प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fg lesson ३ ques. १-४
  • सुसमाचार साँच्चै परमेश्‍वरबाट आएको हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुसमाचार साँच्चै परमेश्‍वरबाट आएको हो?
  • परमेश्‍वरबाट आएको सुसमाचार!
  • मिल्दोजुल्दो सामग्री
  • साँचो भगवान्‌बाट किन सिक्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • बाइबल—परमेश्‍वरले हाम्रो लागि दिनुभएको सन्देश
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • बाइबल—परमेश्‍वरले दिनुभएको किताब
    बाइबलले हामीलाई के सिकाउँछ?
  • के बाइबल परमेश्‍वर बाट आएको हो?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
थप हेर्नुहोस्
परमेश्‍वरबाट आएको सुसमाचार!
fg lesson ३ ques. १-४

पाठ ३

सुसमाचार साँच्चै परमेश्‍वरबाट आएको हो?

१. बाइबलको मूल लेखक को हो?

बाइबलका विभिन्‍न प्रति र पुरातन बाइबल लेखोटहरू

मानिसहरू सधैँभरि पृथ्वीमा बाँच्नेछन्‌ भन्‍ने सुसमाचार बाइबलमा लेखिएको छ। (भजन ३७:२९) बाइबल ६६ वटा स-साना किताब मिलेर बनेको छ। बाइबल लेख्न परमेश्‍वरले करिब ४० जना विश्‍वासी पुरुषहरू प्रयोग गर्नुभयो। सुरुका पाँच वटा किताब मोसा नाम गरेका व्यक्‍तिले लगभग ३ हजार ५ सय वर्षअघि लेखे। अन्तिम किताब येसुका चेला युहन्‍नाले १ हजार ९ सय वर्षभन्दा अघि लेखे। बाइबल लेखकहरूले बाइबलमा कसका विचारहरू लेखे? परमेश्‍वरले तिनीहरूलाई आफ्नो विचार बताउन पवित्र शक्‍ति प्रयोग गर्नुभयो। (२ समुएल २३:२) तिनीहरूले बाइबलमा आफ्नो विचार होइन, परमेश्‍वरको विचार लेखे। त्यसैले बाइबलको मूल लेखक यहोवा परमेश्‍वर नै हुनुहुन्छ।—२ तिमोथि ३:१६; २ पत्रुस १:२०, २१ पढ्‌नुहोस्‌।

बाइबलको वास्तविक लेखक को हो? भन्‍ने भिडियो हेर्नुहोस्‌

२. बाइबल परमेश्‍वरले दिनुभएको हो भनेर हामी कसरी पक्का हुन सक्छौँ?

बाइबल परमेश्‍वरले दिनुभएको हो भनेर हामी पक्का हुन सक्छौँ किनभने यसमा भविष्यका कुराहरू विस्तृत रूपमा बताइएका छन्‌ र ती सही साबित हुँदै आएका छन्‌। कुनै पनि मानिससँग त्यस्तो क्षमता छैन। (यहोसु २३:१४) सर्वशक्‍तिमान्‌ परमेश्‍वरले मात्र मानवजातिको भविष्य थाह पाउन सक्नुहुन्छ।—यसैया ४२:९; ४६:१० पढ्‌नुहोस्‌।

बाइबल परमेश्‍वरले दिनुभएको हुनाले यो साँच्चै बेजोड छ। बाइबल सयौँ भाषामा करोडौँ प्रति वितरण भएको छ। बाइबल पुरानो किताब भए तापनि यो प्रमाणित विज्ञानसँग मेल खान्छ। यसका ४० जना लेखकको कुरा आपसमा बाझिएको छैन।a त्यसबाहेक बाइबलमा परमेश्‍वरको प्रेमको प्रमाण स्पष्टै पाउन सकिन्छ र यसमा अझै पनि मानिसको जीवनलाई सुधार्ने क्षमता छ। यी तथ्यले बाइबल परमेश्‍वरको वचन हो भन्‍ने कुरामा लाखौँ मानिसलाई विश्‍वस्त बनाएको छ।—१ थिस्सलोनिकी २:१३ पढ्‌नुहोस्‌।

के बाइबल भरपर्दो किताब हो? भन्‍ने भिडियो हेर्नुहोस्‌

३. बाइबलमा के छ?

सुरुको प्रमोदवनको दृश्‍य, प्रमोदवन गुम्यो, नुहको समयको जलप्रलय, मोसा दस आज्ञासहित र येसुको शिक्षा।

परमेश्‍वरले मानिसजातिको लागि एउटा मायालु उद्देश्‍य राख्नुभएको छ भन्‍ने सुसमाचार बाइबलको मुख्य विषय हो। मानव इतिहासको सुरुमै मानिसजातिले पृथ्वीको सुन्दर बगैँचामा जीवन बिताउने मौका कसरी गुमाए तर पृथ्वी कसरी फेरि सुन्दर बगैँचा हुनेछ भनेर बाइबलमा बताइएको छ।—प्रकाश २१:४, ५ पढ्‌नुहोस्‌।

परमेश्‍वरको वचनमा विभिन्‍न नियम, सिद्धान्त र सल्लाह पाइन्छ। साथै परमेश्‍वरले मानिसजातिसित कस्तो व्यवहार गर्नुभयो भनेर बाइबलमा लेखिएको छ। ती विवरणहरूबाट हामी परमेश्‍वरको व्यक्‍तित्वबारे सिक्न सक्छौँ। त्यसकारण परमेश्‍वरलाई चिन्‍न बाइबलले तपाईँलाई मदत गर्न सक्छ। तपाईँ कसरी परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ भनेर पनि बाइबल बताउँछ।—भजन १९:७, ११; याकुब २:२३; ४:८ पढ्‌नुहोस्‌।

४. बाइबलको कुरा तपाईँ कसरी बुझ्न सक्नुहुन्छ?

येसुले जुन तरिकामा मानिसहरूलाई बाइबलबारे बुझाउनुभएको थियो, यस पुस्तिकाले पनि तपाईँलाई त्यस्तै तरिकामा बाइबलको कुरा बुझ्न मदत गर्नेछ। येसुले एकपछि अर्को बाइबल पद उल्लेख गर्दै मानिसहरूलाई “धर्मशास्त्रको अर्थ” बुझाइदिनुभयो।—लुका २४:२७, ४५ पढ्‌नुहोस्‌।

परमेश्‍वरबाट आएको सुसमाचारजत्तिको मनमोहक कुरा अरू छैन। तर कोही-कोही यसमा चासै दिँदैनन्‌ अनि अरू भने यसबारे कुरा गर्दा रिसाउँछन्‌। तर निराश नहुनुहोस्‌। परमेश्‍वरलाई चिन्‍नुभयो भने तपाईँले अनन्त जीवनको आशा पाउन सक्नुहुन्छ।—युहन्‍ना १७:३ पढ्‌नुहोस्‌।

थप जानकारीको लागि बाइबलले हामीलाई के सिकाउँछ? किताबको अध्याय २ हेर्नुहोस्‌।

a सबैका लागि उपयोगी किताब शीर्षक भएको पुस्तिका हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने