‌। यसले गर्दा उनलाई यहोवा वास्तविक लाग्न थाल्छ—यत्ति वास्तविक कि आफ्नी पत्नी र छोराछोरीलाई अझै प्रेम गर्न केही गर्नुपर्छ भनेर उनी सोच्न थाल्छन्‌। सबैसित मायालु, न्यायी र निष्पक्ष भएर यहोवाको अनुकरण गर्नु राम्रो हो भनेर उनी सोच्छन्‌।

“एकदम राम्रो, सिद्धार्थ,” खुसी हुँदै सौरभ भन्छन्‌। “तपाईंले सोचेको तरिका बाइबलले सिकाएको तरिकासँग एकदमै मेल खान्छ। हो, बाइबलमा एउटा एकदमै प्रख्यात भनाइ छ। म त्यो तपाईंलाई देखाउन चाहन्छु।” बाइबल खोलेर सौरभ यो पद पढेर सुनाउँछन्‌:

  • “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर्नू।”—मत्ती ७:१२.

प्रेम र न्याय मात्र होइन यहोवाका अरू थुप्रै गुणहरू पनि छन्‌ भनेर सौरभ बताउँछन्‌। यहोवाका अद्‌भुत गुणहरूबारे सिद्धार्थ र सुजाता सौरभबाट अझै सुन्‍न चाहन्छन्‌।

पुनरावृत्ति

  • परमेश्‍वरबारे अझै सिक्न हामीलाई केले मदत गर्न सक्छ?—रोमी १:२०.

  • परमेश्‍वरको प्रमुख गुण के हो?—१ यूहन्‍ना ४:८.

  • परमेश्‍वर हामीलाई दिनहुँ कसरी प्रेम देखाउनुहुन्छ?—मत्ती ५:४५.

  • परमेश्‍वरलाई न्याय कस्तो लाग्छ?—भजन ३३:५.

  • हामी कसरी परमेश्‍वरको न्यायको अनुकरण गर्न सक्छौं?—मत्ती ७:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने